टिकाराज उपाध्याय – कालिकोट
३० चैत्र, कालिकोट रास्कोट । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल भर्खरै रास्कोटको आरसीपी बजार पुग्नु भएको छ ।
उहाँलाई रास्कोटमा एकीकृत समाजवादीका नेता,कार्यकर्ता, स्थानीय सरकारका प्रतिनिधि र जनताले भव्य स्वागत गरेका छन । रास्कोटमा नेता,कार्यकर्ता,स्थानीय सरकारका प्रतिनिधि र जनताले अध्यक्ष नेपाललाई फुलमाया र अविर लगाएर भव्य स्वागत गरेका हुन । अध्यक्ष नेपालको रास्कोटको यात्रा पहिलो पटक हो ।
नेकपा (एकीकृत समजवादी) कालिकोटको १० औं अधिवेशनलाई उद्घाटन गर्न अध्यक्ष नेपाल रास्कोट पुग्नु भएको हो ।
१० औ जिल्ला अधिवेशनको उद्घाटन रास्कोटवासी जनताको साथमा केही समयपछि अध्यक्ष नेपालले सम्वोधन गरि हुनेछ ।
अधिवेशनको बन्दसत्र भने भोलि संचालन हुने एकीकृत समाजवादीेले जनाएको छ ।