रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

धामी–झाँक्री र मेलमिलापकर्ताको सयुक्त कानुन् पुनर्ताजगी तालिम सुरू

   सामाजिक कुरीति अन्त्य गर्न दुई दिने धामी झाँक्री र स्थानिय न्यायिक समितिका मेलमिलापकर्ताहरूको सयुक्त पुनर्ताजकिय तालिम सदरमुकाम मान्ममा सुरू भएको छ मेलमिलापकर्ता ,न्यायिक समितिका जनप्रतिनिधि र धार्मिक अगुवाहरूको सहभागिता रहेको तालिममा सहभागिहरूले सक्रिय रूपमा सहभागिता जनाउदै न्यायिक निरूपणमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कानुनिसचेतनाका सवालमा वकालत गरिरहेका विभिन्न संघसंस्थाबाट समेत प्रतिनिधिहरूसहभागि रहेका थिय । कार्यक्रममा सहजिकरण गर्दै कालिकोट जिल्ला अदालतका न्यायधिस डोलनाथ न्यौपानेले तालिम पाएपछि धामी झाँक्री, ज्योतिष, पण्डित ,स्थानिय न्यायीक समिति , अद्व न्यायिक तथा न्यायिक समिति तले कुरीति र सामाजिक विभेदविरुद्ध सक्रिय हुने प्रतिबद्धता गरेका हुन्।
कुनै बेला बिरामीलाई आफैँले झारफुक गरी निको बनाउने दाबी गर्ने धामी झाँक्रीले अहिले स्वास्थ्य संस्थामा उपचार जान सल्लाह दिने न्यायीक निकायमा जान सुजाव दिने गरेको अनुभव धामिझाक्रिहरूको रहेको छ ।
खाडाचक्र नगरपालिकाद्वारा आयोजित न्यायीक क्षमता बिकास तालिममा वडा नं ९ पाखाका मष्टो देवताका धामि ६१ वर्षीय धामी शिवे अधिकारीले बिगतको जस्तो सामाजिक कुरीति नरहेको बिस्तारै समाजको कानुनि पहुँच बृद्वी हुदै गएको बताउनु भयो । कानुनको पहुच नहुनेहरू अहिले पनि देवताको श्रणमा आउने गरेको बताउनु भयो ।
अहिले फेरीएको परिस्थितिसंग देवताको भाकल पनि फेरीएको भन्दै , पहिला आफैँ बालविवाह गर्न प्रेरित गरेको तर अहिले उमेर नपुगी विवाह गर्दा नहुने सल्लाह दिदै आएको कानुनी प्रक्रियाबारे जानकार भएपछि अरूलाई सचेत गराउने काम गरिएको उहाले बताउनु भयो ।
धार्मिक अगुवाहरू समेत सङ्गठित रूपमा सामाजिक कुरीति रोक्न सक्रिय रहनु पर्ने जिल्ला न्यायधिस डोलनाथ न्यौपानेले बिरामीलाई झारफुकमै अलमल्याउनु देबता छुवाउने लगाएत बोक्सी आरोप लगाएतका कानुनले प्रतिबन्ध लगाएका सवालहरूमा नलागी न्यायिक समितिमा पठाउन निर्देशन दिनु भयो । समाज बिकासमा प्रेरित गर्नका लागि धामी झाँक्रीको भूमिका महत्त्वपूर्ण हुने तर्क न्यायधिस न्यौपानेको छ ।
खाडाचक्र १ कै धलपुराका धामी झाँक्री ७८ वर्षका हिरे लुवारले कुसंस्कारका रूपमा मूल जरो बनेको विभेदलाई हटाउनका लागि धामी झाँक्री तथा पुरोहितहरूको महत्त्वपूर्ण भूमिका हुने बताउनु भयो ।
वडा नं २ का ६८ बर्षीया धलपुराका धामि करबिरे बिश्वर्कमाले बिगतमा बिवाहा लगन पनि देबताले दिने गरेकोमा अव उमेर नपुगि बिवाह गर्न नहुने सन्देश दिने गरेको बताउनु भयो ।
खाँडाचक्र नगरपालिका न्यायीक समितिले आयोजना गरेको कार्यक्रममा वडा अध्यक्ष , न्यायिक समितिका पदाधिकारी , धामीझाक्री वडाका मेलमिलापकर्ताहरू सहभागि थिय ।
कार्यक्रममा सहजिकरण गर्दै जिल्ला न्यायधिस डोलनाथ न्यौपानेले स्थानिय सरकारको न्यायधिस न्यायिक समितिको भुमिका प्रभावकारी नरहेको बताउनु भयो । न्यायीक समिति सक्रिय नरहेको बताउनु भयो । न्यायिक समितिले स्थानिय समुदायको मन जित्न नसकेको उहाले बताउनु भयो । दुस्कृति मुद्वन हेर्ने अधिकार पाएका न्यायीक समिति स्थानिय अदालतको अवधारणा अनुसार स्थापित गर्न खोजिए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनु भयो । तर स्थानिय सरकार अदालत जनतासंग जोडिएका प्रतिनिधि भएकाले प्रत्यक्ष जोडिएको निकायले न्यायनिरूपण हुने बिश्वास लिएको हुदा त्यस प्रतिको बिश्वास हुर्काकाउने कि घटाउने भन्ने कुरा जिम्मेवार न्याायीक समिति हुनु पर्ने बचाउनु भयो ।
नेपालको संविधानले नेपालमा तीन तहका अदालत रहने व्यवस्था गरेको छ, जसअन्तगरत सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालत तर स्थानिय सरकारको न्यायिक समिति सबै भन्दा बढी बिश्वशनिय हुने बताउनु भयो ।
संविधानमा माथि लेखिएका अदालतबाहेक कानुनबमोजिम मुद्दा हेर्न स्थानीय स्तरमा न्यायिक निकाय वा विवाद समाधानका वैकल्पिक उपाय अवलम्बन गर्न आवश्यकताअनुसार अन्य निकाय गठन गर्न सकिनेछ भनी संविधानमा स्थानीय स्तरमा न्यायिक निकाय र विवाद समाधानका वैकल्पिक उपायहरूलाई अवलम्बन गर्न सक्ने गरी न्यायलाई सबै नागरिकको पहुँच, छिटो छरितो र कम खर्चिलो गरी समाधान गर्ने लक्ष्य वा चाहना राखी यो व्यवस्था गरेको न्यायधिस न्यौपानेले बताउनु भयो ।
कार्यक्रममा दुई दिन सम्म जिल्लावारका अध्यक्ष अधिबक्ता अमलराज शाही , अधिबक्ता दमनराज बम ,अधिबक्ता राज बहादुर बोगटी , खडानन्द  चौलागाई सहजिकरण गर्ने छन । न्यायिक समितिका संयोजक खाडाँचक्र नगरका उपप्रमुख गणेश बहादुर शाहीको अध्यक्षयतामा भएको तालिम उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख धनजित शाही , खाडाचक्रका नगर प्रमुख कमल बहादुर शाही , सहायक प्रमुुख जिल्ला अधिकारी जनक शर्मा खाडाँचक्र नगरका सबै वडाका वडा अध्यक्ष लगाएतका सरोकारवालाको सहभागिता रहेका थियो । तालिम आईतवार सम्पन्न हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !