रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

किन छ चर्चा ? माओवादीले जितेको स्थानियतहमा कालिकोटको रास्कोटको

गत स्थानियतह निर्वाचन २०७९मा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित पालिकाकाहरू र जनप्रतिनिधिहरूमा प्रचण्डपुत्रि रेनुदाहालले नेतृत्व गरेको भरतपुर महानगरपालिका र कर्णालिमा कालिकोटको रास्कोट नगरपालिका केही नया काम गर्ने नमुना मोडेल पालिका रहेका छन । यीनिहरू २ वटामा भरतपुर महानगरपालिका आफैमा सुबिधासम्पन्न आन्तरिक आयश्रोत भएको देशको प्रधानमन्त्रि बनिसकेका प्रचण्डको गृह जिल्ला हो तर कर्णालि को कालिकोट त्यसमा पनि रास्कोटको मोडेल चर्चामा आउनु निक्कै कठिन मानिएको छ ।
९ वटा पालिका रहेको कालिकोटमा ६ पालिकामा अध्यक्ष दुइ वटामा उपाध्यक्ष र ५३ वडा अध्यक्ष बिजय गरेकोमा यसअघिको कालिकोट माओवादी केन्द्रले रास्कोटलाइ जिल्लाको नमुना मोडेल पालिकाकारूपमा लिएर जिल्लाभर आफ्नो फरक मोडेलपन बिस्तार गर्न खोजेको थियो । तर निति निर्माण र,कार्यान्वयनमा नेतृत्वमा भर पर्ने हुदा माओवादीलाई रास्कोटको नमुनामोडेल स्थापित गर्न कठिन भएको माओवादी जिल्ला ईन्चार्ज जिवन बुढा बताउछन ।
यी हुन फरक कामहरू
नगर प्रहरी : कर्णालि अन्चलमा नगर प्रहरी संरचना निर्माण गर्ने पहिलो स्थानियतह बन्यो । नगर प्रमुख भए पछी नगर प्रहरी स्थापना गर्ने कार्ययोजना सुनाए पछी केही बुद्वीजिबि खित्का थोडेर हासे । रास्कोटमा नगर प्रहरी पाल्न सक्दैन ,जरूरी छैन , संघिय प्रहरी छदैछ उसको के काम छ तर निर्णयमा बोल्ड र हक्कि स्वभावका मेयर धर्मराज शाहीले कार्यबिधि निर्माण गरेर नसभामा पेस,गरि नगर प्रहरी संरचना पास गरे र १५ जना नगर प्रहरी नेपालगन्ज तालिम केन्द्रसंग समन्वय गरेर आधारभुत तालिम दिएर नगरमा नगरप्रहरी युनिट खडा गरे अहिले त्यो नगरको सान्तिसुरक्षामा बरदान साबित भएको छ ।
अहिले दारू खाएर होहल्ला गर्नेलाइ नियन्त्रण लिने देखि संघिय प्रहरीलाइ निबेदन चाहिने र माथिल्लो आदेश पर्खिनु पर्ने कामहरूमा नगर प्रहरी परिचालन हुने गरेको देखिन्छ ।बनमा डडेलो लाग्ला नियन्त्रण लिने देखि , एम्बुलेन्स सेवा नहुदा बिरामि अस्पताल पुर्याउने काम सम्म नगर प्रहरीले गर्छ । वर्सातमा बाटो बन्द हुदा बाढी पहिरो पन्छाएर बाटो खुलाउने काम नगर प्रहरीले गरेको छ । नगरको राजश्व उठाउने लगाएत शुसासनका कामहरूमा नगर मुख्यालयको शुरक्षामा डियुटी र अनियमिता नियन्त्रणमा काम गरिरहेको छ ।
मेयर हेल्थ केयर कार्यक्रम : गाउमा अहिले पनि कार्यालय सहयोगि र स्थानिय स्वास्थ्य कार्यकर्तालाइ पनिडाक्टरसाव भन्छन । पहाडी ईलाकामा चिकित्सक र नागरिकको भेट हुन कठिन छ । २४ घण्टा स्वास्थ्यकर्मी नागरिकको साथमा भन्नेनारा दिएका नगर प्रमुख धर्मराज शाहिले अब सेवा खोज्दै नागरीक होईन नागरिक खोज्दै सेवा लिनु पर्नेभन्दै रास्कोट अस्पतालको साथ लिएर हरेक महिना हरेक वडाको स्वास्थ्य ईकाइमा चिकित्सक सहित नागरिकको स्वास्थ्य परिक्षण गर्ने निति लिएर । उक्त कार्यक्रम अहिले निरन्तर चलि रहेको छ ।
मेयर हेल्थ केयर कार्यक्रम सञ्चालन: कार्यबिधि बनाएर “भरोसा होस नगर माथी ! गाउँ घरमा स्वास्थ्य कर्मी साथी !! ” भन्ने कथनलाइ सार्थक बनाउदै रास्कोट नगरपालिकाको मेयर हेल्थ केयर कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७९ अनुसार प्रत्येक महिनाको एक पटक एक वडामा जेष्ठ नागरिक, सिमान्तकृत समुदायहरु, गर्भवति महिलाहरु , एकल महिलाहरु लाइ सेवा दिएको र त्यसलाइ थप परिस्कृत गर्दै सिह दरवारको अधिकार गाउघरमा पुर्याउन हरेक महिना नगरका हरेक साखारहित सेवा वडा कार्यालयवाटै सेवा दिने गरिएको छ ।
वृत्त भत्ता गाउँ घरमा : अहिले पनि प्राय स्थानियतहमा सामाजिक सुरक्षा भत्ता ब्यवस्थित हुन सकेको छैन । समयमा सामाजिक सुरक्षा भत्ता नपाउनु , भुक्तानिका लागी बृद्वबृद्वाहरू बोकेर बैक काउन्टरमा लाइन लगाउनु जस्ता समस्या अन्त गर्ने घोषणा गरेका नगर प्रमुख शाहीले सामाजिक सुरक्षा भत्ता बैक चेक सदर गर्ने कर्मचारी लिएर बृद्वाबृद्वहरूको दैलोमा पुग्छन मेयर । त्यस पछि रास्कोटका बृद्वबृद्वहरू खुसी छन ।
सामाजिक सुरक्षा भत्ता घर आँगनमा वितरण भए पछि बृद्वबृद्वा खुसि भईरहेका छन । रास्कोट नगरपालिकाको सहजिकरणमा ग्लोबल आई एम ई बैंक द्वारा पहिलो, वर्समै ६८ बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरु र पुर्ण अपाङ्गता भएका लाभग्राहीहरु लाई घर आँगनमै सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो ।
रास्काेटबासि सवैकाे घरविमा : पहाडी इलाकामा बर्सादमा बाढी पहिरोले घरभत्कीने सरकारी प्रकियामा राहत ( पाल पाउन बर्षौ कुर्नुपर्ने परिस्थितिको अन्त गर्न सरकारी लगानिमा प्रिमिएम तिरि दिएर ३ हजार घरधुरीको घर बिमा गरे पछि घर भत्किन बितिकै बिमाले ५ लाख भुक्तानि पाउछन । . नागरिक निर्जीवन दुर्घटना बिमा कार्यक्र अन्तरगत रास्कोट नगरपालिका विपत जोखिम न्यूनिकरण गर्न सबै घरहरुको निर्जिवन बिमा गर्न कार्यक्रम अन्तरगत २४९३ घरहरुको निर्जिवन बिमा नगरपालिकाले गरि दिएको ।
शुसासन डेस्क हेलो मेयर टोलफ्रि सन्नचालनमा : नगरको प्रशासकिय भवनको मुल गेटमा नगर प्रहरी हातमा मापुे चेकजाच गर्ने साधन समाएर डिउटीमा हुन्छ । गेटको भित्र पट्टी शुसासन कक्ष टोलफ्री हेलो मेयर कक्ष छ । त्यहा नागरिकले रास्कोट सरकार प्रति गुनासो भए काम कार्वाहि बारे सोध्ने गर्छन र शुसासन डेस्कले प्रश्नहरू सम्बन्धित साखामा बुझेर जवाफ सम्बोधन गर्छ । सेवा लिन आएका नागरिकलाइ सहजीकरण गर्ने काम शुसासन डेस्कले गर्छ ।
विधुत महसुुल काउन्टर : प्राय पालिकाका नागरीक बिधुत महशुल तिर्नकै लागी मात्र दुइ दिन लगाएर सदरमुकाम पुग्छन तर रास्कोटका नागरिकले भने बिधुत महशुल तिर्न नगरपालिकामै तिर्छन भने नया बिधुत मिटर पनि नगरमै पाउछन ।
नुन/ चामलको सुविधा : कर्णालिलाइ नेपाल खाद्य ब्यपार कम्पनि मार्फत दीईने चामल र साल्ट्रटेनिड मार्फत दिईने नुन लिन सदरमुकाम धाउनु प्रदथ्यो तर सरकारले नुन र चामल रास्कोटमै पाउने ब्यवस्था गरेको छ ।
#राष्ट्रिय वाणिाज्य वैंक स्थापना : रास्कोटको कारोबार गर्न गोलोबल आइएमए बैक थियो । पछि सामाजिक सुरक्षा भत्ता बितरणमा घरघर जान सुरूवातिमा गोलोबल बैकले अस्वीकार गरे पछि तत्काल नगरको प्रशासनिक भवनमै राख्ने गरि राबा बैकको माग गरि स्वीकृत गराए पछि हाल सरकारी कामकाज राजश्वका कामहरू पनि रास्कोटमै हुने गरेको छ
स्थानीय पाठ्यक्रम : रास्कोटले स्थानिय पाठ्यक्रम निर्माण गरि लागु गरेको छ ।
भु- उपयोग नीति : रास्कोटमा घरजग्गा कारोबार भइरहेको छ ।भुउपयोग निति बनाइ पास गरे पछि हाल घरजग्गा कारोबार भईरहेको छ ।जग्गाको बर्गीकरण संगै लामो समय देखी उच्च लेकालि भेकमा रहेको अतिक्रमित जग्गा नापनक्सा भइरहेको छ । सरकारी जग्गा खालि गर्ने काम रास्कोटले पहिले गरेको छ ।
भु उपयोग निति २०७९ बनाइ रास्कोट नगरपालिकाको भुमिको बर्गिकरण गरि सम्बन्धीत निकायमा पेश गरि कार्यन्वयनमा आएको ।
रास्काेट मिनि मार्केट : स्थानिय सरकार जनताको माईक्रो म्यानेजको सरकार हो जनताका सानातिना दुखमा साथ दिने सरकारसामु नागरिकहरू बेला मौकामा सम्जिन्छन । ति समस्या सामाधान गर्न स्थानिय सरकारसंग आन्तरिक श्रोत हुनु पर्ने हुन्छ । जसका लागी नगर मुख्यालयको आसपासको सार्वजनिक ठाउमा बनेका घरटहरा हटाई शहरी बिकास कार्यालय संग मिलेर ४९ वटा ब्यवसायी घर निर्माण गरि सटर भाडा दिने निति लिए त्यसले राजश्व बृद्वी भयो । जस्ले नगरले आफैले निर्माण गरेको नगर प्रहरी सेवा सुबिधा देखि कार्यालयका आन्तरिक ब्यवस्थापन सहज बनेको छ ।
इन्टरनेट ( अप्टिकल फाइवर : सदरमुकाममै फाइवर नेट नभएको अवस्थामै पहिलो पटक अप्टिकल फाइवर नेट चल्ने कालिकोटको स्थानियतह रास्कोट हो । सुर्खेत दैलेख हुदै कालिकोट पुगेको वल्डलिङ कम्युनिकेसनको फाइवर नेट सदरमुकामबाट सिदै रास्कोट पुर्याएर पुर्व सरकारले लाइन बिछ्छाएको ईन्टारनेट बिस्थापन गरिसबै वडामा पुर्याएको छ ।
वृहत सिंचाई / खानेपानी काे सुरुवात : बृहत खानेपानि मार्फत घरघरमा खानेपानि धारा निर्माण सबै घरधुरीमा पुर्याउने लक्ष्य लिएको सरकारले उक्त योजना दुर्त गतिमा छ । पहाडी ईलाकामा पहिलो पटक पानि सुद्वीीकरण गर्ने कामको थालनि ,एक घर एक धारा कार्यक्रम अन्तरगत स्वच्छ खानेपानिको पहुँच विस्तार गरी १४७३ घर धुरीलाइ धारा बितरणल सम्पन्न भएको छ । . रास्कोट नगरपालिका सबै घर धुरीमा स्वाच्छ खानेपानिको पहुँच विस्तार गर्नका लागि बृहत् खानेपानी गेरुखोला मुहान बाट खानेपानिको टेन्डर भइ कार्य संचालन भएको ।
इलाका प्रशासनको स्थापना पहल : रास्कोट कालिकोट प्रदेश निर्वाचन क्षेत्रको सेन्टरमा पर्दछ । दुई वटा पालिका पचालझरना र पलाता पुर्वि क्षेत्रमा पर्छन भने सान्नित्रिवेणी र नरहरिनाथ गाउपालिका उत्तर दक्षिणक्षेत्रमा छन त्यहाका नागरिकको सहज सेवाका लागी ईलाका प्रशासनको स्थापनाको पहल अन्तिम चरणमा गृहमन्त्रालयमा गएर अड्किएको छ । अर्थ मन्त्रालयले बजेट ब्यवस्थापनको स्वीकृत दिन बितिकै सेवा केन्द्र स्थापना हुन्छ ।जस्कालागी शहरी बिकास कार्यालय जुम्लासंग पहल गरेर ईलाका प्रशासनिक भवन पनि निर्माणको प्रक्रिया सुरू भईसकेको छ ।
राजश्व ब्यवस्थापन बृद्वी र पारर्दशीता : पहिलो सरकारहरूले सस्तो लोकप्रियताका लागी नागरीकलाइ करदाहेराबाट बिमुख बनाउने काम गरे । करमुक्त , कर बिहिन , करछुटका नारा दिएर लोकप्रियता कमाए तर त्यो राज्यको अर्थ निति बिपरीत थियो । नागरिकलाइ राज्यप्रति उनुउत्तरदायी बनाउने काम भयो । त्यसका अलवा राजश्वका श्रोतको पहिचाहान गर्दै त्यसको ब्यवस्थापन , राजश्वअनलाइ प्रणालि र डिजिटलाइजेशन गरेर सप्टवयरप्रणालिमा ईन्ट्रि गर्ने ब्यवस्था गरेर आर्थिक अनियमितामा सुधार भएको छ ।
नगत लिने खल्तिमा राख्ने र जोले जहा उठायो त्यही अनियमित गर्ने प्रचलन अहिले पनि धेरै स्थानियतहमा छ । जसको परिणाममा बर्षभरी ५ लाख ६ लाख राजश्व उठाउछन तर रास्कोटले गत आर्थिक वर्ष मात्रै १ करोड ३५ लाख राजश्व उठायो ।
नगरपालिका भित्र ढुङ्गा, गिटि, वालुवा, वन पैदावार, वन्यजन्तुहरुको संरक्षण तथा सम्वर्द्धन गर्नका लागि लेकालि भेगमा र सान्तिधाटमा नगर प्रहरीको चेक पोष्ट रहि आन्तरीक राजश्व संकलन गरीरहेको छ ।
स्मार्ट नगरपालिकाको आधार तयार गर्नका लागि स्मार्ट सिटि:- आर.सि.पि. ( मिनि मार्केट)बजार लगाएत विस्तृत गूरुयोजना अनुसार स्मार्ट सिटि बनाउने लक्ष्य सहित सघन सहरी विकास आयोजना जुम्ला द्वारा २ कि.मि.सडक कालो पत्रे र ४५ वटा पक्कि सटरहरुको निर्माण कार्य सञ्चालन भएको जसले नगरको आन्तरीक श्रोतमा बृद्वी भएको छ ।आन्तरिक राजस्व बिगत वर्ष भन्दा चाैगुणा वृद्धिदरमा ल्याइएको । बिगतका वर्ष १६ लाख उठेकोमा आब २०८०/८१मा १ करोड ३५ लाख पुगेेको थियो ।
“मेयर छात्रवत्ति कोष स्थापना” :- जनआन्दोलन, जनयुद्धका सहिद, घाइते, अपाङ्गता भएका, दन्द्ध पिडित, विपन्न दलित परिवारका छात्रछात्राहरुलाई उच्च शिक्षा अध्यायनका लागि “मेयर छात्रवत्ति कोष स्थापना” कार्यन्वयमा ल्याइएको छ ।
लोगो पहिचाहान: रास्कोट नगरपालिकाको पहिचान सहितको लोगो निर्माण गरि कार्यन्वयनमा रहेको ।
कार्वन ट्रेड संग नगपालिका:- रास्कोट नगरपालिकाका २००० घर धुरीलाई सुधारिएको चुलो वितरण गरि धुवा न्यूनिकरण नगरपालिका बनाए वापत कार्वन उत्सर्जन गर्न राष्ट्रहरुबाट करीव २० हजार डलर आय वढने ।
६. देउरामालिका सम्मको सडको स्तरोउन्नती भइरहेको ।
गरिएको ।

३. अनलाइन राजश्व संकलन प्रणाली (ERP) मार्फत राजश्व संकलन गर्न प्रकृयामा रहेको ।
सामाजिक विकासः
शिक्षा युवा तथा खेलकुद शाखा
गुणस्तर सुधारका लागि शैक्षिक क्रान्ति :-शिक्षा देश विकासको मेरुदण्ड हो । त्यसैले शिक्षाको गुणात्मक विकास विना कुनैपनि विकास अपुरो हुने भएकाले शिक्षामा क्षेत्रमा गरिएका कार्यहरु ।
१. नगर शिक्षा ऐन २०७९ जारी गरिएको ।
२. सम्पुर्ण सरोकारवालाहरुको विचमा बृहत् शैक्षिक गोष्ठि संचालन गरि १६ बुदे प्रतिवद्धता जारी गरिएको ।
३. नियमित विद्यालय व्यवस्थापन समिति पदाधिकारी तथा प्रधानाध्यापक र शैक्षिक सरोकारवालाहरुको विचमा समिक्षा भएको ।
४. नियमित शिक्षा शाखा तथा नगर शिक्षा समितिबाट अनुगमन सुपरिवेक्षण तथा पृष्ठपोषण प्रदान गरिएको ।
५. चार वटा माध्यमिक विद्यालयहरुमा नगरपालिकाको प्रत्यक्ष निगरानिमा रहने गरि चारवाट सेक्युरिटि गार्ड नियुक्ति गरिएको ।
६. वडिमालिका माध्यमिक विद्यालयलाई नमुना लिडर विद्यालयको रुपमा विकास गर्न अंग्रेजि माध्यमबाट पठनपाठन संचालन गरि नगर अनुदानको व्यवस्था गरिएको ।
७. सामुदायिक विद्यालयका मा.वि.हरुमा एक मा.वि.एक प्राविधिक धारका कार्यक्रम सञ्चालन अन्तरगत श्री जनजागृति माध्यामिक विद्यालयमा कप्युटर धारको प्राविधिक कार्यक्रम संचालन भएको ।
८. सामुदायिक विद्यालयहरुको परिक्षा प्रणालीलाई मर्यादित बनाउनका लागि नगर स्तरिय कक्षा ९ सम्म एकिकृत परिक्षा लिइ परिक्षा फल प्रकाशन गरिएको ।
९. E-learning कक्षा संचालन गर्न गुणस्तरिय शिक्षाका लागि ४ वटा माध्यमिक विद्यालयहरुलाई ६ वटा आधारभुत विद्यालयहरुलाई १० वटा विद्यालयहरुलाई कक्षा ८ भन्दा माथिका कक्षाहरुलाई स्मार्ट वार्ड को व्यवस्थापन गरिएको ।
१०. शिक्षाको आधारको रुपमा “घर वलियो जगले राष्ट बलियो प्रारम्भिक बालविकासले” भन्ने नाराका साथै प्रारम्भिक बालविकासमा लगानि अभिवृद्धि ४१ वटा प्रारम्भिक बालविकास केन्द्रहरुमा ४१ वटा स्मार्ट टिभिको व्यबस्थापन गरिएको ।
११. बालबालिकाको सिकाई सुधार गर्न बालबालिका र अभिभावकको बिचमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्न अभिप्रेरित गरिनेछ ।
१२. शिक्षक र विद्यार्थीको अनुपात तथा विद्यालयमा शिक्षक आवश्यकता तहगतरुपमा शिक्षकहरुको काज सरुवा गरिएको । १३. रास्कोट नगरपालिकामा आधारभुत तहको स्थानीय पाठयक्रम मध्यपश्चिमाञ्चल विश्वविद्यालको विज्ञ टोलि द्वारा ड्रफट निर्माण ।
१४. सिकाईमा पछिपरेका बालवालिकाहरुका लागि थप तथा उपचारात्मक कक्षा सञ्चालन ।
१५. महिनावारीका कारण छात्रा कक्षामा अनुपस्थित हुने अवस्थालाई अन्त्य गर्न र मर्यादित महिनाबारीका लागि विद्यालयमा छात्रामैत्री शौचालय एवं निः शुल्क स्यानिटरी प्याड वितरणको व्यवस्था गरिनेछ ।
१६. खेलकुदको विकास गर्न चार वटा माद्यामिक विद्यालयहरुमा ४ वटा खेलकुद प्रशिक्षक व्यवस्थापन गरिएको ।
१७. बालबालिकाहरुलाई प्रतिरक्षा र क्षमता प्रस्फुटन लागि विभिन्न किसिमका खेल बन्द प्रशिक्षण, प्रशिक्षक कार्यक्रम संचालान गरिएको ।
१८. विद्यालय स्तरीय, नगरपालिका स्तरीय र जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सकृय सहभगिताका साथ उपाधिहरु प्रप्त गरेको ।
स्वास्थ्य
१. रास्कोट नगरपालिकाद्धारा सञ्चालित एम्बुलेन्स सेवालाई रास्कोट अस्पताललाई हस्तान्तरण गरी सेवा प्रवाहलाइ प्रभावकारी बनाइनेछ ।
२. रास्कोट अस्पताललाई स्वास्थ बिमा कार्यक्रमसंग आबद्ध गरी स्वास्थ बिमा कार्यक्रम लागु प्रकृयामा रहेको ।
३. नियमित खोप सेवा ९८ प्रतिशत वा २८९ जना लाभान्वित भएका ।
४. प्रस्तुति गृहबाट २५० जना सुत्केरी भएका तथा ७८ प्रतिशत ले सेवा लिएका ।
५. कोभिड विरुद्धको खोप अभियान २२६८ जनाले खोप लाएका ।
६. बालबालिकाका लागि पोसिलो पिठो ४८० जनालाई वितरण गरिएको ।
७. २०० जना सेवा ग्राहीहरुलाई ग्रामिण अल्टासाउन्ड कार्यक्रम संचालन ।
८. स्वास्थ्य सेवा प्रवाह गर्नेका लागि सूचना प्रवाहका लागि SMS aleart softwer मार्फत ५०० जनालाई सूचना प्रवाह गरिएको ।
९. भ्याक्सोटोमी क्याम्प संचालन मार्फत २० जनाले सेवा लिएका ।
१०. नगरपालिकामा १५ शैयाको रास्कोट अस्पतालको स्तर बृद्धि निर्माण कार्य भएरहेको ।
११. स्वास्थ्य संस्थाहरुबाट निशुल्क औषधिको उपलब्धता सुनिश्चित भइरहेको ।
१२. नेपाल रेडक्रस सोसाईटीसंगको समन्वयमा रास्कोट अस्पतालमा ब्लड बैंक स्थापना गर्न प्रकृयामा रहेको ।
१३. शहिद परिवार, विपन्न, द्धन्दपिडित, घाइते तथा पूर्ण अपाङ्ग, ७० वर्ष माथिका जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि रास्कोटको जुनसुकै स्थान देखी रास्कोट अस्पताल सम्म पुर्याउन एम्बुलेन्स सेवा निः शुल्क उपलब्ध गरिएको ।
लैङ्गिक समानता र सामाजिक समावेशीकरण
१. “उप प्रमुखसंग महिला कार्यक्रम” दलित महिला लगायतका महिलाहरुलाई व्यवसायिक सीप विकास गरी उद्यमी बनाउन आयमुलक, सीपमुलक तालिम प्रदान गरी आय आर्जनमा वृद्धि गरी स्वरोजगार, आत्मनिर्भर हुने गरी सशक्तिकरणका कार्यक्रममा मार्फत ९५ जना आत्मा निर्भर भएका ।
२. बालश्रम, बालबिवहा, छाउपडि प्रथा, जातीय भेदभाब तथा छुवाछुत उन्मुलनका लागि कडा नीति अवलम्वन गदै अन्त्यका लागि जनचेतना मुलक कार्यक्रम संचालन भइरहेका ।
३. समाजिक सुरक्षा तथा पञ्जीकरण र अपाङ्गता परिचय पत्र वितरण
४. नागरिक वडापत्रलाई अद्यावधिक गरि स्तरीय डिजिटल प्रकृयामा रहेको ।
५. व्यक्तिगत घटना दर्ता प्रणालीका माध्यबाट मृत्यु, जन्म दर्ता, बिवहा, बसाइ सराईलाइ पुर्णरुपमा अनलाइनद्धारा प्रमाण पत्र वितरण गरि हाल सम्म ५४८ जनाको व्यक्तिगत घटना दर्ता भएको ।
६. वडा कार्यालयका कर्मचारीहरुको क्षमता विकास तालिम सञ्चालन गरिएको ।
७. वडा कार्यालयलाई व्यवस्थीत बनाई सेवा प्रवाहमा प्रभावकारी भएको।
८. वडा कार्यालयका सबै सिफारिसहरुलाइ ERP सफ्टवयरको माध्यमबाट अनलाइन द्धारा वितरणको प्रकृयामा रहेको ।
९. सामाजिक सुरक्षा प्रणालीलाई ब्यबस्थीत बनाउन अनलाइन प्रणाली सम्बन्धी सुदृढीकरण गर्न ९ वटा वडा सचिबहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको ।
१०. अपाङ्गता भएका ब्यक्तिहरुको पहिचान अभिलेखीकरण र प्रमाणीकरण गर्न अपाङ्गता छनोट समन्वय समीती द्वारा १६१ जनाको स्मार्ट काड मार्फत परिचय पत्र वितरण गरिएको ।

पूर्वाधार विकासः
सञ्चार
१. गुनासो सुनाई कार्यलाई कार्यन्वयन गर्न हटलाइन सेवा सुचारु गरी “हेलो मेयर कार्यक्रम” सञ्चालन मार्फत २१०० जनाको गुनासो फर्च्यउट गरिएको ।
२. सेवा प्रवाहका लागि वेभसाइट, फेस बुक, मोबाइल एप्स,यस एम एस अलटको व्यवस्थापन गरी सूचना प्रवाह गरिनेछ ।
सुशासन तथा संस्थागत विकास
१. सुशासन प्रर्वद्धनका लागि “मुस्कान सहितको सेवा” भन्ने मुल नारालाई संस्थागत गरि प्रत्येक शाखा तथा सेवाहरुमा कर्मचारीहरुले सेवा प्रवाह गरिएको ।
२. पूर्वाधार निर्माणका कार्यहरुलाई सहज बनाउन एक वडा एक प्राबिधिकको व्यवस्था गरिएको ।
३. सेवा प्रवाहलाई प्रभावकारी बनाउन नगरपालिकाको एक सोधपुछ तथा हेल्प डेक्स स्थापना गरि ४२०० जनाले सेवा लिएका ।
४. उपभोक्ता समिती मार्फत निर्माण हुने आयोजनाहरुमा संलग्न कामदारहरुको ज्याला वित्तीय सेवा प्रदायक संस्थामा रहेको बैंक खाताबाट भूक्तानी गर्ने गरिएको ।
५. “नगरबासीसंग नगर प्रमुख कार्यक्रम” सञ्चालन गरी महिनामा एक दिन नगरवासीको गुनासो सुनाई गर्न टोलटोलमा साक्षत्कार गरिएको ।
६. वित्तीय जोखिम न्यूनीकरण गर्न अनलाइन माध्यबाट भुक्तानी गरिएको ।
७. आयोजनाहरुको सुचीकरण गरी “योजना बैंक” तयार गर्ने र आगामी आर्थिक वर्षहरुमा सोही योजना बैंकबाट आयोजना छनौट गरी कार्यान्वयन गर्दै लिने गरिएको ।
८. रास्कोट नगरपालिकामा कार्यसञ्चालनका लागि गैरसरकारी संघ संस्थालाई एकद्वार नीति द्धारा NGO desk स्थापना गरिएको ।
९. नगरपालिकाको समग्र बस्तुस्थिती झल्काउने डिजिटल प्रोफाइल मोवाइल एप्स तथा नगर पश्वचित्र तयार गरिएको
विपद् व्यवस्थापन
१. विपद व्यवस्थापन ऐन २०७९ बनेको ।
२. स्थानीय आपतकालिन सुरक्षित १८ वटा पुर्ण क्षति र १४ वटा आंशिक क्षति भएका घर निर्माणको भएका ।
३. वाडि पिडित बाट १४९ जन पुर्ण क्षति भएका र १२२ जना आंशिक क्षति भएका लाभग्रही कायम गरिएको ।

अन्तमा, नगरपालिकाले आगामी दिनमा सञ्चालन गर्न लागेका विकासका नीति तथा कार्यक्रमहरुमा सिर्जनात्मक सल्लाह सुझाव तथा कार्यान्वयनमा सहयोग र सहभागिताका लागि समस्त नगरबासीहरु, जनप्रतिनिधिहरुमा हार्दिक अनुरोध गर्दछु र समृद्ध नगरपालिका निर्माण गर्ने अभियानमा सबैको योगदानको अपेक्षा समेत गर्दछु । धन्यवाद। नमस्कार ।
धर्मराज शाही (पोषण)
नगर प्रमुख
रास्कोट नगरपालिका, कालीकोट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !