टिकाराज उपाध्याय(आफन्त)कालिकोट
कालिकाेट ~ रास्काेट नगरपालिका नगर प्रमुख धर्मराज शाही( पाेषण)ले माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्देशन दिनु भएकाे छ।
आज SEE परीक्षालाई मर्यादित बनाउन बस्यकाे रास्काेटका ४ वटा माबिका प्र .अ. बि.व्य.स र सुरक्षा निकाएका प्रमुख सँगको बैठकमा नगर प्रमुखले परीक्षा सञ्चालनमा कुनै पनि कमजोरी स्वीकार्य नहुने स्पष्ट पार्नु भएकाे छ। नगर प्रमुख शाहीले स्थानीय रअभिभावक संग सहकार्यलाई विशेष जोड दिँदै परीक्षालाई जवाफदेही ढङ्गले सञ्चालन गर्न आग्रह गर्नु भएकाे छ।
उनले परीक्षाको मर्यादा कायम राख्न नसकेमा सम्बन्धित स्कूलका प्र.अ . बि.व्य .स समेत जिम्मेवार हुनुपर्ने बताउनु भएकाे छ । “परीक्षाको गुणस्तर कायम राख्न र अन्य अवाञ्छीत क्रियाकलापलाई निरुत्साहित गर्न नगरपालिकाले विशेष निगरानीको व्यवस्था गरेको छ । सबै विद्यार्थीले न्यायोचित अवसर पाउनका लागि नगरपालिका प्रतिबद्ध छ । परीक्षालाई सफलतापूर्वक सम्पन्न गर्न सबै सरोकारवाला निकायको सहयोगको आवश्यक छ”,
यस वर्षको एसइई परीक्षा यही चैत ७ देखि १६गतेसम्म रास्काेटका दुई परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन हुने छ।। परीक्षामा ३सय ४जना विद्यार्थी सहभागी हुँदैछन् ।
परीक्षाको सुरक्षा, सामग्री व्यवस्थापन र अन्य आवश्यक तयारी अन्तिम चरणमा पुगेको र रनिङ गार्ड परिक्षा मा खटिएका (कक्षा निरक्षक) ले परिक्षा लाई मर्यादीत वनाउन सहयोग नगरे स्पष्टिकरण सहित विभागीय कार्वाही गर्ने निर्णय पनि गरियो । नगरपालिका शिक्षा शाखा प्रमुख खेमराज शाहीले जनाएका छन ।
बैठेक का तस्बिर :