कालिकोट — रास्कोट नगरपालिकाका मेयर धर्मराज शाहीले नगरको सान्तिघाट आरसिपिबजार सडक कालोपत्रे गर्ने काममा ढिलासुस्ती भएको भन्दै आयोजना ढिलोगराइरहेका ठेकेदार देबिदत्त भट्टलाइ कडा चेतावनी दिएका छन्। नगरपालिकाको मुख्य सडक कालोपत्रै गर्ने ठेक्का प्रदेशको पहिलो सरकारका मुख्यमन्त्री महेन्द्र ब शाहीकै पालाा भएको थियो । तर पाच वर्ष बितिसक्दा पनि निर्माणकार्य ढिला हुनुमा गम्भिर समस्या भन्दै अव छुट नदिने चेतावनि मेयरशाहीले दिएका छन ।पूर्वाधार बिकास कार्यालय कालिकोट मार्फत ठेक्का भइ निर्माण कार्य सुरू भएको पनि पाच बर्ष बितिसकेको छ । समयमै सम्पन्न नभएको भन्दै मेयरले सम्बन्धित निर्माण कम्पनी तथा ठेकेदारलाई तोकिएको समयसीमाबितिसक्दा समेत काम गर्न नसकेकाले एक हप्ताभित्र काम नगरे कार्वाहीको भागेदार हुन निर्देशन दिएका हुन्।
नगरको निरीक्षणका क्रममा मेयरले धरातलीय अवलोकन गरेपछि केही आयोजनामा अत्यधिक ढिलाइ भएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन । उनले भने, “जनताको करबाट विकास बजेट आएको हो। काम समयमा नगर्ने, ढिलाइ गर्ने र बहाना बनाउने ठेकेदारलाई नगरले अब कडाभन्दा कडा कदम चाल्नेछ। आवश्यक परे प्रशासनसंग समन्वय गरेर थुन्नेसम्मको कार्वाही हुन्छ नभए जनता उर्लिने चेतावनि दिएका हुन ।
मेयरका अनुसार नगरपालिकाले पटक–पटक सूचना, पत्राचार र बैठकमार्फत काम छिटो अघि बढाउन समन्वय गरे पनि ठेकेदारले बेवास्ता गर्दै आएका छन्। ढिलाइका कारण स्थानीय बासिन्दाले भोग्नुपरेको समस्या उल्लेख गर्दै उनले अब सहनशीलता गुमेको बताए।
उता, ठेकेदार पक्षले भने केही कार्य ढिलाइ हुने कारणमा भौगोलिक चुनौती, सामग्री आपूर्ति समस्या तथा मौसमजन्य अवरोध रहेको निर्माण कम्पनिका प्रमुख भट्टलेबताएका छन
सान्तिघाट सिप्खाना सडक कालीकोटको रास्कोट नगरपालिका भित्रको १८ किलोमिटर सडक नगरको मूल सडक हो । त्यस मध्ये सान्तिघाट देखी नगरमुख्यालय आरसिपी बजार सम्म १२ किलोमिटर सडक कालोपत्रे भइसक्नु पर्नेमा हालसम्म उक्त सडकमा ग्राबेलसम्म हुन सकेको छैन । कालोपत्रे गर्ने भनेर २०७८ साल असार ३ गते कालिकोट पुर्वाधार बिकास कार्यालयसंग ठेक्का सम्झौता भएको थियो । कर्णाली प्रदेश सरकारको लगानीमा रास्कोट नगरपालिकाको मूल सडक कालोपत्रे गर्न ठेक्का केएस शनिदेव जेभि कञ्चनपुरले पाएको थियो ।
३८ करोड ४९ लाख ५७ हजारमा लागत अनुमान गरिएको आयोजनामा निर्माण कम्पनीले २५ करोड ५५ लाखमा सम्झौतागरेको देखिन्छ ।
सुरुमा पेस्की बापत ४ करोड ४० लाख लिएर काम सुरु गरेको समाचार बाहिरीए पछि बिवादभएको थियो । ठेक्कामा सुरूमै नियमअनुसार पेश्की बढी हो ,ठेक्का पाएर पेश्की लिएर ठेकेदारले काममा ढिलासुस्ति गरे पछी कार्यालयलाई पेस्कि मिलान गर्न पनि धौ,धौ भएको थियो ।पेस्की पाए पछी ठेकेदारले लाप्रवाही गरेको कार्यालय बताउछ ।पाँच बर्ष सम्म ३५ प्रतिशत मात्र कामभएको देखिन्छ । हालसम्म निर्माण कम्पनिले कतिपय ठाउमा नाला समेत निर्माण गरेको छैन । लिनु पर्ने रकममा भने कार्यालयको मिलेमतोमा कार्यालय प्रगतिका लागी पेश्की फ्रच्योटसमेत नगरी १२ करोडको आसपासमा भुक्तानी लिईसकेको स्रोतले बताएको छ ।










