रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

नेकपाको प्रदेश कार्यविभाजनमा युवालाई नेतृत्व दिनु पर्ने माग,कर्णालीमा महेन्द्र ब शाहीलाई उपेक्षित नगर्न आग्रह

       सुर्खेत / नेपालको कम्युनिष्ट आन्दोलनसँग सम्बन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र हालै सार्वजनिक गरिएको प्रदेशस्तरीय कार्यविभाजनलाई लिएर विवाद चर्किएको छ। पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले प्रदेश इञ्चार्ज र संयोजकहरू टुंग्याएपछि वरिष्ठ नेता भीम रावल ले असन्तुष्टि जनाएका हुन्।

रावलले आफूहरूसँग परामर्श नगरी प्रदेश इञ्चार्ज तोकिएको भन्दै आपत्ति जनाउँदै वर्तमान परिस्थितिमा युवापुस्तालाई नेतृत्वमा अघि सार्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनका अनुसार पुरानै पुस्तालाई प्राथमिकता दिँदा पार्टीले नयाँ ऊर्जा र गतिशीलता गुमाउने खतरा रहेको छ।

विशेषगरी कर्णाली प्रदेश मा युवा नेतृत्वलाई पन्छाइएको आरोपले विवाद थप चर्किएको छ। कर्णालीमा निर्वाचित युवा नेताहरू रमेश मल्ल (सल्यान) महेन्द्र शाही (कालिकोट धनबहादुर बुढा (डोल्पा) र गोपाल शर्मा (रुकुम पश्चिम)लाई जिम्मेवारी नदिई पुरानै नेतृत्वलाई प्राथमिकता दिइएको भन्दै पार्टीभित्रको युवा समूह असन्तुष्ट बनेका छन ।

युवाहरूले जिम्मेवारी बाँडफाँडमा पुरानै सोच हावी भएको आरोप लगाउँदै वर्तमान राजनीतिक चुनौतीको सामना गर्न सक्षम नयाँ पुस्तालाई अवसर दिनुपर्ने माग गरेका छन्।

केन्द्रीय समितिले ७ भूगोल प्रदेश र २ गैर-भौगोलिक प्रदेश गरी कुल ९ प्रदेशका इञ्चार्ज र संयोजकहरू तोकेको छ। कर्णाली प्रदेशको इञ्चार्जमा चन्द्रबहादुर शाही र संयोजकमा बिमला केसी चयन भएका छन् भने अन्य प्रदेशमा पनि नेतृत्व टुंग्याइएको छ।

कर्णालि प्रदेशमा पार्टी हेडक्वाटरको नजिक मानिएका महेन्द्र ब शाहीलाई ईन्चार्ज बनाउनु पर्ने  आवाजको सुनुवाई नगरेर भागबण्डाको राजनितिलाइ प्राथामिक्ता दिएको आरोप युवाहरूको छ । पुर्व प्रदेश ईन्चार्ज कालि ब मल्ल लगाएत दर्जनौ नेता साइड लगाएर  इन्चार्ज तोकिएको भन्दै युवा पुस्ता रूष्ट बनेको हो ।

यसैबीच, पार्टीभित्रको यो असन्तुष्टिले आगामी दिनमा संगठनात्मक एकता र  र संगठनातमक काममा गम्भिरअसर देखिने सम्भावना रहेको छ ।

नेकपाका केन्द्रिय सदस्य अनिल बमले युवाहरूलाइ जिम्मेवारि नदिनु गम्भिर त्रुटी हुने बतएका छन ।

यी हुन् प्रदेश इञ्चार्जहरू

कोशी प्रदेश: राजेन्द्र राई

मधेस प्रदेश: महिन्द्र राय यादव

बागमती प्रदेश: डा. गङ्गालाल तुलाधर

गण्डकी प्रदेश: श्रीनाथ बराल

लुम्बिनी प्रदेश: चक्रपाणि खनाल

कर्णाली प्रदेश: चन्द्रबहादुर शाही

सुदूरपश्चिम प्रदेश: डा. भीम रावल

उपत्यका विशेष प्रदेश: हितमान शाक्य

सम्पर्क समन्वय प्रदेश: यशोदा सुवेदी

यी हुन् संयोजकहरू

कोशी प्रदेश: हर्क नेम्वाङ

मधेश प्रदेश: राजु खड्का

बागमती प्रदेश: सरल सहयात्री

गण्डकी प्रदेश: गायत्री गुरुङ

लुम्बिनी प्रदेश: अब्दुल हुसेन खान

कर्णाली प्रदेश: बिमला केसी

सुदूरपश्चिम प्रदेश: हरिराम चौधरी

उपत्यका विशेष प्रदेश: विष्णु लामिछाने

सम्पर्क समन्वय प्रदेश: तारानाथ दाहाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !