शैक्षिक आन्दोलनका लागी संघियराजधानिमा रहेका कालिकोटका शिक्षकहरूसंग सांसद महेन्द्र बहादुर शाहीले आन्दोलनका आफ्नो एक्यबद्वता रहेको बताएका छन । आफ्नो दलले पनि शिक्षक आन्दोलनप्रति समर्थन जनाईसकेकाले शिक्षकहरूका मागका बारेका संसदमा आफ्नोदलले मुख्य एजेण्डा बनाउने बताऊनु भयो । शिक्षकका आवाज सरकारले नसुनेकोमा गुनासो प्रकट गर्दै तत्काल जायज माग सम्बोधन गरी सरकार अघि बढ्नु पर्ने भन्दै सांसद शाहीले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आफ्नोदलको तर्फवाट ओैपचारिकरूपमा आवाज उठाउने भन्दै सांसद शाहीले अग्रगामी एजेण्डासहित विद्यालय शिक्षा विधेयक पारित गर्न कुनै कञ्जुस्याइँ गर्न नहुनेमा जोड दिए।
शिक्षक सडकमै , पत्रकार सडकमै , चिकित्सक सडकमै, निर्माण ब्यवासयी सडकमै, हुदाहुदा निजामति सडकमै , अनि सहकारीको समस्या सामाधान भएकै छैन जनताका समस्या सामाधान गर्ने भन्दा सरकारले झन आगो थपिरहेको भन्दै सरकारको नैतिकधरातल खस्किएको सांसद शाहीले बताउनु भयो । सरकारप्रति असन्तुष्टि प्रकट गर्दै शाहीले भ्रष्टाचार नियन्त्रण गर्न छोडेर राम्रो काम गर्ने कर्मचारी प्रति पुर्वाग्रह पोखेको बताउनु भयो ।
आज विहान ९ बजे संघियराजधानि काठमाण्डौमा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका शाहीले धोबिखोला स्थित क्वालिटी क्याफेमा समसामयिक विषयमा छलफल गर्नु भएको हो । चियापान आयोजना गरि आन्दोलनको सफलताको कामनासहित आफूले खेल्न सक्ने भूमिका संसदमा खेल्ने र कुनै कमी नरहने र त्यसको लागि सक्दो सहयोग समेत गर्ने बताउनु भयो । शिक्ष आन्दोलनप्रति ऐक्यवद्धता पनि जनाउनु भएको छ ।