टिकाराज उपाध्याय( आफन्त) : कालिकाेट
कालिकोट । रास्काेट नगरपालिकामा बालमैत्री शिक्षालाई संस्थागत रुपमा विकास गर्न र विद्यालय सुधार योजनाको प्रभावकारीता बढाउनका लागि ३ दिने क्षमता विकास तालिम संञ्चालन गरिएको हाे।
बालमैत्री विद्यालयको अवधारणा, विद्यालय सुधार योजना निर्माण प्रक्रिया र विद्यालयको स्वः मूल्याङ्कनका अवधारणा साथै अवस्था विश्लेषण विद्यालय सुधार योजना निर्माण प्रक्रिया जस्ता विषय वस्तुमा सहजीकरण गरिएको समाज जागरण केन्द्र (स्याक) नेपालका शिक्षा अधिकृत ध्रुब नाथ योगीले बताउनु भयो ।
रास्कोट नगरपालिकाका १५ वटा सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक गरी ३० जनाको सहभागिता रहेको उक्त तालिमले विद्यालय सुधार योजनालाई सहि ढंगले कार्यान्वयन गर्न महत्वपुर्ण दिशानिर्देश प्रदान गरेको छ ।
रास्कोट नगरपालिकाका नगरप्रमुख धर्मराज शाहीले तालिमको समापन कार्यक्रममा यस अघि निर्माण भएका विद्यालयमा पुर्वाधार निर्माण नगरले गरिसकेको र अझै अपुग कुराहरु व्यवस्थापनका लागी र शैक्षिक सुधार गर्न सरोकारवाला बिच सहकार्य आवश्यक रहेको धारणा राख्खु भयो ।
विगतका वर्षहरु भन्दा नगर क्षेत्र भित्र रहेका विद्यालयको शैक्षिक स्थितिमा निकै सुधार आएको नगर प्रमुख धर्मराज शाही (पाेषण) ले बताउनु भएकाे थियाे।
यस तालिमको यूनिसेफ नेपाल र समाज जागरण केन्द्र (स्याक) नेपालको आर्थिक सहयोग र रास्कोट नगरपालिका शिक्षा, यूवा तथा खेलकुद शाखाको आयोजनामा गत फागुन ४ गते देखि ६ गते सम्म रास्कोट नगरपालिकामा तालिम सम्पन्न भएको थियो । तालिमको सहजीकरण हिरामणी सिम्खाडाले गर्नु भएको स्याक नेपाल शिक्षा अधिकृत धर्व नाथ याेगिले खबर कर्णाली लाई जानकारि दिनुभएकाे छ।
तस्बिर:
![]()
![]()
![]()