रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

कर्णाली प्रादेशिक अस्पताल कालागाउँमा सिएसपछि २७ वर्षीया भावना बिष्टको मृत्यु, अस्पतालमाथि गम्भीर आरोप

कालिकोट नरहरीनाथ ३ भरता स्थायी घर भई सुर्खेत बस्दै आएकी २७ बर्षीया भावना बिष्टलाई न सरकारको राष्ट्रपति सुत्केरी उद्वार ( यएर एम्बुलेन्सले काम गर्यो न कुनै  सुबिधा सम्पन्न अस्पताल र चिकित्सकको सिपले उनको ज्यान जोगियो । भावनाले  नर्मल अप्रेशन पछि छोरीको जन्म दिएर सकुसल घर फर्केने बेलामा उनलाई दोस्रो अप्रेसनको तयारी गरियो र त्यही अप्रेशन भावनाको मृत्युको कारण बन्यो । घटनाले हाम्रो समाज, स्वास्थ्य प्रणालीलाई सुनौलो हजार दिनका आमा र शिसु कति असुरक्षित छन भनेर प्रश्न गर्छ ।

कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका ३ भरता स्थायी घरभई  सुर्खेत बस्दै आएकी सुर्खेत वीरेन्द्र नगरनगरपालिकामा कार्यरत छैटौँ तह ईन्जिनियर राजेन्द्र  बिष्टकी २७ वर्षीया श्रीमती भावना बिष्टको मृत्यु भएको घटनाले हामी हाम्रो समाज र हाम्रो स्वास्थ्य प्रणालीलाई गिज्जाई रहेको छ । नरहरिनाथ–३ भरता घर भई कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बस्दै आएकी भावनाको चैत ३० गते सुर्खेत स्थित कर्णाली प्रदेशिक अस्पताल कालागाउँमा नर्मल अप्रेसन गरी बच्चा निकालिएको थियो । वीरेन्द्रनगर नगरपालिका छैटौं तहका इन्जिनियर राजेन्द्र बिष्ट  (राजकुमार) बिष्टकी श्रीमती  भावनाको मृत्युले  उनको परिवार र आफन्त शोकमा डुबेको छ भने उनले जन्म दिएकी नवजात शिशु आमा बिहिन बनेकी छन्। आफन्तले अस्पतालको चरम लाप्रबाहीले एक सुनौलो हजार दिनकी आमाको मृत्यु  भएको आरोप लगाएका छन ।

    परिवारका अनुसार चैत ३० गते सुर्खेतस्थित कर्णाली प्रदेशिक अस्पताल कालागाउँमा सिजेरियन (सिएस) मार्फत उनले छोरी जन्माएकी थिइन्। सुरुमा अवस्था सामान्य देखिए पनि भोलिपल्ट सिलाइएको घाउमा रगत जमेको भन्दै पुन अप्रेशन गरिएको थियो। त्यसपछि उनको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गएको आफन्तको भनाइ छ।

प्रसुतिमा नियमित रक्तश्राव समेत नदेखिएको र अन्य कुनै जटिल समस्या नदेखिएरै उनको मृत्यु भएकाले   आफन्तले अस्पताललाई लाप्रबाहीको आरोप लगाएका छन्। चार दिनसम्म अस्पतालमै राखेर उपचार गरिएको र अवस्था नियन्त्रणमा नआएपछि मात्रै काठमाण्डौं रिफर गरिएको परिवारको गुनासो छ। अन्तत उनलाई हेलिकोप्टरमार्फत काठमाण्डौं लगिँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ। मेडिसिटी अस्पताल पुर्‍याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए। उनी पाँच दिनकी नवजात छोरीलाई छोडेर संसारबाट बिदा भएकी छन्।

परिवारले दुई पटक गरिएको शल्यक्रियापछि अवस्था बिग्रिएको आरोप लगाउँदै उपचारमा गम्भीर लापरवाही भएको दाबी गरेका छन्। समयमै उचित उपचार र व्यवस्थापन भएको भए ज्यान जोगिन सक्थ्यो आफन्तले बताएका छन्।

यता कर्णाली प्रादेशिक अस्पतालका सूचना अधिकारी उपसचिव कल्पना ज्ञवालीले भने भावना बिष्टमा उच्च रक्तचाप (हाई ब्लड प्रेसर) को समस्या रहेको र सोही कारण अप्रेशन पछि उनको मृत्यु भएको   बताएकी छन्। उनका अनुसार बिरामीलाई निरन्तर आईसीयूमा राखेर उपचार गरिए पनि अवस्था सुधार हुन नसकेपछि रिफर गरिएको हो। तर उनले अप्रेशनमा  संलग्न चिकित्सकको विवरण दिन अस्वीकार गरिन् भने दुई पटक अप्रेशन गरिएको विषयमा पनि  आफूलाई जानकारी नभएको  बताईन्।

भावनाका श्रीमान् राजेन्द्र बिष्टले सामाजिक सञ्जालमा भावुक प्रतिक्रिया जनाउँदै अस्पतालको उपचार प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले अस्पताल उपचार गर्ने थलो नभई मृत्यु मार्ग जस्तो बनेको भन्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

भावना बिष्टको असामयिक निधनले परिवार, आफन्त तथा स्थानीय समुदाय शोकमा डुबेको छ। यस घटनाले कर्णाली प्रदेशको स्वास्थ्य सेवा प्रणालीमाथि पुनः गम्भीर प्रश्न खडा गरेको छ।

राजेन्द्र बिष्टले लेखेका छन

कर्णाली प्रदेशको राजधानीमा रहेको प्रदेश अस्पताल यो अस्पताल कुनै मानब बधशाला होईन,यो कुनै मानब मृत्यु मार्ग होईन, कुनै टिकट काटेर शरीर चिरफार गरि बिभत्स मृत्यु गरि पाऊ भनि जाने यमराजको घर होईन , यो अन्धाधुन्ध मान्छेकोशरीरमा कैचि चलाउने प्रयोगशाला होईन।ठमठम हिडदै प्रेशर नाप्न आएका बिरामिलाई सेतो कोट भिरेर जबान युवतिलाईतथाकथित अप्रेशनको नाममा जुन हत्या गरेर मलामजान बाध्य पारेका छौ नि !!!सेतोकोटेहरु हो(कर्णालप्रदेशअस्पतालको अप्रेशन मा संलग्न सेतोकोटधारी ) यस्तो मुटुचुडाल्ने घटना तिम्रा छोराछोर अाफन्तजनमा हुदा केगर्छाै???जफाप चाहियो।

सुनौलो हजार दिनका आमा प्रति सम्बेदनशिल सरकार र स्वास्थ्य संस्थाको निरगरानिमै रहेको आमाको मृत्यु पछि हामीले  कर्णाली प्रदेशिक अस्पताल कालगाउँका सूचना अधिकारी उपसचिव कल्पना ज्ञवालीलाइ भावनाको मृत्युको कारण सोधेका थियौ ।उहाले बिष्ट  अस्पतालको सम्पर्कमा आउदा उहाँमा हाई बलोडप्रेसर  थियो त्यस कारण उहाको अप्रेशन भयो र उहालाई निरन्तर आईसियुमा राखेर उपचार गर्दा पनि उहाँला नरमल वाडमा ल्याउन सकिएन त्यस कारण रेफर गरिएको बताईन ।

ज्ञवालीले आफू पनि प्रशासनिक कर्मचारी  भएकाले धेरै स्वास्थ्यसम्बन्धी कुरा जानकारी नभएको बताउनु हुदै  सूचना अधिकारी ज्ञवालीले अप्रेशनमा खटिएका चिकित्सकको नाम र सम्पर्क दिनत मानिनन् मानिनन् तर अस्पतालको सबै कुरा फर्मलाईज गर्न नमान्ने पनि मान्छे अस्पतालमै त मर्छनि होईनर ? भनेर उल्टै प्रश्न गरिन्। ज्ञवालीले दुइपटक अप्रेशन गरिएको कुरा भने स्विकार गरिनन् ।

अस्पताल निर्देश डाक्टर गणेश थापाले भने दुइ जना बरिष्ठ कन्सलटेन्ट डाक्टर निरन्तर खटियको तर भावनाको ज्यान जोगाउन नसकिएको बताए । भावनाको मृत्यु हाई प्रेसरकै कारण भएको दाबि गर्दै सिएस अघि या पछि नेपालमा त्यो कारण देखिन थालेको  बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !