भण्डारी नेपाल सरकारका अधिकृत कर्मचारी हुन । उनि कालिकोटको भुगोलका बारेमा जानकार ब्यक्ति हुन । उनि यस अघि कालिकोट जिल्लाको पचमलझरना गाउपालिकामा प्रमुख प्रशासकिय अधिकृत भएर बसेका थिय । उनले कालिकोटमा एसईइ परिक्षा केन्द्र कटौति गरेको बिषय बाहिरीए पछि सामाजिक सन्जालमा कालिकोटको पचालझरना जस्तो भौगोलिक बिकटता हेर्दा केन्द्र कटौती गर्नु अन्याय हुने बचाएका छन ।
उनि लेख्छन जस्ताको तस्तै , एसईइ परिक्षा सम्म पुर्ण सुधारको नारा सहित सबै शक्ति शैक्षिक रुपान्तरणमा लगाएका Pachaljharana Rural Municipality मा रहेका केन्द्र कटौति गरिनु अन्याय हुन्छ ! होम सेन्टर र पारस्पारिक केन्द्र हुनुहुदैन भनिनुको पवित्र उद्देश्य पनि पुर्ण मर्यादित परिक्षा भएकोले Devraj Shahi Agni र Namaraj Shahi लगायत समग्र टिम नै सुधारमा लागेको समयमा Pachaljharana Gaupalika का दुइटै केन्द्र कायम गरिदा नै गाउपालिकाको अभियानमा टेवा पुग्दछ ! धन्यवाद !
सरस्वती मा.वि भिट्टा कालिकोट जिल्ला समन्वय समिति कालीकोट पचालझरना गाउँपालिका स्वास्थ्य शाखा कालिकोट
पचालझरना गाउपालिकामा गाउपालिकाबाट गत माघ २३ गते बसेको शिक्षा समितिको बैठकमा सहभागि हुन आएका नमराज शाहीकै प्रस्तावमा सरस्वति माबि भिटामा पालिका भरीको १ मात्र एसईई परिक्षा केन्द्र राख्ने प्रस्ताव गरेको खबर छ । एसईइ परिक्षा केन्द्र कटौति गर्ने निर्णय बिरूद्व पचालझरनाकै शैक्षिक सरोकारवाला आन्दोलित भएका छन । परीक्षा केन्द्र सुख्खा क्षेत्रमा पर्छ त्यहा खानेपानि , आवास र आबश्यक पुर्वाधार समस्या झेल्नु पर्ने भएकाले दुइवटा परिक्षा केन्द्र कामय नगरे परिक्षामा पालिकाले सहयोग नगर्ने र त्यसको दोस नलिने पचालझरनाका उपाध्यक्ष अल्किना बमले बताईन ।