रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

रास्काेट नगरपालिका जिल्लाकाे छैटौं पुर्ण खाेप सुनिश्चितता तथा दिगोपना घाेषणा कार्यक्रम सम्पन्न।

 

कालिकोट ~ रास्कोट नगरपालिकालाई औपचारिक रूपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। “स्थानीय दायित्व र सहभागिता, पूर्ण खोप सुरक्षित भविष्य” भन्ने नारासहित यो घोषणा गरिएको हो।

घोषणा कार्यक्रम नगरप्रमुख धर्मराज शाहीको अध्यक्षता र उपप्रमुख मिना रावल विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डा. भीष्म पोखरेल, अस्पताल विकास समिति अध्यक्ष गगन मल्ल, नगर उपप्रमुख मनिराज बराल लगायत वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो।

नगरप्रमुख शाहीले सम्पूर्ण मापदण्डहरू पुरा गरेर घोषणा गर्न सफल भएको भन्दै यो उपलब्धिलाई गौरवको विषय बताए। उपप्रमुख बरालले स्वास्थ्यकर्मी र समुदायको सक्रियताले यो सम्भव भएको उल्लेख गरे।

डा. पोखरेलका अनुसार निर्देशिका २०७१ का सम्पूर्ण मापदण्ड पूरा भएपछि मात्र पालिकालाई पूर्णखोप घोषणा गरिन्छ।  रास्काेट नगरपालिका स्वास्थ्य शाखा प्रमुख जनकराज न्योपानेले बताउनु भएकाे छ।

तस्बिर टिकाराज उपाध्याय

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !