रास्कोट नगरपालिका वडा नं ९ चुर्त्रिकोटका २५ बर्षिया एक युवक शोमबार बिहानै मृत फेला परेका छन । रास्कोट नगरपालिका वडा नं ९ का नन्दलाल न्यौपानेका छोरा २५ बर्षिया भोजराज न्यौपाने घरनजिकै बयालडाडा स्थित ग्रामिणसडक छेउमा मृत फेला परेको मृतक न्यौपानेका भतिजा तोयानाथ न्यौपानेले बताउनु भयो । लालुलैफु सडकको छेउमा उनको घर छ दिनभरी गाउका पसलहरूमा देखिएका मृतक न्यौपाने साँझपख करिव ८ बजेको समयमा आफन्त गोकर्ण न्यौपानेको घरमा मकै खाएर आफ्नो घर जान्छु भनि हिडेका थिय । न्यौपाने बिहान घर भन्दा ३० मिटर नजिकै सडकमा मृत भेटिनु घटना रहस्यमय देखिएको भन्दै परिवारजनले आसंङका ब्यक्त गरेका छन । अघिल्लो वर्ष बैदेशिक रोजगारवाट फर्किएका न्यौपाने आईतवार दिनमा बालुखेतका पसलहरूमा र साझ घरनजिकैका पसलमा देखिएका थिय । पछि साझ पख गोकण न्यौपानेको घरमा बसेर मकै खाए पछि घर जानु पर्नेमा एकान्त ठाउमा कसरी पुगे त्यो अनुसन्धान गरिनु पर्ने आफन्तको माग छ । ग्रामिण क्षेत्रमा अनियन्त्रित मदिराको बेचबिखन र सेवनले प्राय यस्ता घटनाहरू निम्तिने गरेका छन । अहिले फुकोट प्रहरी चौकिवाट प्रहरी घटनास्थल पुगेको छ । सव उठाएर रास्कोट स्थिति प्रादेशिक रणनितिक अस्पताल गौतु लिने तयारी भैरहेको छ । अस्पतालमा सब पोष्टमाटम गरिने र घटनाको थप अनुसन्धान हुने प्रहरीले आफुलाई भनेको मृतक न्यौपानेका भतिजा तोयानाथ न्यौपाने ( गौरवलेले रेडियो प्रदेश आवाजलाई जानकारि दिनु भयो ।
	    	
															
															
															
															





															
															
															
															
															
															
															
															
															
															


