रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

जनचेतनाका स्वबियु सभापतिका उमेदार बसराज बोहरालाई समाजवादी मोर्चाआबद्व बिद्यार्थि संघसंगठन मत माग्न रास्कोटमा

सान्नीत्रिवेणी गाउँपालिकामा रहेको जनचेतना बहुमुखी क्याम्पसको यही चैत ५ गते हुने स्ववियु निर्वाचनका लागी अनेरास्वबियु क्रान्तिकारीले जिल्लाभर प्रचार प्रशार थालेको छ । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) बाट सभापति पदका उम्मेदवार बसराज बोहरा लाइ जिताउन मातृपार्टीको सहयोगमा जिल्लाका सबै स्थानियतहमा प्रचार प्रशार थालिएको हो । माओवादी प्रचश्व रहेको सान्नीत्रिवेणी गाउँपालिका स्थित जनचेतना बहुमुखि क्याम्पसमा निश्पक्ष र धादलि रहित निर्वाचन भए सत्ता गठबन्धनलाइ सहजै पराजिति गर्ने माओवादी निकट अखिलको दाबि छ । माओवादी केन्द्र निकट अखिलले सान्नित्रिवेणी ४ तिकुवाका बसराज बोहोरालाइ सभापतिमा भिडाएको छ भने क्रान्तिकारीको साथमा नेकपा निकट अनेरास्वबियु क्रान्तिकारी समाजवादी र एकिकृत समाजवादी निकट अनेरास्वबियु समाजवादीको साथ रहेको छ ।
बोहराले निर्वाचन जिते आफु २४ घण्टा क्याक्पसको रेखदेखमा रहने भन्दै आफु क्याम्पसको शैक्षिक गुणस्तरका लागी खटिने बताए ।
बोहराले आफ्ना प्रतिबद्वता सार्वजनिक गर्दै आफ्नो पहिलो काम ई-लाइब्रेरीको व्यवस्था गर्ने। विषयगत प्राध्यापकहरूको सुनिश्चितता, व्यवहारिक शिक्षामा जोड र पुस्तकालयको पहुँचमा सुधार ल्याउने बताएका छन । विद्यार्थीहरूलाई सिकाइमा सहज पहुँच दिलाउन आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका बोहराले छात्रवृत्ति अवसरहरू सबै विद्यार्थीहरूसम्म पुगाउन पहल गर्ने ?
अपांगता भएका विद्यार्थीहरूका लागि पूर्वाधार, स्ववियु कोषको पारदर्शिता र खर्चको विवरण सार्वजनिक गर्ने प्रत्येक खर्चको विवरण सार्वजनिक गर्ने र विद्यार्थीहरूलाई कोषको प्रयोगबारे जानकारी दिन बार्षिक रुपमा प्रतिवेदन प्रस्तुत गरि शुसासन कायम गरिने प्रतीबद्वता जजाएका छन ।
क्याम्पसमा हुने राजनीति र पढाइबीचको सन्तुलन मिलाउने ?राजनीतिभन्दा पनि क्याम्पसलाई शैक्षिकिकरण गर्न पहल गर्ने र विद्यार्थीहरूको अधिकारको संरक्षण र शैक्षिक वातावरण बनाउन काम काम गर्ने बताए ।
स्ववियू निर्वाचन २०८१ को लागि जनचेतना बहुमुखी क्याम्पस कालिकोट मा समाजबादी मोर्चा आबद्व बिद्यार्थि संघसंगठनहरूको सयुक्त प्यानल यस्तो रहेको छ
१) बसराज बोहोरा – अध्यक्ष
२) धुर्बराज संज्याल – सचीव
३) अग्निजा आचार्य – कोषाध्यक्ष
४) सुमितराजराज कार्की – सदस्य
५) शोभा सार्की – सदस्य
६) प्रेम बहादुर शाही – सदस्य
७) पबिता धामी – सदस्य
८) रामझला सार्की – सदस्य
समानुपातिक तर्फ :
१) कल्पना कुमाल
२) सिर्जना संज्याल
३) गिता शाही
४) बिमला धामी
५) किशोर देबकोटा
६) अनिता भट्टराई
७) सर्मिला संज्याल रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !