कालिकोट — नागरिकता व्यवस्थापनका लागि प्रयोग हुने केन्द्रीय नागरिकता सूचना व्यवस्थापन प्रणाली (CCIMS) मा प्राविधिक समस्या देखिएकाले कालिकोट जिल्ला प्रशासनमा नागरिक्ता सम्बन्धी सेवा अबरूद्व भएका छन । सर्वसाधारणले पाउने नागरिकता सम्बन्धी सेवा अस्थायी रूपमा बन्द गरिएको छ। प्रणाली अवरुद्ध भएपछि सेवा प्रभावित हुने भएकाले समस्या समाधान नहुन्जेलसम्मका लागि सेवा रोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।
प्राविधिक त्रुटिका कारण नागरिकता वितरण, नवीकरण, प्रतिलिपि, विवरण संशोधनलगायत सबै सेवा रोकिएको प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले बताउनु भएको हो। सूचना जारी गर्दै कार्यालयले नागरिकता सम्बन्धी कार्यका लागि हाल सेवा उपलब्ध नभएको र समस्या समाधान भएपछि पुनः सेवा सुरु हुने जानकारी गराउनु भएको हो ।
कमजोर इन्टरनेट, सिस्टम लोड, सर्भर बिग्रिनेजस्ता कारणले सीसीआईएमएस प्रणाली बिगतमा पनि पटक–पटक अवरुद्ध हुने गरेको भए पनि यसपटक समस्या गम्भीर रूपले देखिएकाले तत्काल सेवा संचालन सम्भव नभएको प्रशासनले बताएको छ ।
सर्वसाधारणलाई असुविधा पुगेकोमा कार्यालयले क्षमायाचना गर्दै भोलि मंगलवार देखी नागरिकता सेवा लिन सकिने मन्त्रालयले बताएको छ ।










