रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

जुम्लाबाट सुर्खेत जाँदै गरेको एम्बुलेन्स कालीकोटमा दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

    कालीकोट, जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोट जिल्लाको  खाडाचक्र नगरपालिका २ मेयर खोला नजिक दुर्घटनामा परेको छ। दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको कालिकोट जिल्ला अस्पतालले पुष्टी गरको छ ।  प्राप्त  खबर अनुसार दुई जना घाइते भएका छन्।

प्राप्त जानकारी अनुसार जुम्लाको हिमा गाउँपालिकाको एम्बुलेन्स  सुर्खेत जुम्ला राजमार्गको कालिकोट खण्डअन्तरगत कालीकोटको मेयर खोला नजिक दुर्घटनामा परेको हो। दुर्घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको बताइएको छ।

   दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा हिमा गाउपालिका वाड नं ६ बस्ने  भिमराज अधिकारी  र शोही गाउपालिका ७ बस्ने बर्ष २६ का  शक्ति शाही रहेको अस्पतालले पुष्टि गरेको छ ।

घाईते हुनेमा हिमा गाउपालिका ७ का लोकेन्द्र शाही र सोही गाउपालिका ६ बस्ने कल ब  अधिकारी रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !