रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

रास्काेटमा ३३केबि बिधुत सब-ईस्टेशनकाे नगर प्रमुख शाही द्वारा शिल्यान्यास ।

 

टिकाराज उपाध्याय(आफन्त)२०८२/०१/१९

कालिकाेट- रास्काेटमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार भए संगै जिल्लाकाे मुकाम मान्म देखि रास्काेट सब–स्टेशन निर्माण सुरु गरिएकाे छ। जिल्लाको रास्काेट नगरपालिका वडा न.६को नमुना बस्तिमा ३३ केभीए लाइनको लागि सदरमुकाम मान्म देखि रास्काेट सब–स्टेशनको रास्काेट नगरपालिका नगर प्रमुख धर्मराज शाही (पाेषण) ज्यू द्वारा शिल्यान्यास गरिएकाे छ।

जिल्लामा वितरण गरिएको विद्युत् सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले सब–स्टेशन निर्माण कार्यलाई तीब्रता दिइएको हो । नेपाल विद्युत् प्राधिकरणको करीब रु ५ करोडको लागतमा सुरुचि निर्माण सेवाले काम सरु गरेकाे छ। विद्युत् सब–स्टेशनकाे एक कार्यक्रमका बिच शिल्यान्यास गरिएकाे छ। रास्काेट नगरपालिका नगर प्रमुख धर्मराज शाही (पाेषण),प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बम, रास्काेट नगरपालिका५,७,र ६ नम्बर वडा अध्यक्ष , नगर प्रहरी प्रमुख, पत्रकार , विभिन्न राजनितिक दलका प्रमुख लागाएतकाे सहभमगितामा शिल्यान्यास कार्यक्रम गरिएकाे त्याहा बाट प्राबिधिक रमेश शाहीले खबर कर्णालीलाई जानकारि दिएका छन।

सब–स्टेशन निर्माण सम्पन्न भएपछि रास्काेट नगरपालिका तथा छिमेकि पालिका लगाएत छिमेकि जिल्ला बाजुरा सम्म विद्युत् सेवा प्रवाह गरिने र जिल्लामा विद्युत् अभावको समस्या समाधान हुने भएकाे छ।

तस्बिर:

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !