टिकाराज उपाध्याय -कालिकाेट
कालिकाेटमा १सय५० भन्दा बढी किशोरीहरु विद्यालय बाहिर रहेका छन् । १० वर्षदेखि १४ वर्ष उमेर समुहका १५२किशोरीहरु विद्यालयको पहुँच बाहिर रहेको तथाक छ । उक्त संख्याका किशोरीहरु शिक्षा प्राप्त गर्ने अधिकारबाट बञ्चित रहेका छन् । पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान सञ्चालनका लागी जिल्ला स्वास्थ कार्यालय कालिकाेटले प्रस्तुत गरेको तंथाकले यस्तो देखाएको हो । पालिका स्तरका स्वास्थ संस्था,स्वयमसेविका लगायतबाट विद्यालय बाहिर रहेका किशोरीहरुको तथाक संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयमा जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिए । तंथाक अनुसार सबैभन्दा बढी खाडाचक्र नगरपालिकाका ३८, महाबै गाउँपालिका २१, रास्काेट नगरपालिकामा , १८ नरहरिनाथगाउँपालिकामा १५ सान्नित्रिबेणि गाउँपालिकामा १२,तिलागुफा नगरपालिकामा२९,पलाता गाउपालिकामा २३, किशाेरी विद्यालय बाहिर रहेकाे छ।भने विद्यालय बाहिर नरहने पालिका भने पचालझरना गाउँपालिका र शुभकालिका गाउँपालिका रहेकाे अध्यान ले देखाएकाे छ। एक तथांक अनुसार १० वर्ष उमेर समुहका १० र १४ वर्ष उमेर समहुका १५२जना विद्यालय बाहिर छन् । कालिकाेट जिल्ला भरी ९ हजार ८६ जना किशोरीहरुलाई एचपीभी खोप लगाईने भएको छ ।
तंथाक यस्तो छ