रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

कालिकोटमा बिधुत पोलमा प्रवाह भएको करेन्ट लागेर मृत्यु हुनेको संख्या दुई पुग्यो , तत्काल जोखिमयुक्त पोल र तारहरूको निरीक्षण गर्न माग

   कालिकोट — जिल्लाका विभिन्न स्थानमा विद्युत् चुहावट (लिकेज) का कारण ज्यान जाने घटना बढ्दै गएका छन्। पछिल्ला दुई छुट्टाछुट्टै घटनामा पोलमा करेन्ट प्रवाह हुदा करेन्ट लागेर दुई जनाको ज्यान गएपछि स्थानीयवासी त्रसित भएका छन् भने विद्युत् सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ।

केही दिनअघि रास्कोट नगरपालिका–८ बाखरकोटमा एक वृद्ध बाख्रा चराउन जंगल गएका बेला पोलमा प्रवाह भइरहेको करेन्ट लागेर मृत्यु भएको थियो। त्यसैगरी, सान्नीत्रिवेणी गाउँपालिका–३ का टिकाराम देवकोटा जंगलबाट घर फर्किने क्रममा मंगलवार  करेन्ट लागेर घटनास्थलमै ज्यान गुमाएका छन्।

स्थानीयका अनुसार कतिपय स्थानमा घरआँगन, बाटो तथा बारीमै विद्युत् पोल राखिएका छन त्यहा यसरी करेन्ट बगेनबगेको कसरी जानकारी पाउन ? स्थानियले प्रश्न गर्न थालेका छन । तार जडान सुरक्षित र मापदण्डअनुसार गरेर के कारणले करेन्ट पोलमा प्रवाह भईरहेको छ भन्ने कुरा प्राबिधिकले जान्ने कुरा भएकाले  करेन्ट चुहावट हुने समस्या रोक्न बिधुत प्राधिकरणलाई सचेत गराएका छन । कमजोर जडान, पुराना संरचना तथा नियमित मर्मतसम्भारको अभावले जोखिम बढाएको उनीहरूको गुनासो छ। “पोलमा तार बिच्छ्याउँदा भरपर्दो जडान नगर्दा यस्ता दुर्घटना भएको एक स्थानीयले बताए।

घटनापछि स्थानीय तह र सम्बन्धित निकायप्रति आक्रोश बढेको छ। सान्नीत्रिवेणी–५ का पूर्व वडा अध्यक्ष नरेश बमले यसलाई सामान्य दुर्घटना नभई चरम लापरवाहीको कारण दुइ जनाको मृत्यु भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले एक जनाको  मृत्युले परिवारलाई गहिरो पीडामा धकेलेको उल्लेख गर्दै विद्युत् प्राधिकरणले जिम्मेवारी लिनुपर्ने बताएका छन्।

उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्। “यस घटनामा सम्बन्धित निकाय जिम्मेवारीबाट पन्छिन नमिल्ने बताए ।

सान्नित्रिवेणी २ का  एमाले युवा नेता प्रेम ब बुढाले सामाजिक सन्जालमा यस्ता घटनाले नेपाल विद्युत प्राधिकरण को कार्यप्रणालीमाथि प्रश्न उठाएको बताएका छन । उनले  तत्काल जोखिमयुक्त पोल र तारहरूको निरीक्षण, मर्मत तथा व्यवस्थापन गर्न माग गरेका छन्।

मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !