शुक्रबार रास्कोट नगर सरकारका उपमेयर बरालले आफ्नो सामाजिक संञ्जाल मार्फत शुक्रबार धारणा सार्वजनिक गरेका छन् । उनले केही दिन यता रास्कोट सरकारसंग जोडेर भ्रम छर्ने काम गरेको भन्दै उनले चुनौती दिएका छन् । केही दिन यता रास्कोटका उटपट्याङ मान्छेहरुले रास्कोटको विकास निर्माणका बनिरहेका योजनाका विषयमा अनर्गल प्रचार गरेको पाइएको भन्दै उनले लेखेका छन मेरो तपाईंहरुलाई चुनौती छ हाल मुख्यमन्त्री र प्रधानमन्त्री रोजगारका कामहरु गुणस्तरीय छैनन् भनी छाती पिटेर बोलेको सुनियाे तपाईलाई बिस्वास लाग्ने प्राबिधिक ल्यायर आउनुहोस नाप जाँच गरौ हाम्रा प्राबिधिक पनि खटाउ अनि बहस गरौ।
उनले चुनौती दिदै भनेका छन् तपसिलका बुदामा आफू सार्वजनिक रूपमा छलफल गर्न तयार रहेको बताएका छन्। यदाकता कमिकमजोरी कतै भेटिए रचनात्मक ढंगले सुधार गर्न तयार रहेको भन्दै रचनात्मक सुझाव दिन अनुरोध गरेका छन् ।
उनले निम्न बुदामा आफू बहस गर्न तयार रहेको र सरकार गुणस्तर , सुशासन र अनियमित कार्यमा नचुकेको बताएका छन ।उनि भन्छन
१) अघिल्लो कार्यकालमा प्रधानमन्त्री र मुख्यमन्त्री रोजगारका नाममाभएका कुनै आयोजना रास्कोटमन अहिले छन कि छैनन ? बाटा झाडु लायर टुङ्गाएकोकि होइन ? बड्डाला ओखललढुङा पि सिसि बाटो बाहेक अरु देखाउन लाहेक बाटो कुनै छ ? त्यो बेला रास्कोट्मा आयको (रोजगार मार्फत) ३० औ करोड्का संरचना कहाँ छन खोजी गरौ कि भन्दै उनले उटपट्याङहरूलाइ आग्रह गरेका छन ।
२) यो तीन बर्से कार्यकालमा रास्कोटका ९ वटै वार्डमा निर्माण भै रहेका पिसिसी बाटा जो मात्र १५ लाखमा ४५० देखि ५०० मिटर बर्सेनि बनिरहेका छन अधिकान्स वार्ड का गोरेटा बाटा पक्की पिसिसी बनिसकेका छन बाकी दुई बर्ष मा थोरै रहेका पनि सम्पन्न गर्छौ
३) तल्कोट् स्कुलको चार कोठे पक्की भबन ,सुन्दरको विशाल फिल्ड निरमाण धमकोट बिधालयको अधुरो भबन को निर्माण खामदेखी मौलाकोट सम्म पिसिसी बाटो पनि त यहि रकमले बनेको होइन र आउनु होस गुणस्तर परिक्षण गरौ।
४) एउटै योजना मा साइडमा प्रतेक वार्डमा प्राबिधिक खटाइयको छ वाहाहरु निरन्तर साइडमा खटिनु भयको छ।नगरबाट इन्जिनियर को टिम बेलाबेला आयोजना मा पुग्नु भयको छ ।नगरबाट मेयर साहेब सहित मेरो नेतित्वको अनुगमन समिति एउटै आयोजनामा कम्तिमा तीन पटक पुगेका छौ ।काममा कम्जोरी नहोस भनेर लगातार सचेत छौ अनि सामाजिक सन्जालमा बदनाम गराउने काम नागरिकको नभै बिचौलियाहरूको भएको बताए ।
५)ज्याला कामदारको खातामा सोझै जान्छ ।उपभोक्ता समितीत समन्वय गर्ने मात्र हो ।त्याहा बाट केही सिमेन्ट बचायर कमसल काम गर्लान भन्ने कुनै अफ्सन नै छैन अनि सरकारलाई बदनाम गराउन गरिने प्रपन्च र कुप्रचारको भागेदार आफै हुने भन्दै बिश्वास लाग्दैन भने सबै उपभोक्ता समिति का पधाधिकारी बोलाएर छलफल गर्न तयार रहेको उपमेयर बरालले बताए ।
६) राम्रो कामको प्रसंशा गरि धन्यवाद दिउ कमिकमजोरी भयका ठाउमा सुधारका निम्ति रचनात्मक शुझाब दिने बानिको बिकास गरौ न कि सामाजिक संजालमा गाली गलोज मात्र गर्ने अमानवीय बानि नियन्त्रण गरौ कि ।गाली गर्न झगडा गर्न तपाइलाइ मात्र आउदैन अरुलाइ पनि आउँछ भन्ने हेक्का राखौकी।!
७) एउटा परिक्षण गरौ तपाईं फेसबुके गाली महाराज मध्य एकजना सबैले छानौ नया काम सुरु हुदैछ तेसैलाइ उपभोक्त समितिको अध्यक्ष पनि बनाउ र कस्तो अरुलाइ गर्व गर्न लायकको काम गर्नु हुन्छ हेरौ कि तपाईं हरु तयार हुनुहुन्छ पटक पटक उपभोक्ता समिति भएकाहरूको झटपटाहाट भएको उपमेयर बरालको भनाई छ ।
८) बाहिर बाट आउने जो सुकै मान्छे ले रास्कोटको गोरेटा बाटा पक्की भयका कुरा लाई प्रसंशा गर्नु हुन्छ उदारणिय भन्नू हुन्छ चाहे जिल्ला होस प्रदेस होस वा काठमाडौ का कार्यक्रम मा पनि यी बिशय गर्बका साथ उठाउनु हुन्छ ।सबै पालिकामा रोजगार मार्फत काम भैरेका छन एक पटक ती अनुगमन गरौकी अरुको भन्दा कमसल काम भयको छ भने हामी माफी मागौला उदाहरणिय छन भने तपाइहरु धन्यवाद मात्र दिनुहोला अरु ठुलै केही दिनु पर्दैन गाली सिरोमणी ज्युहरु। बराल लेख्नछ
९) तपाइको धर्मनै फेस्बुके गाली मात्र हो भने ठिकै छ केही फरक पर्दैन ।तर रास्कोटका जनताले हामिलाइ कामको आधारमा धन्यवाद दिरहेका छन रास्कोटी जनता खुशी भय पुग्छ तपाईं जस्ता टपरटुया १०/१२ जना कराउदैमा केही फरक पर्नेवाला छैन।तपाईं आफ्नो धर्म निर्बाह गर्दै जानुहोस तपाइको पेसा नै तेहि बनोस शुभकामना ।
१०) अन्तमा आउनु होस प्रतेक उपभोक्ता समिती लाभग्राही सर्बसाधारण रास्कोटी जनतालाइ सोधौ आनुगमन गरे बापत उपप्रमुखले एक रुपैया त छोड्नु होस हाम्रो एक कप चिया खाइदिय भन्ने मान्छे भेटाउनु हुन्छ कि त्यसो भए म राजनितिक छोड्छु यो रास्कोटले अंगिकार गरेको नया चलन हो।कति लाई लाग्दो रहेछ अनुगमन गर्दा भत्ता खान का लागि दौडिन्छन भन्नू हुन्छ।तपाइले आफ्नो पालिकामा गरेको अनुगमनमा एक रुपैया पनि खान मिल्दैन कानुनमा त्यो ब्याबस्था छैन पालिका मात्र होइन आफ्नो जिल्ला भित्र पनि कुनै पनि अनुगमन बापत रकम लिन मिल्दैन सम्झना रहोस भन्दै उपमेयर बराल कट्किएका छन ।










