रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

कालासिल्ला माध्यमिक विद्यालयद्वारा शिक्षक सम्मान

टिकाराज उपाध्याय कालिकोट रास्कोट  नगरपालिका–स्थित कालासिल्ला माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न महत्वपूर्ण योगदान पुर्‍याउने शिक्षकहरूलाई प्रमाणपत्रसहित सम्मान गरेको छ।

विद्यालयले शिक्षकहरूको मेहनत, समर्पण र जिम्मेवार भूमिकाको उच्च मूल्यांकन गर्दै सम्मान कार्यक्रम आयोजना गरेको विद्यालयका बि.ब.स अध्यक्ष बिर्ख थापाले बताउनु भयो।
उक्त कार्यक्रमा बोल्दै विद्यालयका प्र.अ देबराज चोैलागाईले उत्कृष्ट नतिजा कायम राख्न सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेको बताउनु भएको छ।

उक्त  विद्यालयले शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा  70.79% ल्याएको थियो र नगरपालिकामा संचालित ४ वटा माबि मध्य सबै भन्दा बढि जि पि य ल्यायर पास गर्ने यादव धमालालाई विद्यालयले पांच हजार नगद सहित सम्मान गरिएको र यश अघि नगरपालिकाले समेत पचास हजार नगद प्रोत्साहन स्वरुप सहयोग गरिएको प्र.अ चोैलागाईले बताउनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !