रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

रास्काेट ४का उपाध्यायले लेखे कर्णाली प्रदेशका १० वटा जिल्ला भित्रका नगरपालिका, गाउपालिका लाई समेटेका गित

कालिकाेट २०८२/०१/११
१. सात् प्रदेश सतहत्तर जिल्ला हाम्रो नेपाल भित्र ।
देश बनाउन एक जुट् हुनु राष्ट्र प्रेमी मित्र ॥

२. कर्णाली प्रदेश भित्र दश् ओटा छन जिल्ला ।
दुई चार गीत भन्ना कन मिल्ला कि नमिल्ला ॥

३. सल्यान डोल्पा मुगु हुम्ला जुम्ला कालिकोट ।
राम्रा कन कोही कसैले नलगाउनु खोट ॥

४. पक्की बाटो बनाउन धेरै बाकी रहयो ।
जाजरकोट रुकुम पश्चिम सुर्खेत् मुकाम भयो ॥

५. अर्गानिक् खानाले धेरै बलिया भयाछन ।
सल्यान भित्र न.पा.गा.पा दश वटा रह्या छन ॥

६. बिकास् गर्छन् राम्रा नेता कोही नमान्नु झर्को । बन्गाड कुपिन्डे बाग्चौर् शारदा छ अर्को ॥

७. बिजय सत्यकै हुन्छ कोही नबस्नु घोरी ।
कपुर कोट कालिमाटि कुमाख छत्रेस्वरी ॥

८. गरिव् जन्‌को सेवा गर्नु जन प्रेमी मित्र ।
दुई न.पा.छ गा.पा रैछन् जिल्ला डोल्पा भित्र ॥

९. बिकास् गर्ने नेता कन को मानिसले भुल्ला ।
छार्का ताङसोङ डोल्पो बुद्ध अर्को जगदुल्ला ॥

१०. गरिब् जन्ता बस्याका छौ नेताको मुख हेरी ।
त्रिपुरा सुन्दरी न.पा अर्को ठुली भरी ॥

११. निश्वार्थ गर्दिनु सेवा जनताका नाईके । शे-फोक्सुन्डो मुड्के चुला अर्को गा.पा काइके ॥

१२. दिगो विकाश गर्नेकन जनताको साथ ।
मुगु जिल्ला भित्र प्रर्छ रारा छाँया नाथ ॥

१३. हटाउने चाहिएका नेता रोग अनि भोग ।
खत्याड मुगुम सोरु अर्को गा.पा कार्मारोग ॥

१४. गरिबका दुख् बुज्ने कन हुने नै छ साथ।
कनका सुन्दरी गा.पा.न.पा चन्दन नाथ ॥

१५ च्याउका जन उमि् रनु हिउ जन नबिला ।
गुठि चौर तातो पानि पाता रासि तिला ॥

१६. देशको सम्पति नजाउ कोही कसैका कुम्ला ।
हिमा सिंजा गाउंपालिका जिल्ला भयो जुम्ला ॥

१७ एक् कर्णाली अर्को तिला दुई नदिको धनि ।
तिला गुफा रास्कोट न.पा खाँडाचक्र पनि ॥

१८. उच्च शिखर अवस्थित छन् चुलि र मालिका । पचाल झर्ना नरहरिनाथ् छ शुभकालिका ॥

१९. रक्षा गर्न बस्याकी छन हाम्री देवि माता ।
सान्नि तिरिबेणि गा.पा महावै पलाता ॥

२० भ्रस्टचार् नगर्ने कन जनताको साथ ।
अदान चुलि चंखेलि र गा.पा खापुं नाथ ॥

२१ विकाश गर्ने कन जान्छन् जनताका भोट ।
सर्केगाड नाम्खा अर्को गा.पा ताजाकोट ॥

२२ जन्ता जाजरकोटी तेसै बस्ने छैनन् हेरी ।
छेडा गाड नलगाड न.पा अर्को भेरि ॥

२३ कमश होईजाला बिकास् कोही पनि नरुसे । शिवालय जुनि चादे बारेकोट कुसे ॥

२४ सोझा साझा गरिव् कन नउठाउनु रिस ।
चामुन्डा बिरिन्द्रा सैनि दुल्लु आठ बिस ॥

२५ टिक्टक को जमाना आउदा निकै भयो बोर
नारायण न.पा दैलेख भित्र गा.पा डुगेश्वर ॥

२६ फेसबुक हेरी पोइल जानि लाग्न लाग्यो झर्को । नौमुले ठाटी काध् गुरास भैरवि छ अर्को ॥

२७ कलि युग चलेको हुदा मनपरि भयो ।
भगवति माई गा.पा अर्को महावु नाम रहयो ॥

२८ सुर्खेत जिल्ला बिकाश हेर्दा मन भैगयो चंगा ।
गुर्मा कोट पन्च पुरी न.पा भेरि गंगा ॥

२९ जाड खाने जडेया जति भेष बदल्दा भेसि । बिरेन्द्रनगर न.पा अर्को लेख बेसी ॥

३० जो आईपर्छ सोही बेहोरीन्छौ मान्ने छैनौ झर्को । चौकुने चिङगाड सिम्ता बराहताल अर्को ॥

३१ विसाउने ठाँउ ठेगान छैन उठाएको भारी । आठविस्कोट मुसिकोट न.पा चौरजहारी ॥

३२ मेघ पानि नआउने भया बादल जन घेरि ।
त्रिवेणी बाफियाकोट गा.पा सानि भेरि ॥रचनाकार: नवराज उपाध्याय रास्कोट न.पा ४ कालिकोट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !