यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परिक्षा चैत्र ७ गते भोलि देखि सुरू हुदै छ । कालिकोटमा परिक्षाको सबै तयारी पुरा भएको शिक्षा समन्वय ईकाइ कालिकोटले बताएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको एसईई परीक्षा २०२०८१ चैत्र ७ गतेदेखि १९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डले नै एसईई परीक्षा सञ्चालनका लागि बिज्ञप्ति जारी गरी परिक्षा मर्यादित बनाउन आग्रह गरेको हो ।भोलि २०८१ साल चैत्र ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (SEE) मा कालीकोट जिल्लाबाट कुल ४०८५ जना परीक्षार्थी सहभागी हुनेछन्। तीमध्ये २०१९ जना छात्र तथा २०६६ जना छात्रा रहेका छन्।परीक्षार्थीमा सहभागि हुने परिक्षार्तिहरू होमसेन्टरका आधारमा हुने भएकाले सम्बन्धित तोकिएको परिक्षा केन्द्रमा पुगिसकेको र उत्तर पुस्तिका र प्रश्नपत्र सबै केन्द्रमा पुगिसकेको जनाईएको छ ।
कालिकोटमा . साधारण समूह तर्फ ३११९ जना रहेका छन । छात्र – १५७३ जना, छात्रा १५४६ जना, प्राविधिक समूह – ७३ जना रहेका छन जसमा छात्र ४२ जना, छात्रा – ३१ जना
ग्रेड वृद्धि (पूरक) परीक्षा ८९३ जना रहेको जनाईएको छ ।
छात्र – ४१५ जना, छात्रा – ४७८ जना छन ।
एसईई परीक्षालाई मर्यादित, निष्पक्ष र व्यवस्थित बनाउन परीक्षा केन्द्रमा विद्यार्थीको प्रवेशपत्रबाहेक अन्य सबै सामग्रीहरु पूर्ण रुपमा निषेध गरिएको छ। जिल्ला परिक्षा समितिले जनाएको छ ।
परीक्षा केन्द्रमा मोबाइल फोन, इलेक्ट्रोनिक उपकरण, पाठ्यपुस्तक, नोट, स्मार्ट घडी, र अन्य कुनै पनि त्यस्ता सामग्रीहरु लैजान पाइने छैन जसले परीक्षाको निष्पक्षतामा असर पुर्याउन सक्ने भन्दै प्रतिबन्ध लगाउने निर्णय ेक ा छन ।यदि कुनै विद्यार्थीले यी नियमहरुको उल्लङ्घन गरी परीक्षा केन्द्रभित्र निषेधित सामग्रीहरु लिएको पाइएमा, त्यस्ता सामग्रीहरु जफत गरिनेछन् र मोबाइल फोन जस्ता उपकरणहरू फिर्ता नगरिने जनाएको छ । यसले परीक्षाको स्वच्छता कायम राख्न र कुनै पनि प्रकारको अनुचित गतिविधि रोक्न मद्दत गर्नेछ।
विद्यार्थीहरुलाई परीक्षाको समयमा आवश्यक पर्ने सामग्रीहरु जस्तै कलम, पेन्सिल, स्केल, र प्रवेशपत्र मात्र ल्याउन अनुरोध गरिएको छ ।। परीक्षा सुरु हुनुभन्दा कम्तीमा ३० मिनेट अगाडि परीक्षा केन्द्रमा पुग्ने र आफ्नो सिटमा शान्तपूर्वक बस्ने। परीक्षा निरीक्षकको निर्देशनलाई ध्यानपूर्वक पालना गर्ने र परीक्षा अवधिभर शान्त र संयमित रहने बताएको छ।
परीक्षाको मर्यादालाई कायम राख्न सबै विद्यार्थीहरुले नियमहरुको पालना गर्नुपर्नेछ। यदि कुनै विद्यार्थीले परीक्षाको नियम उल्लङ्घन गरेको पाइएमा, उनीहरुको परीक्षा रद्द हुन सक्नेछ। यसैले, सबै विद्यार्थीहरुलाई परीक्षाको नियमहरुको पालना गरी मर्यादित र निष्पक्ष परीक्षामा सहभागी हुन अनुरोध गरेेको छ ।