पूर्वमाओवादीहरूको आधार क्षेत्र मानिने कर्णालीमा पछिल्लो संगठनात्मक कार्यविभाजनले थप असन्तुष्टि जन्माएको नेताहरू बताउँछन्। प्रदेश सरकार गठन, मन्त्री चयनदेखि पार्टी संगठनको जिम्मेवारी बाँडफाँटसम्म केन्द्रको प्रभाव बढी देखिएको उनीहरूको आरोप छ। त्यशैमा पुर्वसमाजवादिधारका प्रदेश ईन्चार्ज चन्द्र बहादुर शाहीले पार्टी संयोजक बिमला केसीसंग मिलेर फण्डा मचाईरहेको बताएका छन । उनले हरेक संगठनमा माधव नेपाल मार्फत प्रचण्डलाई धम्काई ,धम्काइ पुर्व माओवादीलाई काखा लगाएर हरेक सरकार ,सदन र पार्टी कमिटीमा समान्तर भागबण्डा लिईरहृको भन्दै पुर्व माओवादि खेमाका नेता चिडिएका छन ।
बिहिबार कर्णालीमा पूर्वमाओवादी धारका १३ सांसद रहेको अवस्थामा पूर्वसमाजवादी धारबाट एक जना समानुपातिक सांसद रहे पनि सत्ता समीकरणमा उनको प्रभावलाई लिएर पार्टीभित्रै बहस सुरु भयो । अन्तत स्गठनको ताकतमा पेलेर तिनै जना पुर्व माओवादिधारका मन्त्रिलाई सफथ खुवाउने तयारि भए पछी पार्टी ईन्चार्ज चन्द्र बहादुर शाही सक्रिय भए
। सक्रिय मात्र भएन पुर्व माओवादि भित्रको किचलो समाएर माधव नेपाल मार्फत प्रचण्डसंग पुगेका शाहिले अन्तत आफ्ना १ संासदलाई मन्त्री बनाएरै छाडे । तीन मन्त्रालयमध्ये एक मन्त्रालयमा आफ्नो दाबी रहेको पूर्वसमाजवादी पक्षको भनाइ लिएर प्रचण्डसंग पुगेका शाहीलाई प्रचण्डले आलोपालो गर्नु भनेर निर्देशन दिएका थिय तर ब्यक्ति को जाने भन्ने कुरा निर्णय भएको थिएन तर सर्पराईजमा पुर्व माओवादि खेमाका केही संसद समाएर चन्द्र बहादुर शाहीले मन्त्रि नियुक्त गर्न मुख्यमन्त्री शाहिलाई निर्देशन दिए । तर प्रदेश प्रमुखको कार्यालयमा आयोजित सफथग्रहणसमारोहमा पुर्व मुख्यमन्त्री समेत उपस्थिति गराईएन । सत्ता समीकरणलाई थप जटिल बनाएको नेताहरू बताउँछन्।
असन्तुष्ट नेताहरूले विगतमा पार्टी निर्माणमा महत्वपूर्ण भूमिका खेलेका नेताहरूलाई पाखा लगाउँदै नयाँ समीकरणका आधारमा जिम्मेवारी बाँड्दा संगठनभित्र असन्तुलन बढेको बताएका छन्।









