खाडाचक्र नगरपालिकाको कार्यकारीको बिषयलाइ लिएर आफ्नो नाममा गरीएको मिडिया आक्रमण पुर्वाग्रही र योजनाबद्व कुनियतका साथ गरिएको खाडाचक्र नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत अबिराज शाहीले बताउनु भयो । प्रशासनिक प्रमुखको जिम्मेवारीको बिषयलाइ लिएर कर्मचारी र जनप्रतिनिधिमा समेत बिवाद देखिए पछी लामो समय देखी खाडाचक्रका आर्थिक प्रशासनिक कामकार्वाहि ठप्प छन । अहिले पनि खाडाचक्र नगरमा प्रशासकिय अधिकृत बिवाद संघिय मन्त्रालय सम्म पुगेर दोहोरा चिठि आए पनि संघले पठाउनु पर्ने दरबन्दी अनुसारको प्रशासकिय अघिकृत पठाउन संघिय सरकारकारले सकेको छैन । नगर प्रमुखको स्थानिय सरकारको प्रशासनिक कामकाज समाल्ने अधिकृत संघिय सरकारको कर्मचारी हुने भए पनि नियम अनुसारका प्रशासनिक कर्मचारी पहाडमा बस्न नमान्ने भएका कारण अधिकांस स्थानियतहमा स्थानिय सरकार प्रमुखको जेष्ठताका आधारमा गरिएको प्रस्तावका आधारमा नियुक्त हुने गरेको देखिन्छ । कार्यलय प्रमुख नभए पछि महिनौ देखि कर्मचारीले तलव सुबिधा समेत नपाएको गुनासो कर्मचारीको छ ।
यता प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी पाएर आफ्नै सहकर्मी तथा पुर्व प्रमुख प्रशासकिय अधिकृत प्रबलजंग शाहीको उजुरी पछि बिवादमा परेका निमित्त प्रमुख प्रशासकिय अधिकृत अबिराज शाहीले भने आफुलाइ पुर्वाग्रही सोचले बदनाम गर्न खोजिय पनि आफु नियम अनुसारनै प्रमुख प्रशासकिय अधिकृत भएको दाब गर्नु भयो ।
पछिल्लो समयमा जिम्मेवारी पायको ४ दिन भित्र खाडाचक्र नगरपालिकाको आमूल परीबर्तनको लागी आफुले पहिलो पहल स्वरूप कर्मचारीलाइ अनुशाशीत बनाउने प्रयास गरी कार्यालय समयमा सरकारी पोसाक लगाएर समयमा आउन थिति बसालेको बताउनु भयो । उहाले भन्नु भयो कर्मचारी ID card प्रयोग नगर्ने लाइ गर्न लगाउने , कार्यालय समय पूरा नबस्ने कर्मचारीको बानी सुधार्न समिक्षा गरि , अनुशासित बनाएको दाबि गर्नु भयो ।, शाहीले ३ बर्ष देखि शाखा प्रमुखहरुको बैठक बस्न नसकेकोमा बिभिन्न साखाका बैठक बसालेको बताउनु भयो । सेवाग्राही प्रती कर्मचारीलाई जिम्मेवार हुने बानी सिकायर शुसासनमा पनि ईट्टा थप्ने शाहीले दाबि गर्नु भयो ।
कार्यकारीकै कारण साउन देखि योजनाको काम हुन सकेको थियन त्यो कामको लागि प्राबिधिक कर्मचारीलाइ कार्यादेश दियर काममा खटाईसकेको भन्दै त्यो कार्यको प्रशंसा गरेर उत्साहा थप्नु भन्दा झन राष्टसेवक कर्मचारीलाइ खुइल्याउन लागि परेको देखेर आफुलाइ दुख लागेको बताउनु भयो ।यस्ता कुरा नागरीकले सहजै ब्यवहारीक जवाफ दिने बताउनु भयो ।
शाहीले अर्को तिर ११ वडाले साउन देखि प्रशासनिक खर्चको लागि १ रुपैयाँ पनि भुक्तानी नलगेको अवस्थामा चार दिनमा भुक्तानि दियर आफुले कसैलाइ अन्याय नगरेको शाहिले दाबि गर्नु भयो , प्रहरी चौकी मोल्फाको गत बर्ष देखिको घरभाडा , उधोग बाणिज्य संघको प्रथम महोत्सव सन्चालनको लागि दिने पेस्की बजेट लगाएत ( सबै गरि३५ लाख जति बैक कारोवार भयको कुरा अबैध नहुने शाहिको तर्क छ ।
शाहीले स्थायी , अस्थायी कर्मचारी( करार कर्मचारीहरुको साउन देखि रोकियको तलब), स्वास्थ्यकर्मी , शिक्षकहरुको तलब, जनप्रतीनिधिहरुको सेवा सुबिधा , कार्यालय सामाग्री , गत बर्षका योजनाहरुको रोकियको भुक्तानी गरि करिब ९ करोड भुक्तानी हुनु पर्ने हो त्यो तयारी हुँदै थियो तर भुक्तानी हुन नपाउदै उजुरी परे पछि मन्त्रालयले जिम्मेवारी खोसि सकेको छ तर आफु दैनिक आर्थिक कामकार्वाहीमा नरहे पनि दिनहु अबिराज शाहीका बिषउमा समाचार लेख्नु र अघिल्लो कार्यकालको अख्तियारले समेत छानबिन गरिरहेको बिषय निरन्तर समाचारका रूपमा लेख्नु आफु अन्यायमा परेको बताउनु भयो ।
यो त नियमित कार्यालयको कामकार्वाहि गर्दा समेत कानुन सम्मत काम नभएको भन्दै वकिल र आफै न्यायधिस भएर प्रचार बाजी गरेको प्रति ध्यान केन्द्रित भएको शाहीले दाबि गर्नु भयो ।
बैक कारोबार ३५ लाख भयकोमा १/२ जना कर्मचारीको लैलैमा लागेर ९८ लाख भुक्तानी भयो भनेर मिथ्या , झुट समाचार लेखेर प्रचार गर्नु नजायज भएको दाबि शाहीको छ ? तेसैले सत्य , तथ्य , आधिकारिक समचार लेखेर ब्यवसायिक पत्रकारको कलम चलाइ आम नागरीकलाइ शुसुचित गरिदिनु हुन पनि अनुरोध गर्दछु शाहीले आफ्नो सामाजिक सन्जाल मार्फत लेख्नु भएको छ ।
खाडाचक्र नगरपालिका मा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाइ पनि अनावश्यक बजारको आधारहिन होहल्लामा लैलैमा नलागी कर्मचारीको आचरणमा रहेर जिम्मेवारी बहन गर्नु हुन पनि विनम्र अनुरोध गर्दोछु शाहीले भनु भयो ।
४/५ जना कर्मचारीहरु रात दिन मेरो विरुद्धमा लागि दुस्प्रचार गरिरहेको कुरा पनि राम्रो शीत आफुलाइ जानकारीमा रहेको बताउनु भयो ।
केही दिन भित्र यदी पुर्ण जिम्मेवारी पाएमा आफुले कार्यालयमा समीक्षा गरि शुसासन तथा आर्थिक प्रशासनिक कामकाज नगर प्रमुख संग सम्झौता गरेर अघि बढ्ने शाहीले बताउनु भयो ।
निमित्त प्रमुख प्रशासकिय अधिकृत शाहीले मेरो ब्यक्तिगत मामिलामा आंच आउने गरि कपोकल्पित , मिथ्या , तथ्यहिन समचार निरन्तर लेखिरहने कार्यप्रती खेद प्रकट गर्नुका साथै गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु उहाले भन्नु भएको छ । श्रीमतीको हाजिरी आफै गर्ने एवम् तलबभत्ता खुवाउने लगायत अन्य समचार निरन्तररुपमा बिना कारण आम नागरीकलाइ भ्रम सिर्जना गर्ने गरी समचार बनाउने कुरा प्रति दुख, लागेको शाहीले सामाजिक सन्जालमा उल्लेख गर्नु भयो ।