मुख्यमन्त्री कणेल भवन उद्घाटनका लागि आउने खबर सार्वजनिक भएपछि सान्नित्रिवेणी गाउँपालिकाका Gen-Z युवाहरूले चेतावनि दिएका छन ।स्थानीय समस्यामा सरकार तथा गाउँपालिकाले चासो नदेखाएको आरोप लगाउँदै त्यहाका युवाहरूले ज्ञापनपत्र समेत बुजाएक उद्घाटन कार्यक्रममा विरोध वा दबाब कार्यक्रम गर्ने चेतावनी दिए। तामझामका साथ भोलि मंसिर उद्घाटन गर्न लागिएको सान्नीत्रिवेणी गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनविवादित बनेको छ ।

कालिकोट सान्नीत्रिवेणी गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गर्न गाउँपालिकाले भाेलि मंसिर ८ गते कर्णालीप्रदेशका मुख्यमन्त्री एमाले नेता यामलाल कर्णेल सान्नीत्रिवेणी आउने कार्यक्रम तय भएको जानकारी भएसंगै सामाजिकसञ्जालमा ब्यापक बिरोध भएको छ । दशभर जेनजि एमाले आमनेसामने देखिएका बेला जेनजी बिद्रोहका बेला कर्र्णाली प्रदेशमा अग्रस्थानमा देखिएका शुनिल शाही लगाएतका जेनजी युवाहरूले एमाले नेता समेत रहेका मुख्यमन्त्रि कणेलको समारोहमा उपस्थिति बहिस्कार गर्ने चेतावनि दिएका छन । जेनजी शमुहका तर्फवाट शुनिलशाही ,शागरशाही र नहकुल शाहिले गाउँपालिकालाई ज्ञापनपत्र बुझाउदै कार्यक्रममा मुख्यमन्त्रिको उपस्स्थिति भए प्रतिवाद गर्ने चेतावनि दिएका छन ।केन्द्रमा भदौ२३/२४ को जेन्जी आन्दोलन पछि संसद बिघठन भएर निर्वाचनका लागि सरकारले तयारी गरिरहेको छ । प्रमुख राष्ट्रियदलहरूमा फागुन २१ को निर्वाचनमा सहभागी हुने वा संसदपुनरस्थापनामा जाने भन्ने विवाद सतहमै दखिएको छ । देशकोप्रमुख दल नेपाली कांग्रेसले पनि अब फागुन २१ को चुनावको तयारी गर्ने र भाग लिने निर्णय गरेसंगै निर्वाचनको मावल बन्दैगएको र जेन्जी आन्दोलनको मक्सत पूरा गर्न ताजा नयाँ जनादेशमा जाने निश्चित नै बनेको छ ,तर यही परिवेशमा नेकपाएमाले भने अजै संसद पुनरस्थापना र निर्वाचन नहुने भन्दै देशभर जागरसभा गर्दै हिडे पछि देशभर जेन्जी र एमाले बिच आमनेसामने मुढभेट हुदै गएको परिस्थिति छ । यो परिस्थितिको मूल्यांङक नै नगरी सान्नीत्रिवेणी गाउँपालिकाले यही बेलामातामझामका साथ चुनावको राजनीतिक मावल धमिल्याउने गरी बृहत कार्यक्रम गर्न नहुने भन्दै नटेरे प्रतिकार गर्ने त्यहाँकाकेही जेनजी समूहका युवाहरूले बताएका छन् । पुर्व अध्यक्ष तथा हालको बिघठित नेपका माओवादी केन्द्रका कलिकोटअध्यक्ष डम्बरबहादुर शाहीको पालामा ठेक्का प्रक्रिया सुरु भई नेपाल सर्भिस सर्मिला जेभि कम्पनीले कामको जिम्मा पाएकोथियो । उता कम्पनीले निर्माण गरेको प्रशासकीय भवन निर्माण भएको वर्सौ बित्दापनि निर्माण कम्पनिले भुक्तानी समेत नपाएको दुखेसो छ । पालिका सरकारले दुख दिएको गुनासो आएको कम्पनीका प्रतिनिधि कनक शाहीले बताए ।कम्पनीलेहस्तान्त्रण समेत गरेको छैन शाहीले भने । हामीले भुक्तानीका लागि निवेदन समेत दिएका छौ ।प्राविधिक मूल्यांकन भएर रकमभुक्तानी नहुन्जेल भवन हस्तान्तरण नगरिने जानकारी दिएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले उद्घाटन गर्ने उक्त प्रशासनिक भवन कम्पनीले हस्तान्तरण नगरेकै राजनीतिदाउपेचलाई आधार बनाएर उद्घाटन गरेको गाउँपालिकालाई त्यहाँका जेनजी समूहले आरोप समेत लगाएका छन् ।
साेमबार बिहानै बिघठित माओवादी केन्द्र कालिकोटक अध्यक्ष डम्बरबहादुर शाहीले पनि एक भावुक स्टाटस लेखेर भवनउद्घाटन गर्न हतारो गर्न नहुने सुझाव दिएका थिय। उनले लेखेका छन मेरो नेतृत्व सरकारको योजनामा सान्नीत्रिवेणीगाउँपालिका एकीकृत प्रशासनिक भवन ठेक्का खोली निर्माण सम्झौता गरी निर्माणाधिन अवस्थामा रहेको ठेक्कालाई पटकपटक रद्द गर्ने कार्य वर्तमानमा सरकार र त्यसका आसेपासेले गरेको कुरा सर्वविदितै छ ।तर पनि यसको बिचबाट ठेक्कालाईनिरन्तरता दिदै आठ गते उद्घाटन गर्ने अवस्थामा आएको कुरा सुन्दा निकै खुसी छु। यसअवसरमा मलाई निम्तो दिने गाउँकार्यपालिकालाई धन्यवाद दिन चाहान्छु। कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्द छु।निर्माण कम्पनीबाट भवनहस्तान्तरण नभएकै र कम्पनीको आर्थिक भुक्तानी नगरी ताम झामकासाथ भवन उत्घाटन नगरेकै राम्रो भन्दै उनले स्टाटसलखेका छन्।
निर्माणको बेला पनि त्यहाँ कहिले जग्गा बिवाद कुनै बेला भुक्तानी विवाद त कुनै बेला ठेक्का रद्व गर्ने विवादले उग्ररूप लिएकोथियो ।यसका बिचबाट त्यहाँ स्थानीय सरकारले कार्यक्रम रोकेर छलफलको बातावरण तयार गर्नु पर्ने देखिन्छ । पालिका भवनउद्घाटन कार्यक्रम नरोके चलखेल हुन सक्ने र सुरक्षा थ्रेट आउन सक्ने चेतावनि जेनजिको छ ।

पछिल्लो चरण एमाले जागरण सभा र प्रदेशका बिभिन्न ओैपचारिक फममा मुख्यमन्त्री यामलाल कंडेलले जेन्जी आन्दोलनकोबिरोध गरेको देखिन्छ । उनको अभिब्यक्तिबाट रिसाएका जेन्जी समूहले पनि उक्त कार्यक्रम प्रतिक्रिया देखाउन सक्नेआकलन छ ।यस बिषयमा बुझ्न खोज्दा सान्नित्रिवेणी गाउपालिका अधयक्ष मोहन कैसिले आफु छलफलमा रहेको बताए ।
पार्टी केन्द्रलेनिर्वाचमा जाने निर्णयगरे संगै अव प्रदेश तथा स्थानिय सरकार सबैले निरवाचनको वातावरण धमिल्याउने गतिबिधिबाट सचेत रहनु पर्ने कांग्रेस नेताहरूको पनि सुझाव छ ।










