रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

कालिकोटमा युवा तेस्रो जिल्ला भेला सुरू , युवामा फैलिएको लागु ओैषध रोक्न बक्ताहरूको सुझाव

युवा अधिकारको सवाल पहिचाहान गर्न कालिकोटमा तेस्रो युवा भेला सुरू भएको छ । युवाको विशेष अधिकार , पहुच र निति निर्माण गर्न युवाहरूको सवाल र मुद्वा स्थापित गर्न युवा भेला आयोजना गरिएको हो । कार्यक्रममा जिल्लाभरबाट गाउगाउबाट युवाका प्रतिनिधि सदरमुकाममा उपस्थित गराएईको छ । हुरेन्डेक नेपालद्वारा आयोजित युवा भेलामा शुभकामना दिने बक्ताहरूले युवाहरूका सकारत्मक निति निर्माण राज्यले गरेको भए पनि कार्यान्वयन नहुदा युवा पलाएन भएको बताएका छन । युवाका मुद्दा र सरोकारका विषयलाई सम्बोधन गर्न प्रत्यक बर्ष युवा भेला गर्दै आएको हुरेन्डेक कालिकोटले यस वर्ष पनि युवा भेला आयोजना गरेको छ । युवाहरूले आफ्ना सबै प्रयास यसतर्फ केन्द्रित गराउनका लागि बहस-पैरवी र ध्यानाकर्षण गराउन उपस्थिति युवाहरूले ध्यान केन्द्रित गराएका छन । यस वर्षको युवा भेलाले युवा प्रोत्साहनको निति नहुदा युवाहरू पलाएन मात्र नभएर लागु ओैषधतिर लागेको बताए । कालिकोटमा आयोजित युवा भेलामा शुभकामना दिने रेडियो प्रदेश आवाजका अध्यक्ष सञ्चार उद्वमि रत्न कार्कीले युवाहरू मदिरा जन्य कुलत र लागुओैषध प्रयोगको जोखिमबाट बचाउनु चुनौति रहेको बताउनु भयो । साथै युवाले स्वयंसेवी रूपमा समाज र राज्यलाई योगदान पुर्‍याउने अभियानमा केन्द्रित गर्ने निति लिए पनि राज्य अजै बुढापाखाको नियन्त्रणमा बस्नु परेको बताए ।
कार्यक्रममा शुभकामना दिने पत्रकार महासंघका केन्द्रिय सदस्य तुलाराम पाण्डेले युवाका विभिन्न सिर्जनात्मक गतिविधि, स्वयंसेवी अभियान, युवाका सम्भावना, अवसरको पहिचाहान गरेर सबैक्षेत्रमा सहभागिता र प्रतिभाशाली युवालाई प्रोत्साहानको खाचो रहेको बताउनु भयो ।
जिल्ला समन्वय प्रमुख धनजित शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला स्थित राजनितिक दलका प्रमुख प्रतिनिधि , सरकारी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष रतन बहादुर शाही , जिल्ला शिक्षा समन्वय ईकाइ प्रमुख लाल प्रसाद प्रोख्रेल लगाएतले शुभकामना दिएका थिय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !