- राष्ट्रिय परीक्षा बोर्डले आउदो चैत ७ गतेदेखि सञ्चालन गर्ने माध्यमिक शिक्षा परीक्षा (एसइई) को परिक्षाका लागी जिल्ला स्तरमा गर्ने तयारीको जिम्मा पाएको जिल्ला स्थित जिल्ला शिक्षा समितिले परिक्षा केन्द्र कटौति गर्ने निर्णय सच्चिने भएको छ । असन्तुस्ट स्थानियत शैक्षिक सरोकारवालले परिक्षामा असहयोग गर्ने चुनौति दिन थाले पछी जिल्ला शिक्षा समिति र परिक्षा समिति तयार भएको हो । जिल्ला शिक्षा समन्वय ईकाइ प्रमुख लाल प्रसाद पोखरेलको प्रस्तावमा कतिपय भौगोलिक बिकटतालाइ लत्याउदै पालिकामा १ मात्र परिक्षा केन्द्र रहने गरि परिक्षा केन्द्र कटौति गरेर रास्ट्रिय परिक्षा बोडमा सिफारीस गरेको कुरा बाहीरीए पछी शिक्षा समिति र समन्वय ईकाइ प्रमुखसंग निर्णय पुनर बिचार गर्न माग गर्न सदरमुकाम पुगेका नरहरीनाथ गाउपालिका, पचालझरना गाउपालिका र ,सान्नित्रिवेणी ,शुभकालिका तिलागुफा र महावै गाउपालिकाका सरोकारवाल आन्दोलित भएका थिए । राजनितिकदल , बिद्यार्थिनेताहरू , बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजनितिक दलका नेताहरू समितिको ध्यान केन्द्रित गर्न समन्वय प्रमुख धनजित शाहीको कार्यकक्षमा पुगेका थिय । पस्थितिमा शिक्षा समितिका अध्यक्ष तथा समन्वय प्रमुख धनजित बहादुर शाहीको कार्यकक्षमा बसेको बैठकमा परिक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराइ , शिक्षा समन्वय ईकाई प्रमुख लाल प्रसाद पोख्रेल र शिक्षा समितिका अध्यक्ष धनजित शाहिले निर्णय सच्चिने प्रतिबद्वता गरे पछि सरोकारवाला खुसी हुदै फर्केका छन ।
अब जिल्लाभर परिक्षा केन्द्र १८ कायम हुने भएका छन । नरहरीनाथमा २ रमा र सेरापाट शुभकालिका २ भर्ता र सुकाटिया , पचालझरनामा २ ज्ञानोदय र सरसवतिमाबि भिटा ,पलाता ३ खिन , धौलागोह र थिर्पु रास्कोट १ बडिमालिका , तिलागुफा दुइ चिलखाया र जुबिथा ,महावै १ गेला , सान्नित्रिवेणी २ संकर माबि र पन्चदेव माबि ,खाडाचक्रमा ३ मान्म पाखा ,दाहामा केन्द्र कायम गरिने भएको छ ।
बिहान बिद्यार्थि नेताहरू हिक्मत मल्ल , अनेरास्वबियू क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य प्रेम बहादुर दर्जि , अनेरास्वबियू क्रान्तिकारीका कर्णालि प्रदेश आध्यक्ष मनसिह शाही ,
राजनितिकदलका तर्फवाट नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य जिवन बुढा , जिल्ला सहईन्चार्ज लक्ष्मि चौलागाई शैलेन्द्र एकिकृत समाजवादी पार्टीका प्रदेश सदस्य लाल बहादुर मल्ल ,जिल्ला अध्यक्ष चित्रसिह गाउले कांग्रेस नेताहरू सबिन बिष्ट पटक बहादुर शाही , बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरूका तर्फवाट पुव पचालझरना गाउपालिका अध्यक्ष खड्गराज सेजुवाल नरहरीनाथ गाउपालिका वडा नं ६ का अध्यक्ष पौराम बिक ( बिन)
जन प्रतिनिधिहरू जिल्ला समन्वय उप प्रमुख मिना रावत बिक , जिसस सदस्यहरू अजय बम सुर्जा फडेरा लगाएतको उपस्तिथिमा भएको छलफल पछी समिति निर्णय सच्याउन तयार भएको हो ।
शिक्षा समन्वय ईकामा गत माघ २३ गते समन्वय प्रमुख धनजित बहादुर शाहिको अध्यक्षतामा बसेको बैठकमा शिक्षा समन्वय ईकाइ प्रमुख रहेका लाल प्रसाद पोखरेलको प्रस्तावमा बिगत बर्ष देखि जिल्लामा रहेका २४ वटा एसईई परिक्षा केन्द्र कटौति गरेर १३ कायम गर्ने निर्णय गरे पछि सरोकारवाला आक्रामक बनेका थिय ।