रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

सांसद शाहीले भने नीति तथा कार्यक्रममा परिणाम र दृष्टिकोण छैन।

 

कालिकाेट । नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा परिणाम र दृष्टिकोण नभएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले देश अहिले आर्थिक र विकासको हिसाबले गम्भीर संकटको मोडमा रहेको बताउँदै प्रमुख सूचकांकहरू डामाडोल अवस्थामा रहेको बताए ।

रोजगारी नहुँदा बेरोजगार युवाहरू विदेशीन बाध्य रहेको अवस्थामा सरकारले ल्याएको नीति तथा कार्यक्रमले आम नागरिकको पीडामा मल्हम लगाउन नसक्ने जिकिर गरे ।

‘देश अहिले आर्थिक र विकासको हिसाबले यस्तो संकटको मोडमा छ, यहाँ देशका प्रमुख सूचकांकहरू डामाडोल अवस्थामा छन् । बेरोजगार युवाहरू विदेशीन बाध्य छन् । तर, आम नागरिकको पीडामा सरकारको यो नीति तथा कार्यक्रम सुक्खा भाषण जस्तै सुनिएको छ,’ शाहीले भने ।

सरकारको नीति तथा कार्यक्रम सुख्खा भाषण जस्तै सुनिएको टिप्पणी गर्दै उनले सरकारले नीतिमा रोजगारी सिर्जना, आत्मनिर्भर अर्थतन्त्र र समृद्ध नेपाल जस्ता कुरा गरे पनि अघिल्लो पटक राखिएका जनमुखी कार्यक्रमहरू कटौती गरेर नीतिलाई भाषण बनाएको जिकिर गरे ।

‘यसमा न परिणाम छ, न दृष्टिकोण छ । सरकारले यसपालिको नीतिमा रोजगारी सिर्जना, आत्मनिर्भर अर्थतन्त्र र समृद्ध नेपाल जस्ता कुरा गरेको छ । तर, अघिल्लो पटक राखिएका जनमुखी कार्यक्रमहरू कटौती गरेर यथार्थमा नीतिलाई भाषण जस्तो बनाएको छ,’ सांसद शाहीले भने, ‘विगतका वर्षका नीति तथा कार्यक्रमलाई विश्लेषण नगरी आज भन्दा सात वर्ष अगाडीको नीति तथा कार्यक्रमको कपिपेस्ट भेटिन्छ । त्यो समयमा ल्याइएको नीति तथा कार्यक्रमको तुलनात्मक जवाफ यो नीति तथा कार्यक्रमले दिन सकेको छैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !