कालिकोट / पलाता गाउँपालका पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ।कालिकोटको पलाता गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। गाउँपालिका अध्यक्ष विष्णु रोकायाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति कालिकोटकी उपप्रमुख मिना रावत प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष अलैपुरा हमाल, जिल्ला खोप समन्वय समितिका सदस्य सचिव रत्नवीर सुनार, प्रमुख प्रशासकीय अधिकृत कमलेश विक, जनस्वास्थ्य अधिकृत कट्क महतलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै पदमा कुमारी बमले स्वास्थ्य क्षेत्रमा अझै धेरै चुनौती रहेको उल्लेख गर्दै बालबालिकाको नियमित खोप सुनिश्चित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।
वडा नं. २ का अध्यक्ष भीमप्रसाद न्यौपानेले पूर्ण खोप सुनिश्चितता अभियानलाई सफल बनाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायको महत्वपूर्ण योगदान रहेको बताउनुभयो।
जिल्ला खोपसमन्वय समितका सदस्य सचिव रत्नवीर सुनारले महिला स्वास्थ्य स्वयंसेविकाको सुविधा तथा प्रोत्साहनका विषयमा स्थानिय सरकारले ध्यान दिनुपर्ने बताउँदै आगामी बजेटमार्फत सम्बोधन गर्न पहल गर्नु पर्ने कुरा व्यक्त गर्नुभयो।
पालिका उपाध्यक्ष अलैपुरा हमालले पूर्ण खोप सुनिश्चितता घोषणा स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धि भएको बताउँदै यसको दिगोपनाका लागि निरन्तर अनुगमन आवश्यक रहेको धारणा राख्नुभयो।
प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति उपप्रमुख मिना रावतले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नु मात्र पर्याप्त नभई यसको निरन्तरता र गुणस्तर कायम राख्न सबै सरोकारवालाले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलेश विकले स्वास्थ्य सेवाको पहुँच विस्तार र खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउन गाउँपालिका प्रतिबद्ध रहेको जानकारी दिनुभयो।
कार्यक्रममा पूर्ण खोप सुनिश्चितता अभियानमा योगदान पुर्याउने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाहरूको योगदानको प्रशंसा गरिएको थियो। पलाता गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएसँगै बालबालिकाको स्वास्थ्य सुरक्षामा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
जन्मेदेखि ५ वर्षमुनिका सबै बालबालिकाले १३ वटा खोप पाएपछि पलाता गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपनापालिका घोषणा गरिएको हो।
जन्मेदेखि १५ महिनाभित्रका बालबालिकालाई विभिन्न रोगबाट बचाउन १३ प्रकारका खोप लगाइसक्नु पर्ने प्रावधान अनुसार पलाता गाउँपालिकमा रहेको स्वास्थ्य साखा, महिला स्वास्थ्य स्वयमसेबिकाको शक्रियतामा प्रक्रिया पुा भए पछि पुर्णखोप पालिका घोषणा गएको हो ।
कुनै कारणले खोप लगाउन छुटेका १६ देखि ५९ महिनासम्मका बालबालिकालाई स्थानीय तहका स्वास्थ्य शाखामार्फत खोजीगरेर सबै खोपको मात्र पूरा गरेपछि पूर्ण खोप सुनिश्चित घोषणा गर्ने प्रावधान रहेको स्वास्थ्य सेवा कार्यालय कालीकोटकाप्रमुख डा रत्नवीर सुनारले बताउनु भयो ।
‘बालबालिकाको जीवन बचाउका लागि खोप महत्त्वपूर्ण हुन्छ,’ उनले भने ‘सबै बालबालिकालाई खोप पुऱ्याउन स्थानीयतहका खोप केन्द्रले काम गरेका छन् । पूर्ण खोपका लागि स्वास्थ्यकर्मीको सक्रियता, जनप्रतिनिधिको अगुवाइ महत्त्वपूर्णरहेको डाक्टर सुनारले बताउनु भयो ।
पलाताका ९ वटै वडामा खोप अभियान सञ्चालन गरेर सबै बालबालिकाले खोप पाएको यकिन भएपछि पूर्ण खोप सुनिश्चितघोषणा गरिएको पालिका स्वास्थ्यसाखाका हिमाल सन्ज्यालले बताउनु भयो ।
उहाले गाउँपालिकामा विकट बस्ती रहे पनि स्वास्थ्यकर्मी स्वास्थ्य स्वयमसेबिका रातदिन नभनि खटियर सबै बालबालिकालाईखोपको पहुँचमा ल्याएको गाउँपालिका प्रमुख प्रशासकियलअधिकृत कमलेस बिकले बताउनु भो ।










