टिकाराज उपाध्याय( आफन्त) कालिकाेट २०८२/०१/०७
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको जिल्ला स्तरिय स्कुलिङ कार्यक्रम जिल्लाकाे रास्काेट नगरपालिकामा सम्पन्न भएको छ। नेकपा कम्युनिष्ट पाटि माओबादि केन्द्र जिल्ला कमिटि कालिकाेटको स्कुलिङ बिभागकाे आयोजनामा रास्काेट नगरपालिकामा ३दिने प्रशिक्षण कार्यक्रम आज सम्पन्न। भएको छ।
कार्यक्रममा पार्टीका प्रदेश कमिटि, जिल्ला कमिटि सवै र पालिकाका पालिका अध्यक्ष , जनबर्गिय संगठनका जिल्ला अध्यक्षकाे सहभागिता रहेको छ। स्कुलिङ लाई प्रशिक्षक प्रशिक्षणकाे रुपमा भाबि दिनमा जिल्ला ब्यापि रुपले अगाडि बढाउने उदेश्य सहित सञ्चालन गरियकाे हो ।उक्त कार्यक्रममा प्रमुख अतिथी तथा प्रशिक्षक नेकपा माओवादी केन्द्रका पाेलिटब्युराे सदस्य टेक बहादुर बस्नेतले नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्र सरकारमा हुँदा होस या सदनमा हुँदा होस सदैव देश र जनताको पक्षमा रहेर मुलुक निर्माणमा अगाडी वढिरहेको बताए।
माओवादीकै नीति र नेतृत्वमा देश अगाडी वढिरहेको भन्दै जसको नीति उसकै नेतृत्व हुनुपर्नेमा बस्नेतले जोड दिए। पार्टी केन्द्रको स्कुलिङ कार्यक्रम देशमा सवै जिल्ला र नगरहरुमा हुने जानकारी समेत दिए।
पार्टीले गरेका राम्रा कामहरुको नेता तथा कार्यकर्ताहरुले प्रचारप्रसार गर्नुपर्नेमा बस्नेतले जोड दिएका थिए ।
प्रशिक्षण कार्यक्रममा अतिथी ,पाटि केन्द्रिय सदस्य जीवन बुढा धर्म केशी , बसन्त शर्मा , दुर्ग बहादुर रावत , गंगा खड्का , पाटिका बैकल्पिक केन्द्रीय सदस् , जनकनाथ याेगि लागायतको उपस्थितिमा कार्यक्रम भएको छ।
प्रशिक्षकहरुले विभिन्न विधामा रहेर प्रशिक्षण दिनु हुने छ। प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्कुलिङ बिभाग कालिकाेट संयोजक खडगराज सेजुवाल बिश्वप्रकास काे अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन स्कुलिङ बिभाग कालिकाेट सदस्य काली बहादुर महताराले गर्नु भएकाे नेकपा माओबादि केन्द्र रास्काेट नगर कमिटि सचिव कमलराज शाहीले बताउनु भएकाेछ।











