रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

रास्कोटमा जनयुद्धका सहिद र घाइते अपाङ्गको स्वास्थ्यबिमा नगर सरकारले निशुल्क गर्दै

कालिकोट— रास्काेट नगरपालिकामा रहेका जनयुद्वकालिन सहिद तथा बेपत्ता र घाइतेहरूको नगर सरकारले स्वास्थ्य बिमा गरिदिने भएको छ । माओबादी केन्द्रले हरेक बर्ष मनाउदै आएको जनयुद्व बार्षीकउत्सवका अवसरमा रास्कोटमा आयाेजित एक कार्यक्रममा रास्कोट नगर सरकार प्रमुख धर्मराज शाही पोषणले सहिद तथा बेपत्ता र घाईतेहरूको निशुल्क स्वास्थ्य बिका हुने घोषणा गर्नु भएको हो । सहिद सप्ताहको अवसरमा गृह जिल्लामा रहेका नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पुर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको उपस्तिथिमा भएको कार्यक्रममा मेयर शाहीले रास्कोटी जनताको ,घर बिमा संगै स्वास्थ्य बिमा पनि निशुल्क गरि दिने निति नगर सरकारले लिएको बताऊनु भयो ।माओवादी केन्द्र रास्कोट नगर कमिटीको बैठक तथा प्रशिक्षरण कार्यक्रमा जनयुद्ध तथा जनआन्दोलन क्रममा सहिद भएकाहरूका परिवार, बेपता परिवार तथा घाइते अपांङ्गता भएकाहरूलाई निःशुल्क स्वास्थ्य बिमा परिचयपत्र वितरण गरेको समेत गरिएको छ । स्वास्थ्यमा पहुँच विस्तार गर्न उक्त पालिकाले जनहितमा यो सुन्दर निर्णय गरेको भन्दै त्यहाका सहिद परिवार ,घाइतेहरू खुसि भएका छन ।
सहिद परिवार , बेपता परिवार तथा अपांगता भएका करिव १३५ जना भन्दा बढि लाई निःशुल्क स्वास्थ्य बिमा कार्ड उपलब्ध गराइएको रास्काेट नगरपालिका नगर सरकारका प्रवक्ता धन बहादुर धामिले बताउनु भएकाे छ। उनीहरूले स्वास्थ्य बिमा कार्यक्रम लागू भएका        अस्पतालहरूबाट १ लाख रुपैयाँसम्मको औषधि उपचारमा छुट पाउने नगरपालिका नगर प्रमुख धर्मराज शाही (पोषण)ले बताउनु भएको छ । अपांगता भएका नागरिकका हकमा एकाघरका अन्य सदस्यको पनि निःशुल्क स्वास्थ्य बिमा गरिने उहाले बताउनु भयो ।
कार्यक्रममा नगर पाटि अध्यक्ष पदम खड्का को अध्यक्षता , तथा नेकपा (माओवादी केन्द्र) का प्रभावसाली युवा नेता तथा कर्णाली प्रदेश प्रथम मुख्यमन्त्री एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यतामा र प्रदेश कमिटि सदस्य जिल्ला समन्वाय समिति सदस्यहरूको सहभागिता रहेकाे थियाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !