नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड कर्णालि प्रादेसिक राजधानि सुर्खेत पुगेका छन । माओवादी केन्द्र कर्णालि प्रदेशको बैठकमा सहभागि हुन आज बिहान प्रचण्ड सुर्खेत पुगेका हुन । माओवादी केन्द्रका पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलि भन्दा कांग्रेस सभापति देउवा ईमान्दार रहेको बताए ।
सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भने तत्काल माओवादी केन्द्र सरकार ढाल्ने र समिकरणको आस गर्ने भन्दा सरकार भ्रष्टचारीहरूको संरक्षण गरेर अघि बढेको कुरा जनतालाइ बुङाउने अभियानमा रहेको बताए ।
प्रचण्डले तत्काल सरकार बनाउनेतर्फ आफ्नो दलको ध्यान नरहेको स्पष्ट पार्दै नेपाली कांग्रेससँग पनि सहकार्यको सम्भावना नरहेको उपचुनावको परिणामले आफुलाइ उत्साह थपेको बताए । प्रचण्डले गठबन्धन ८४ सम्म होईन सधैभरी एकै भएर गए पनि माओवादी एक्लै प्रतिष्पर्दा गर्ने मनस्थिति बनेको बताए ।
अहिले हाम्रो प्राथमिकता सरकार होइन। हामी जनतामा जाने, जनचेतना अभिवृद्धि गर्ने, पार्टीलाई नयाँ ढंगले विस्तार गर्दै सुदृढ बनाउने अभियानमा छौं। उत्पीडित वर्ग, जाति, क्षेत्र, दलित समुदायको हक अधिकार कटौति गर्ने तिर लागेको दाबि गरे ।
एमाले वा कांग्रेससँगले संसदमा दर्ता गरेका अध्यायदेश अहिलेकै परिस्थितिमा राष्ट्रियसभामा पास हुने अवस्था नरहेको प्रचण्डको दाबि छ ।
समाजवादी मोर्चामा आबद्वदलहरू बिचको एकिकरणको पहल भईरहेको प्रचण्डले खुलासा गरे । मोर्चा मार्फत राजनितिक उधेश्य मिलाएर पार्टी एकिकरण हुने बताए ।