रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

कालिकोटको रास्कोटवाट नेकपाका महासचिव बिप्लवको घोषणा , बिभाजन दुखत थियो अब जुट्छौ

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द”विप्लव”ले कालिकोटको राष्कोट पुगेर जनयुद्वका प्राप्त उपलब्धी उल्ट्याउन खोजे माओवादीले ५२ साल फर्काउने चेतावनी दिएका छन । उनले गणतन्त्रको बिकल्प सामन्तबाद फर्किने नभएर समाजवादतिर लम्किने बताएका छन । नेकपा कालीकोटले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले ६४ पछी नेपालमा जनयुद्वका उपलब्धी गुम्ने खतरा बढ्दै गएको महशुस गरेर समाजवादी कार्यदिशा अगालेर क्रान्तिलाइ निरन्तरता दिएको दाबी गर्दै बिप्लवले अब माओवादी घटकहरू एक हुन लागेको बताए । अज पनि २०१९ साल, २०४७ साल फर्किन्छ भनेर काठमाण्डौमा सामान्तवादका अवसेशहरू सलमलाएको बताउदै नेता बिप्लवले त्यो कल्पना गर्न नसकिने बताए । गणतन्त्र कहिल्यै पल्टिदैन बरू त्यसो भयो भने २०५२ साल फर्किने चेतावनी दिएका छन्।
महासचिव विप्लवले माओवादी विभाजन दुर्भाग्य भएको भन्दै अब चाडै जुट्ने बताए ।
ब्यवस्थालाइ दलालको संदीय ब्यवस्था भन्दै व्यवस्था विरुद्ध लाग्न विभाजन भएको दावि गर्दै नेता बिप्लवले नेपालको अस्तित्वलाई जोगाऊन पार्टी फुटेको तर फुटे पछि क्रान्तिझन कम्जोर भएको बताए अब माओवादी घटक एक भएर अघि बढने बताएका छन।
नेता विप्लवले रास्कोटको कुरा होईन , कुनै जिल्ला र प्रदृशको कुरा नभएर यो ब्यवस्था दलाल पुंजिवादीहरूको भएको भन्दै सत्ता पुरै जनताको हातमा नआएको बताए । जस्का कारण रास्कोट जस्ता राम्रो गर्न खोज्ने केही सरकार ,प्रदेश र केन्द्रिय सरकार दलाहरूको चपेटामा परेको बताए । माओवादीले नेतृत्व गरेका सरकारले राम्रो गर्न खोजेको तर दलालहरूले घेराबन्दी गरेको बताए । केपि वली नेतृत्वको सरकारको कडा बिरोध गरेका बिप्लवले देश कंगाल बनाउनेहरूलाइ जनताले नछाड्ने बताए ।भ्रष्टचार बाहेक अरु केही नगरेको बताउँदै समाजवाद निर्माणका लागि संविधान शंसोधन गर्नु पर्नेमा त्यसबाट पछि हटेको बताए । रास्कोटको आरसिपि बजारमा भएको जनसभा कार्यक्रममा स्थायि समिति सदस्य भरत बम, शन्तोष बुढा मगर “विषम” लगायतका नेताहरूले सम्बोधन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !