आज २२ गते कालिकोटको सान्नित्रिवेणी गाउपालिका १ मा रहेको शंकर मा वि सेरिज्युलाको ५८ औं बार्षिकोत्सव एक बृहत अबिभावकभेलामा बिभित कार्यक्रम गर्दै मनाईएको ।बृहतरूमा भब्यताका साथ बार्षीकउत्सव सम्पन्न गरिएको सूचना अधिकारी शिक्षक खेमराज गिरीले बताएका छन । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष -गंग ब सार्कि को अध्यक्षयतामा कार्यक्रम सम्पन्न भएको हो ।
वडा नं १ का अध्यक्ष बैकुण्ठराज गिरिको प्रमुख आतिथ्यथामा सम्पन्न बिद्यालय बार्सिकत्वसको कार्यक्रममा बिशेष अतिथि- सतलसिंह बुढा (संस्थापक \ समाजसेवि) लगायत बिभिन्न राजनिति दलका प्रमुख तथा प्रतिनिधि , समाजसेवि, बुद्दिजिविहरुको उपस्थिति हुनुका साथै बिभिन्न सदन बाइज पुरस्कार , कक्षा दशका भाईबहिनिहरुलाइ फेरि भेटौला कार्यक्रम , भाइ सफल परिवारको पुस्तक बिमोचन, सङ्गै बिध्यालयको आर्थिक प्रतिवेदन समेत पेस गरिएको थियो । बार्षिकउत्सवमा बिद्यालयको हाल सम्मको आय ब्याय बिध्यालयका प्रधानाध्यापक मिना कुमारि कार्कि ले प्रस्तुत गर्नुभएको थियो। साथै बिभिन्न खालका नृत्य , देउडा , एकल गाएन सङ्गै सांस्कृतिक कार्यक्रमको पनि बेजोड प्रस्तुति रहेको जनाईएको छ ।।