कालिकोट। देशका विभिन्न स्थान, विशेषगरी कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसहित अन्य सहरमा कुखुरामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण पुष्टि भइरहेका बेला कालिकोटमा भने यसको परीक्षण गर्ने प्रयोगशाला र विशेषज्ञ पशु चिकित्सकको अभाव देखिएको छ। पहाडी ईलकामा यस सम्बन्धी न जनतामा चेतना छ । न सचेतना जगाउने सम्मका कुनै पहल भएका छन ।
बर्ड फ्लु कुखुरा तथा अन्य पक्षीमा देखिने संक्रामक रोग हो। केही अवस्थामा यो मानिसमा पनि सर्न सक्ने भएकाले सरकारले सतर्कता अपनाउन आग्रह गरिरहेको छ। तर कालिकोटमा रोगको परीक्षण गर्ने प्रयोगशाला नहुँदा संक्रमणको शंका लागेमा नमुना जिल्लामै परीक्षण गर्न सकिने अवस्था समेत छैन। अब्यवस्थित कुखुरा फामहरूमा छन । पहाडमा बैलर कुखुरा मान्छे बस्ने मुलघरकै गोठमा चल्ला राख्ने , फम घरबाट निश्चित दुरीमा हुनुपर्नेमा त्यो पनि नहुने र चल्ला रहेको दानापानि दिने ब्यक्तिले आबश्यक साबधानि समेत नअपनाउने गरेको देखिन्छ ।
संघीयता कार्यान्वयनअघि पशु अस्पताल तथा भेटेरिनरी कार्यालयमा विशेषज्ञ पशु चिकित्सक सम्म रहने व्यवस्था भए पनि हाल जिल्ला स्थित कार्यालयमा विशेषज्ञ चिकित्सकविहीन रहेको अवस्था छ। जिल्लाका विभिन्न पालिकामा दर्जनौं ब्रोइलर कुखुरा फार्म, मासु पसल तथा गाउँ–गाउँमा कुखुरा पालन, र अण्डा उत्पादन हुने गरेकाले रोग नियन्त्रणका लागि आवश्यक पूर्वतयारी हुनुपर्ने सरोकारवालाहरू बताउँछन्।
कालिकोट पशु अस्पताल तथा भेटेरिनरी कार्यालयका प्रमुख धनबहादुर महत ले हालसम्म जिल्लामा बर्ड फ्लुको कुनै शंकास्पद घटना वा संक्रमण पुष्टि नभए पनि आबश्यक सतर्कता अपनाउने बाहेक अरू संस्थागत क्षमता समेत नरहेको जानकारी दिए। उनका अनुसार यस सम्बन्धमा औपचारिक रूपमा नमुना परीक्षणका लागि पहल समेत नभएको र चल्ला मरेको र त्यस्ता संङकेत नदेखिएको भन्दै सुचना प्राप्त नभएको बताए ।
उनले संक्रमण देखिएमा प्रभावित कुखुरा नष्ट गर्ने, प्राविधिक उद्धार टोली परिचालन गर्ने, संक्रमित क्षेत्रमा आवश्यक सुरक्षा सामग्री प्रयोग गर्ने तथा रोग फैलिन नदिने मापदण्डअनुसार जनचेतना फैलाउने काम गर्ने बाहेक अरू कुनै संस्थागत क्षमता नरहेको बताए।
उनका अनुसार हाल पशु सेवा विभाग तथा सम्बन्धित निर्देशनालयबाट उच्च सतर्कता अपनाउन निर्देशन प्राप्त भएको छ। तर हालका दिन सम्म पहल भने कुनै भएकोछैन । विशेषगरी जिल्लाबाहिरबाट जीवित कुखुरा तथा चल्ला भित्र्याउँदा निगरानी बढाउने, कुखुरा फार्ममा जैविक सुरक्षा (बायो–सिक्युरिटी) का मापदण्ड पालना गर्ने, अनावश्यक व्यक्तिलाई फार्मभित्र प्रवेश गर्न नदिने, दाना–पानी सफा राख्ने तथा कुखुराको मासु र अण्डा राम्रोसँग पकाएर मात्र उपभोग गर्न आग्रह गरिएको छ।
पशु सेवा कार्यालयले किसानलाई कुखुरामा अस्वाभाविक मृत्यु, उच्च ज्वरो, सास फेर्न गाह्रो हुने वा अन्य शंकास्पद लक्षण देखिएमा तत्काल नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन पनि अनुरोध गर्न पसुपञ्छि निर्देशनालय सुर्खेतले निर्देशन गरेको छ।
कालिकोट पसु अस्पताल तथा भेटनरि कार्यालयका प्रमुख धनबहादुर महतले यहि १९ गते प्रदेश निर्देशनालयले बिभिन्न ठाउमा बडफुलु देखिएकाले सचेतना अपनाउन निर्देशन गरेको भए पनि पहल हुन नसकेको बताए ।
कालिकोटमा डेङ्गीका बिरामी बढ्दै, पुष्टि गर्ने प्रयोगशाला नहुँदा चुनौती
मान्म, कालिकोट। वर्षायाम सुरु भएसँगै कालिकोटमा डेङ्गीका शंकास्पद बिरामीको संख्या बढ्न थालेको छ। तर जिल्लामै डेङ्गी संक्रमण पुष्टि गर्ने प्रयोगशाला नहुँदा स्वास्थ्यकर्मीलाई रोगको यकिन गर्न चुनौती भएको छ।
जिल्ला अस्पतालमा ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने लगायत डेङ्गीसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी उपचारका लागि आउने क्रम बढेको स्वास्थ्यकर्मीहरूले बताएका छन्। तर डेङ्गी पुष्टि गर्न आवश्यक प्रयोगशाला सुविधा नहुँदा आवश्यक परे नमुना प्रदेश वा अन्य सुविधा सम्पन्न प्रयोगशालामा पठाउनुपर्ने अवस्था रहेको छ।
यद्यपि कालिकोट जिल्ला अस्पतालमा कालाजार, औलो (मलेरिया), क्षयरोग (टीबी) लगायतका केही संक्रामक रोगहरूको परीक्षण भने नियमित रूपमा हुँदै आएको छ।
स्वास्थ्यकर्मीका अनुसार डेङ्गीबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु नै सबैभन्दा प्रभावकारी उपाय हो। घर तथा वरपर पानी जम्न नदिने, पानी संकलन हुने भाँडाकुँडा ढाकेर राख्ने, झुलको प्रयोग गर्ने, पूरा शरीर ढाक्ने कपडा लगाउने र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ।
उच्च ज्वरो, टाउको तथा आँखाको पछाडि दुख्ने, शरीर र जोर्नी दुख्ने, वाकवाकी लाग्ने वा छालामा रातो दाग देखिएमा तत्काल स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउन चिकित्सकहरूले सुझाव दिएका छन्।
स्वास्थ्य कार्यालयले वर्षायाममा डेङ्गीको जोखिम बढ्ने भएकाले स्थानीय तह, स्वास्थ्य संस्था र समुदायलाई लामखुट्टेको बासस्थान नष्ट गर्न तथा जनचेतना फैलाउन सक्रिय हुन आग्रह गरेको छ।










