रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

कर्णाली प्रदेशको ९ औं र देशको ६८ औं साक्षर जिल्ला घोषणा

      कालीकोटलाई बिहीबार साक्षर जिल्ला घोषणा गरिएको छ । कर्णाली प्रदेशको औं देशको ६८ औं साक्षर जिल्ला घोषणागरिएको साक्षरता नेपाल अभियान ,हामी नेपालीको पहिचान  भन्ने मुल नाराका साथ एक समारोहका  बिच कालीकोटलाई साक्षर जिल्ला घोषणा गरिएको हो

जिल्ला समन्वय प्रमुख तथा जिल्ला शिक्षा समितिका  अध्यक्ष धनजित बहादुर शाहीको अध्यक्षता संविधानसभा सदस्यतुलाराज विष्टको प्रमुख आतिथ्यमा  आयोजित कार्यक्रममा जिल्लाका वटै स्थानीय तहका प्रमुख  उप प्रमुख र जनप्रतिनिधि, शैक्षिक सरोकारवाला, शिक्षक, अभिभावक, सञ्चारकर्मिको  सहभागितामा कालीकोटलाई साक्षर जिल्ला घोषणा गरिएको  शिक्षा समितिका सदस्य सचिव तथा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख हर्षप्रसाद चौलागाईले बताउनु भयो  गतअसारभित्र जिल्लाका वटै स्थानीय तह साक्षर पालिका घोषणापश्चात् बिहीबार कालीकोटलाई सक्षर जिल्ला घोषणा गरिएको हो ।

साक्षरताका लागि १५ देखि ५९ उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर  भएको तथ्यांङक सार्वजनिक गरिएको छ ।यस अघि पालिका लाई साक्षर घोषणा गरिएको थियो । कार्यक्रममा शुभकामना दिने पलाता गाउपालिका शिक्षासाखा प्रमुख  दुर्गलाल न्यौपानेले कालीकोट जिल्ला नै साक्षर कागजमामा मात्र नभई बास्तबिक हुन जरूरी रहेकोबताउनु भयो । जनसंख्याभन्दा बढीसाक्षर भएको बिगतको ईतिहास  देखिन्छ त्यो व्यवहारमा अझै सबैलाई साक्षर बनाउन सकेमामात्र साक्षर अभियान सुचारू हुने बताउनु भयो।

कालीकोटका वटै स्थानीय तहमा ९५ प्रतिशतभन्दा बढी १५ देखि ५९ वर्ष उमेर समूहका नागरिक साक्षर भएको तथ्यांक प्राप्तभएपछि साक्षर जिल्ला घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले बताउनु भयो

  सरकारले ०७१ देखि सघन साक्षरता कार्यक्रम सुरु गरेर साक्षर नेपाल अभियान सञ्चालन गर्दै आएको  

सरकारले निर्धारण गरेको साक्षरताका मापदण्डअनुसार १२ वटा सूचकमध्ये ५० प्रतिशत पूरा गरेपछि साक्षर मान्ने मापदण्ड अनुसार  साक्षर गिएको बतानु भयो मापदण्डअनुसार राष्ट्रभाषा वा मातृभाषाका वर्ण/अक्षर पढ्न लेख्न सक्ने, आफ्नोभाषामा लेखिएका मूल्य सूची बिल पढ्न सक्ने, आफ्नो परिवारका सदस्यको नाम, उमेर लेख्न पढ्न सक्ने हुनुपर्नेछ यसैगरी मोबाइल क्यालकुलेटरमा अंक अक्षर चिनेर प्रयोग गर्न सक्ने, देखि सम्मका अंक लेख्न सक्ने, देखि १००सम्म गणना गर्न सक्ने, लेनदेन हर हिसाब राख्न सक्ने, सरल चित्र, पोस्टर, साइनबोर्ड ट्राफिक संकेत पढ्न बुझ्न सक्ने, सामुदायिक कार्यक्रममा आफ्नो विचार सहित सक्रिय सहभागिता जनाउन सक्ने हुनुपर्छ  घडी हेरेर समय बताउन, भित्ते पात्रोहेरी तिथि, मिति बताउन सक्ने बैंक भौचर भर्न चेकको प्रयोग गर्न सक्नुलाई साक्षरताका सूचक छन्  यी मध्ये ५० प्रतिशतसूचक पूरा गरे साक्षरता घोषणा गर्न सकिने प्रावधान  

कार्यक्रममा पलाता शिक्षा साँखा प्रमुख दुर्गलाल न्यौपाने , पचालझरना गाउँपालिका  अध्यक्ष  देबराज शाही , उपाध्यक्ष अल्किना बम , सान्नित्रिवेणी गाउँपालिका अध्यक्ष मोहन केसी , उपाध्यक्ष पार्वति सिह , नरहरीनाथ गाउपालिका उपाध्यक्ष कमल शाहा, खाडाचक्र नगरका नगर प्रमुख कमल शाही , समन्वय उपप्रमुख मिना रावत बिक र राजनितिकदलका प्रमुखहरू मजदुर किसान पार्टीका  अध्यक्ष खड्गराज शाही समाजवादिका नेता लाल बहादुर मल्ल , एमाले पुर्व अध्यक्ष जसि पाण्डे , पुर्व प्रदेश कृषि मन्त्रि कुर्मराज शाही ,शिक्षक नेता हंश ब शाही मान बहादुर मल्ल ,कांग्रेस कालिकोट पार्टीसभापति अम्म बहादुर शाही लगाएतले शुभकामना मन्तब्य  मार्फत कालिकोटको  शैक्षिक रूपान्त्रणको  चर्चा परिचर्चा गरेका थिय । साक्षर जिल्ला घोषणा अभियानमा योगदान गर्ने  जिल्लाका दुईदर्जन शैक्षिक सरोकारवाला संघसंस्थालाई सम्मान गरिएको   थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !