रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

कालिकोटको जनचेतनामा माओवादी निकट अखिल क्रान्तिकारी नेतृत्वको प्यानल बिजयी

कालिकोटको सान्नित्रिवेणी गाउपालिका स्थित जनचेतना बहुमुखी क्याम्पस मेहलमुडीमा भएको स्वबियु निर्वाचनमा सत्ता गठबन्धनदल एमाले कांग्रेस निकट नेबिसंघ र अनेरास्वबियुको प्यानललाइ पराजित गर्दै माओवादी निकट अखिल क्रान्तिकारीको प्यानल बिजयी भएको छ । आज भएको स्वबियु निर्वाचनमा ३४२ मध्य १९७ मत खसेको थियो  । भर्खरै घोषणा गरिएको मतपरिणाम अनुसार जनचेतना बहुमुखी क्याम्पस मेहलमुडी कालिकोटमा अखिल क्रान्तिकारीको प्यानल बिजयी भएको हो । जम्मा खसेको १९७ सबै मत गणना सकियको छ ।  बिजयी भएका अखिल क्रान्तिकारीका बसराज बोहराले – १०६ मत प्राप्त गरि बजयी भएका छन । सत्ता गठबन्धनका तर्फबाट अनेरास्वबियुका अम्मराज बरालले ८६ मत प्रााप्त गरि पराजय भएका छन ।त्यस्तै सचीबमा अखिल क्रान्तिकारीका धुर्बराज संज्यालले ११९ मत पाएर बजयी भएका छन भने नेबिसंघका रमेश बुढाले ६५ मत पाएका हुन । त्यस्तै कोषाध्यक्षमा अखिल क्रान्तिकारीका अग्निजा आचार्यले ११६ मतप्राप्त गरि बिजयी भएका हुन । उनका प्रतिद्वन्दी अनेरास्वबियुका बिन्दा शाहिले ७० मत पाएर पराजय भएका हुन । सदस्य हरुमा पनि पाचै जना अखिलक्रान्तिकारीकै बिजयी भएका हुन
१) सुमितराज कार्की – १०६ अखिल ( क्रान्तिकारी )
२) शोभा सार्की- ८९ अखिल ( क्रान्तिकारी )
३) प्रेम ब शाही – ९९ नेक्रा बि संघ
४) पबिता धामी – ९८ अखिल ( समाजबादी )
५) राधिका फर्साल – १०१ अनेरास्ववियु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !