नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव‘ नेतृत्वकोनेकपासहितको चार दलीय मोर्चाको कालिकोटमा बैठक बसेको छ । आगामि निर्वाचन अघिनै एकतातयारी गरेको समाजवादी मोर्चाले केन्द्रमा आन्तरिक गृहकार्य सुरू गरे संगै स्थानियस्तरमा पनि मोर्चामा आबद्वदल प्रतिनिधिहरूको बैठक बस्न शुरू भएको छ । शो अनुसार कालिकोटमा पनि बैठक बसेको हो ।
आजको बैठक विशेषगरी समाजवादी मोर्चालाई पार्टी एकतामा परिणत गर्ने बिषयमा छलफल भएको हो ।
खाडाचक्र नगरपालिका वडा नं १ को कार्यालयमा माओवादी केन्द्रका कालिकोट पुर्व संयोजक समेत रहेका मोर्चाका संयोजक लक्ष्मी चौलागाई शैलेन्द्रको अध्यक्षयतामा भएको बैठकमा समाजवादीका बरिष्ठ नेता एवं संबिधानसभा सदस्य तुलराजबिष्ट , माओवादी केन्द्रका प्रदेश कमिटी सचिव धनजित शाही ( आदर्श) , माओवादी केन्द्रका जिल्ला सचिव सरोज बोगटी ( बिपिन) एकिकृत समाजबादि कालिकोट अध्यक्ष चित्रसिङ्ह गाउँले ,प्रदेश कमिटीका नेता लाल बहादुर मल्ला ,नकपाका जिल्लाकमिटी सदस्य हस्त सि र नेसपाबाट नरेन्द्र बहादुर शाहीको सहभागिता रहेको थियो ।बैठकमा मोर्चाको गतिबिधि र केन्द्रमा मोर्चालाई एकिकरणमा रूपान्त्रण गर्न सुझाव दिने बिषयमा छलफल भएको माओवादि केन्द्रका नेता तथा खाडाचक्र नगरका वडा नं १ का अध्यक्ष धर्मराज ताम्राकारले बताउनु भयो ।