कालिकाेट
२०८२/०१/१०
कालिकाेट ~कर्णाली प्रदेश तथा कालिकाेटमा लामाे समय सम्म सामाजिक अभियान्ता काे रुपमा काम गर्नु भएका नरहरिनाथ गाउपालिकाका युवा नेता बिरेन्द्र बहादुर बुढा लगाए बुद्धिजीवीहरुले नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारस्थित निवासमा पुगेर पार्टीका पोलिट्ब्युरो सदस्य महेन्द्र बहादुर शाहीकाे नेतृत्वमा पार्टी प्रवेश गर्नु भएको हो ।
पार्टी प्रवेश कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष प्रचण्डले सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिकतासहित जनजीविकाको लागि सङ्घर्ष गरेको पार्टीमा सामाजिक अभियान्ता बुढा लगाएत बुद्धिजीवीहरु लाई स्वागत समेत गर्नु भएकाे छ।
पार्टी प्रवेश कार्यक्रममा पार्टीका पोलिट्ब्युरो सदस्य महेन्द्र बहादुर शाही , लगायतको उपस्थिति रहेकाे थियाे।