रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

कालिकोटमा ट्याक्टरको ठक्करवाट ७ वर्षीया बालिकाको मृत्यु, स्थानीय आक्रोशित

कालिकोट — कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा ट्याक्टरको ठक्करवाट एक बालिकाको दुःखद निधन भएको छ। रास्कोट नगरपालिका वडा नं. ६, बड्डालाकी ७ वर्षीया ममिता फर्सालको ट्याक्टरको ठक्करबाट ज्यान गएको हो।

सान्तिघाट–रास्कोट सडक खण्डमा कालोपत्रे गर्ने क्रममा प्रयोग गरिएको ट्याक्टरले  आज दिउसो ठक्कर दिँदा बालिकाको ज्यान गएको घटना स्थलवाट ऐन बहादुर कार्कीले जनाएका छन ।  दुर्घटनापछि उनलाई उपचारका लागि रास्कोट अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरीसकेको उनले बताए ।

मृतक ममिता, स्थानीय धर्मराज फर्सालकी छोरी हुन्। घटनाबारे स्थानीय दिनेश फर्सालले दुर्घटना हो या घटना छानबिन गर्न गृह प्रशासनलाई अनुरोध गरे ।

घटनापछि स्थानीयवासीहरू आक्रोशित बनेका छन्। उनीहरूले दोषीमाथि कडा कारबाही गर्न र पीडित परिवारलाई उचित राहत उपलब्ध गराउन माग गरेका छन्।

घटनालाई आलटाल गर्ने प्रयास गरिए कडा कदम चाल्ने चेतावनी दिएका छन्। उनीहरूले निष्पक्ष, पारदर्शी र छिटो न्यायिक प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !