यसै साता कालिकोटको रास्कोटमा जनसभा गरेको नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाले माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य नेकपामा प्रबेस गरेको भनि गरिएको प्रचारवाजी गलत झुटो र भ्रामक भएको बताएका छन । माओवादी केन्द्रका कालिकोट संयोजक डम्बर बहादुर शाहि डिबिलाइ पार्टी एकता चलिरहेको छ भनिन्छ तर तपाइका नेता नेकपामा प्रबेस गराईदै छनि के हो भनि सोधिएको प्रश्ननमा जवाफ दिदै महासचिव बिप्लव रास्कोट पुग्दा समाजवादी मोर्चाको राजनितिक उधेश्य अनुसार नेकपा भन्दा माओवादी केन्द्र समर्थित जनता र पार्टी नेता कार्यकर्ताको साथ सम्मान र स्वागत पाएका बिप्लवले माओवादी केन्द्रकै कार्यकर्ता र जिल्ला कमिटी सदस्य प्रबेस गरायौ भनी गलत भ्रम छर्नुले पार्टी एकताप्रतिनै सङ्का पैदा गरेको बताए । एकताका नाममा भ्रममा नपरी माओवादी केन्द्रले सुरू गरेको जागरण अभियानमा जुट्न माओवादी केन्द्रका अध्यक्ष शाहीले पार्टीकमिटीलाइ निर्देशन दिएका छन । समाजवादी मोर्चाका संयोजकका हिसावले माओवादी केन्द्रकै नेता कार्यकर्ताको साथ सर्पोटलाइ अन्यथा नलिएको तर पार्टी एकताको हवला दिएर माओवादी केन्द्रका नेता कार्यकर्तालाइ दर्सक बनाई उनकै नेता कार्यकर्ता प्रबेस गरे भन्नुले पार्टी एकतामा आसंङका पैदा भएको अध्यक्ष शाहीको दाबि छ । कालिकोटमा माओवादी केन्द्रका जिल्ला सदस्य सहित विभिन्न पार्टी परित्याग गरी १८ जना नेकपामा प्रवेस गरेको भनि गरिएको गलत प्रचारले नेकपा र माओवादी केन्द्रको पार्टी एकताका लागी बन्दै गएको बातावरण धमिलिएको शाहीले बताए । यस प्रकारको गतिबिधिले समाजवादी मोर्चाका संयोजक समेत रहेका नेकपाका महासचिव बिप्लवको राजनितिक अभियानको बिस्वश्नियता माथि प्रश्न उठेको शाहिको दाबि छ ।नेकपाले बुधवार रास्कोटमा आयोजना गरेको जनसभामा माओवादी केन्द्रका जिल्ला सदस्य सहित विभिन्न पार्टी परित्याग गरेर १८ जना नेकपामा प्रवेस गरेको नेकपाले दावी गरेको छ ।रास्कोट नगरपालिका वडा नम्वर ८ बाट माओवादी केन्द्र परित्याग गरेर मन्दीरे लुवार, पंख लुवार, गणेस लुवार, औला टमट्टा,पवन टमट्टा, नमराज टमट्टा, वडा नम्वर ६ बाट महावीरे लुवार प्रवेस गरेको भनियो तर उनिहरू कुनै ब्यक्ति माओवादी केन्द्रको जिल्लाकमिटीमा नरहेको जानकारी दिए । ति ब्यक्तीका बिषयमा आफुलाइ पनि कुनै जानकारी नभएको माओवादी केन्द्रका रास्कोट सहईन्चार्ज कालि बहादुर महताराले बताए । ति ब्यक्ति जिल्ला कमिटी नभएर उनिहरू नेकपा माओवादी केन्द्रको साधारण सदस्य पनि रहे नरहेको जानकारी नभएको तर माओवादी केन्द्रलाइ मतदान गर्ने ब्यक्ति मतदाता अथवा समर्थक चाहि हुन सक्ने महताराको भनाइ छ ।
पचालझरना ९ का मनिराम सार्की नामका कोही पनि ब्यक्ति माओवादी केन्द्रको जिल्ला कमिटीमा नरहेको शाहीको दाबि छ । पचालझरनावाट हंस सार्की, पंख सार्की, वीर टमट्टा, पहल दर्जि, हिक्मत दर्जि, जोखे तिरुवा नेकपामा प्रबेस गरेको दावी नेकपाको छ ।सोहि पालिका वडा नम्वर ७ वाट एमालेबाट जस ऐडी, वडा नम्वर २ बाट हिक्मत विक, र उमेश विक नेकपामा प्रवेस गरेको उल्लेख छ ।
प्रेस सेन्टरका केन्द्रिय सदस्य कार्कीको टिप्पणी
माओवादी केन्द्रभित्रै बिभाजन ल्याएर सहानुभुति लिने कुरा नेकपाको सहि नभएको भन्दै माओवादी नेता तता समर्थकहरू चिडिएका छन । प्रेससेन्टरका केन्द्रिय सदस्य तथा माओवादी प्रदेश कमिटी सदस्य रहेका रत्न कार्कीले नेकपाको कालिकोट प्रबेसलाइ स्वागत गर्दै क्रियाकलाव गलत भएको दाबि गरेका छन । उनले महि माग्ने ढुग्रो लुकाउने बानि छैन भन्दै बिप्लवलाइ स्वागत गर्ने नाममा नेकपा माओवादी केन्द्रका नेताहरूले आफ्नो पार्टी र जिम्मेवारी बिर्सेर बिलय हुने गरि अर्कै पार्टीको अभियानमा समाहित हुन गलत भएको टिप्पणी गरेका छन । उनि लेख्छन ।
मही माग्ने ढुग्रो लुकाउने काम हुन्न, यति भने पछि पार्टी एकता बिरोधिको बिल्ला भिराउने होला । आज भोलि त यति कुरा खुल्ला हृद्वयले बोले पछि र लेखेपछि चित्त बुझेन भने एकता बिरोधी , झोले परिचालित ,आफ्नो बिना श्रोतको सम्पति र सुकिलो मुकिलो जिवन लुकाएर अरूका बैकमा धितो रहेका घरघरना हेरिदो रहेछ नि ? अव सबै जिम्मा लिएर पनि बोल्न सिकाएको र बोल्ने अधिकारको लागी लड्न सिकाएको माओवादीकै गतिबिधि प्रति किन धारणा नराख्ने ? काम्रेड ? आज भोलि माओवादीकेन्द्रका नेताहरूको भित्रैभित्र मनमा ८४को चिन्ता छ । माओवादी भित्रबाटै अलग भएको नेकपालाइ पनि जुटेर र एकल या तालमेल गरि भए पनि ८४ मिसनै छ ।
नेकपाका महासचिव बिप्लव कालिकोटको रास्कोट पुगेर आमसभालाइ सम्बोधन गरे , त्यसमा बोलेका कुरा राष्टि्र राजनितिको हिसावले निकै सान्दर्भिक छन । ८४मा चुनाव लड्ने नीति लिएको बिप्लव नेतृत्वको नेकपामा पनि भित्रभित्रै चुनावकै तयारी हो । संगठनमा राम्रै ब्यस्थित रहेको नेकपामा जनआधार निर्माणको चुनौति निक्कै छ ।
प्रचण्ड तराइ मधेशको जागरण अभियानमा ब्यस्त छन । नेकपा माओवादी केन्द्रका हरेक जिल्लाका बैठकले जागर अभियानको सुरू गरिसकेको छ ।सबैलाइ जानकारी छ ।प्रचण्डले १ कार्यक्रममै भनेका थिय जव मधेशको जनआधार गुमायौ हामि ओरालो लाग्यौ ।
नेकपा र बिप्लव पार्टी एकताको अन्तिममा छन भनिन्छ । श्रोतका अनुसार अघिल्लो साता १ हप्ता भित्र एकिकरण गरिसक्ने बताएका दुइ नेता आआफ्नै राजनितिक अभियानमा छन ।
बिप्लव लगाएत उनको पार्टी समर्थित आदादर्जन बढी पार्टीका नेताहरूले कालिकोटको रास्कोट पुगेर दलाल ब्यवस्था भन्दै घोक्रो सुक्ने गरि भाषण गर्दा प्रचण्ड तराइ मधेशमा छन ।
रास्कोटको कार्यक्रम कुनै समाजवादी मोर्चाको कार्यक्रम होईन यो नितान्तरूपमा हालको दिन सम्म फरकधारमा रहेको नेकपा अथवा ( नेपाल कम्युनिष्ट पार्टीको हो ।
नेकपा यसकारण फरक छ ( कम्युनिष्ट जाति हुदैन भन्दै त्यस कारण नामका पछाडी सी जाति बनाउने भन्दै जातको ठाउमा सि लेख्छ । माओवादी केन्द्रका कार्यकर्ता त्यो मान्छन त ?
२ यो ब्यवस्था संसदीय हो यो पुजिवादी दलाल हो या लोकतान्त्रिक गणतन्त्र हो । ? त्यसका ठाउमा बैज्ञानिक समाजवादी ब्यवस्था चाहिन्छ दुइमत छैन तर प्रस्थान मार्गमा पुरैको पुरै फरक छ त्यसमा एक ठाउ आइसकेको हो र ? त्यसका लागि निति कार्यक्रम के हुने ? यसको निचोड आइसकेको छैन ।
प्रचण्ड नेतृत्वको माओवादी केन्द्र समाजवादीक्रान्तिका लागी तयार भए पनि प्रस्थान मार्ग एकिकृत क्रान्तिमार्फत हिड्ने बाटो अथवा यहि संसदीय लोकतान्त्रिक गणतन्त्रबाट अगाडी बढ्ने जस्ता बैचारीक मार्गमा कन्मिन्सको कता हुने गम्भिर बैचारीक मतभेद छन । जनयुद्व र जनआन्दोलनका उपलब्धीलाई संस्थागत गर्दै सुदृढ गरेर अगाडी बढ्ने होकी के हो ? यही संसदीय ब्यवस्था अन्तरगतको लोकतान्त्रिक गणतन्त्रलाइ संस्थागत गर्दै अघि बढ्ने योजनामा रहेको माओवादीकेन्द्रको राजनितिकधार के हुने जस्ता गम्भिर मतभेद कायमरहेको अवस्थामा एक ठाउमा बसेरो र गास अर्को कटेरोमा सुताइ र बास गर्नु गलत हुुन्छ की ?
३ एकिकृत जनक्रान्तिको बाटोमा मार्फत अगाडी बढ्ने कि यहि ब्यस्थाको उपयोग गर्दै जाने अथवा नेतृत्व प्रचण्डकै नेतृत्वमा अघि बढ्ने र ८४मा चुनावमा सहभागि हुने कुराको सहमतिले हेर्दा यहि नेकपाले भनेको दलाल संसदीय ब्यवस्था भन्दै दलाल ब्यवस्थाकै घोसित निर्वाचन प्रयोग गर्ने कुरा कत्तिको पत्यार लाग्दो छ जनताले कति पत्याउने नेकपाले निर्बिवाद निर्वाचन लड्ने भए एकिकृत जनक्रान्तिका आदादर्जन मानिस सहिदको लिष्टमा सुचिकृत हुन्छनकि हुदैनन ? त्यसो भए सोही ब्वस्थाको उपयोग गर्न खोजेको र सत्ता चाहिएको भनेर किन नभन्ने अनि आफु हुदा सुनपानिले धोएको,अरूलाई हुदा दुस्प्रभाबित यो प्रश्नको जवाफ दिनु पर्लानी ?
४ ) उसले महाधिवेसन मार्फत माओवादी भन्ने पदावदि हटाएर नेकपा मात्रै राख्यो । तर माओवादी पदावली छोड्न प्रचण्ड नेतृत्व तयार हो ?
५) फुटेेको सुरूवातिमा संसदीय ब्यवस्था ध्वस्त पार्ने भन्दै केही शसस्त्र गतिबिधि पनि गरियो । जसमा चुनावमा सबै भन्दा बढी तारो माओवादी केन्द्रनै थियो । जसमा आज कालिकोटकै स्थानिय राष्ट्रिय राजनितिमा उदाएका नेकपाकै प्रबक्ता प्रभावशालि नेता खड्ग बिस्वकर्माले प्रचण्डको स्वीस बैकमा ४१ अर्व रूपैया छ भनेको अभिब्क्ति छताछुल्ल छ । एकता हुदा सबै अन्यौलता रातारात सकिदैनन्
६ पछि उपयोग गर्ने भन्दै ७९ मा चुनावको उपयोग गर्यो , त्यो बेला पनि कति पए ठाउमा माओवादि केन्द्रका स्थानियतहमा उम्मेदार नेकपाकै उम्मेद्वारका कारण पराजय भएका छन ।
७ रास्कोटको सम्बोधनका क्रममा अधिकांस समय वर्तमान राज्य ब्यवस्थाकै बिरोधमा खर्चेका बिप्लवले आएर पुर्ववर्ति पार्टी नेकपा माओवादी केन्द्रसंग पार्टी एकताको कुरा चलिरहेको र जुट्ने तयारी भएको भनेर भने तर पुर्णतामा पुग्न अन्तिम चरणमा रहेको भनेर भने तर रास्कोट पुगेर बिप्लवले माओवादी फुटेको भनेर रहर गरिरहेकालाइ रहर नगर्न भन्दै माओवादी जुट्ने अभिब्क्ति दिए तर उनले घुमाउरो पारामा तत्कालिन अवस्थामा फुट्नु आबश्यक थियो भनेर जोगिन खोजे । फुट्नु जनता सहिद परिवार र पार्टी आन्तरिक जिवनमा ठुलो धक्का भएको महशुस गर्दै जुट्न खोजेको स्वीकार गरे ।
सोही कार्यक्रममा एकता हुन लागेको पार्टीकै दर्जनौ कार्यकर्ता प्रबेस पनि गराए ?
बिभाजन हुदा चटक्क हिडे जस्तो जुट्दा निकै ठुलो चुनौति हुने रहेछ । बैचारीक लाइन राजनितिक मुद्वा देखि नेताहरूको पदीय ब्यवस्थापन र प्राबिधिक कुरा मिलाउन कठिन छ । त्यसैमा भोलि एकता भईहाल्ने भए किन प्रबेस गराएको काम्रेड ? यति हुदा हुदै नेपालको राजनितिक बिराषतलाइ केलाउदा एमाले ,माले बनेको बिभाजित राजनितिक शक्ति एकिकरण बने पनि माले संरचना जिबितै छ । कांग्रेस र कांग्रेस प्रजातान्त्रिक बनेको कांग्रेस एकिकरण बने पनि कांग्रस प्रजातान्त्रिक बिपि जोगिएकै छ । हामिले बृहत बामपन्थि एकताका नाममा बनेको नेकपाको अनुभव पनि लिएका छौ , नेकपाको एकता पछि बिभाजन सम्म पनि पुर्ववर्ति समुह र गुट छदै थिय भने एकै पटक हौसिएर पार्टी फुटे झै हौसिएर एकता गर्दा त्यही नेकपाको हालतमा पुग्न सक्छ ।
अरू मेरो भनाइ केहि छैन । भलै रास्कोटमा आफ्नो जागरणअभियानको लागी जुट्ने बेला अर्केै आमुख पार्टीको अभियान टोलिलाइ कुनै सस्था र सार्वजनिक निकायले गरेको स्वागतमा मेरो टिप्पणी छैन सम्मान राष्ट्रिय नेता हो मै भएपनि गर्थे गरेको पनि हु तर म कुनै हालतमा कन्मिन्स छैन म कन्मिन्स हुने भित्रको परिन यदी चाडै कन्मिन्स हुने भएको भए म आज सि हुन्थे त्यस कारण मेरो टिप्पणी भनेकै हिजो बिभाजनका कन्मिन्स भईदिनु पर्ने आज फेरी एकतामा हात मिलाउन बितिकै कन्मिन्स भईदिनु पर्ने ? तर फुटेका बेला एक अर्कालाइ लगाएका आरोप र गालि गलोजको जस्टिज दिन नपर्ने ? सहिद परिवार ,पार्टी कमिटी र जनता भेडा हुनर ? जता डोरायो उतै डोरिने ? हामि छुट्टै बस्छौ के गर्छौ । एकतामा जनदवाव छ भोलि गएर त्यस कारण जसरी बिप्लव कालिकोट आउदा नेकपा भन्दा नेकपा माओवादी केन्द्रको सहानुभुति छ त्यसरी कित मन्चमै सहित सप्ताहा गरेर सयुक्त जनसभामा परिणत गरेर समाजवादी मोर्चाको कार्यक्रम गरे के हुन्थ्यो त ?
यता माओवादी फुटेर नेतै पिच्छे पार्टी खोलेर रहेकाले नेताको ब्यवस्थापन हुन नसके नेकपा अर्थात रूपान्तरित केहि समुह माओवादीधारका रहिरहने कुुरा निश्चित रहेको छ ।
फुटको ओैचित्य पुस्टि गराउनेकी प्रचण्डलाइ दोस लगाउदै प्रचण्डैसंग मिल्ने, संसदीय ब्यवस्थाको भण्डाफोर गर्दै चुनाव लड्न जाने यस्ता कुराको गंम्भिर मदभेत देखिन्छ नेकपा त्यो कुरा शिर्ष नेता प्रचण्ड र बिप्लवको कुरा हो तर रास्कोट पुगेर नेकपा भन्दा नेकपा माओवादी केन्द्रका नेताहरूको उकुशमुकुस्ता हेर्दा निकै रहस्य देखिन्छ । माओवादी नेताहरूनै आफ्नो जिम्मेवारीलाइ बिर्सेर नेकपाको कार्यकर्ताझै माओवादी नेता ,नेतृत्व र बिचार बिहिन जस्तो गरी माओवादी केन्द्र सत्तामा पुगे पछी दुसप्रभाबित भएको भन्दै बिप्लवलाइ नेतृत्व लिन बिन्तिपत्र चढाउन पुगेछन । यो कुरा माओवादी केन्द्र भित्र अनुशासन बिहिन काम र अभिब्यक्ति भन्दै माओवादी नेतृत्व असन्तुष्ट बनेको छ । उनिहरूले, जनयुद्वको नेतित्व पनि प्रचण्डले गरे शान्तिप्रक्रियाको नेतृत्व पनि प्रचण्डकै नेतृत्व र समाजवादी क्रान्तिको पनि नेतृत्व माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाटै सम्भव भएकाले पार्टी एकतामा बिभाजनको ओैचित्य पुष्टीकोले गर्न सक्यो कोले सकेन भन्ने बिषय पार्टी एकताको नया एकिकरणमा नया रूपान्त्रण र परिणामले नया सन्देश दिनेनै भएकाले प्रचण्डभन्दा माथि भएर नबोल्नु पुच्छरले भैसी हल्लानु सरह हो ।