रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

न पास भए न फेल भए नबिन , उच्च शिक्षा अध्ययन गर्ने इच्छा,इच्छामै समित

  •    ग्रेडिङ प्रणाली मा पास /फेल भन्ने हुदैन । त्यस्तै भएको छ खाडाचक्र नगरपालिका वडा नं ३ ताडीका नबिनराज पाण्डेलाइ , कक्षा १२ को सटीफिकेट हातमा बोकेका पाण्डेलाइ बर्सौ बितिसक्दा पनि आफु पास हुँ की फेल भन्ने अन्योलता छ । अन्योलता शैक्षिक संस्थालेनै पैदा गराइ दिएका हुन । जसको अन्यौलता आजका बिद्यार्थीमा जता ततै देखिन थालेको छ । शैक्षिकसत्र ७७/७८ मा कक्षा १२ को उच्च माध्यामिक शिक्षा परिषदले लिने परिक्षा दिएर उच्च शिक्षा हाशिल गर्ने मानोकाक्षा बोकेका कालिकोट खाडाचक्र ३ ताडीका नबिनराज पाण्डे आफै पास भएकी फेल भए भन्नेमा हाल सम्म अन्यौल देखिएका छन ।०७८ मा १२ कक्षा परिक्षा दिए पनि उनलाइ बर्षौ बितिसक्दा पनि पास भएकी फेल भए जानकारी छैन। ५८ सालमा जन्मेका पाण्डेले एस.ई.ई २०७६ मा दिए । एस. ई.ई पछी पोखरा युनिभर सिटीमा कम्युटर डिप्लोमा अध्ययन गर्न पुगेका पाण्डेको यही ग्रेडिङ प्रणालीको अन्यौलताले उनको ओैपचारीक शिक्षा एस.ई.ई मै सिमित रहने भएकोछ ।पहिलो चोटी परिक्षा दिएका पाण्डेको सटिफिकेटमा प्राप्तअंक हेर्दा अग्रेजी अनिवार्यमा १.६ D+ , एकाउन्टेनमा २.० C ग्रेड , ईकोनोमिक्स १.६ D+ , बिजिनेस स्टडीमा २.० C ग्रेड छ । मार्केटीङमा २.० C , मार्केटिङ प्राक्टीकलमा ३.२ B+ छ

    टोटलमा १.८८ प्राप्त अंक रहेको पाण्डेको कक्षा १२को सटिफिकेटमा टु जिपिए नपुगेका कारण उनले दुई बिषयमा ग्रेड बृद्वी परिक्षा दिए उनको रिजल्टमा १.६६ अंक प्राप्त गरे पछी उनको सटिफिकेटमा टु जिपिए पुग्ने भनियो तर खुसी हुदै कालिकोटको सान्नित्रिबेणी मेहेलमुडीमा रहेको त्रिभुवन बिश्वबिद्यालय अन्तरगतको जनचेतना बहुमुखी क्याम्पसमा भर्ना गर्न पुग्छन त्यहा टु जिपिए पुगेन भनेर भर्ना हुन दिईएन । अनि पुन उनि पुरानै कालिकोट मान्मामा रहेको पन्चदेवल माबि मान्ममा ग्रेड बृद्वी परिक्षा ( चान्समा ) फम लगाउछन र बिद्यालयले परीक्षा फम स्वीकृतिका लागी परिक्षा नियन्त्रण कार्यालयमा पठाउछ तर बोर्डले पास भएको बिद्यार्थी फम किन लगाएको भन्दै फिर्ता गरिदिन्छ अनि उनि फेल हुनकी पास कसैसंग जवाफ पनि छैन । उनले सुरूकै पुरक दिनु भन्दा अघिको लेजरमा १.८८ प्राप्त अंक थियो पछिका बिषयमा १.६६ अंक प्राप्त गरे तर पछि पनि उनको मार्गसिटमा उहि १.८८ नै लेखेर आयो । तर हिजो आज २०५६ देखि २०७७ सम्म परिक्षा दिएर कक्षा १२ मा आबश्यक ग्रेड पुर्याउन नसकेका बिद्यार्थिका लागी टियूले पुन परिक्षा आबेेदन खोल्यो । त्यसमा परीक्षा दिन खोजेका पाण्डेको फम सुर्खेत परिक्षा नियन्त्रण कार्यालयले फिर्ता गरि दियो । अब उनि पास की फेल अन्यौलता रहेको उनको भनाइ छ । उनले १२ कक्षामा परिक्षा फम लगाउदा पास भएको भन्दै फम लागाउन मिल्दैन , उता क्याम्पसले बिएड भर्ना गर्न जिपिए पुग्दैन भनेर बिएड भर्ना गर्न दिदैन उनि आफै अनुत्ततरीत भएका छन । जानकारी लिन बिद्यालय , परिक्षा बोर्ड सबैमा बुझ्दा रिस्पोन्स नगरेको गुनासो छ । उनको सम्पर्क नं ९८४८३०१०१२ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !