रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

सान्नीत्रिवेणीको शंकर माबिका २०३ विद्यार्थीलाई स्कुल पोसाक बितरण

   कालिकोट / सान्नीत्रिवेणी गाउँपालिका १ स्थित एक विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ। सान्नित्रिवेणी गाउँपालिका वडा नं ६ निवासी सुर्खेतका होटल ब्वसायी ,समाजसेवी लक्ष्मी प्रसाद भट्टराईको समन्वयमा श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल र श्री कृष्ण प्रणामी वाइजुराज महिला समूहले बालकक्षा देखी कक्षा ५ सम्मका बालवालिकालाई बिद्यालय पोसाक निशुल्क बितरण गरेको हो । बालविकासदेखि कक्षा पाँचसम्मका कुल  २०३ विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको बिद्यालयका प्रधानाध्यापक मिना कार्कीले जानकारी दिएका छन ।

चिसो मौसममा विद्यार्थीहरूलाई सहज रूपमा सिकाइ सुलभ होस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको आयोजक श्री कृष्ण प्रणामी युवा परिषदका सदस्य तथा शान्नित्रिवेणी ६ का समाजसेवी लक्ष्मी भट्राईले बताउनु भयो ।

कार्यक्रमका क्रममा वृद्ध अभिभावकहरूलाई पनि न्यानो कपडा प्रदान गरिएको  त्यहाका वडा अध्यक्ष बैकुण्ठराज गिरिले बताउनु भयो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंग ब बिकले  शैक्षिक गुणस्तर वृद्धि गर्न सहयोग गरेकोमा समाजसेबी भट्टराईसहित सम्पूर्ण परोपकारी हातहरू प्रती उच्च सम्मान र हार्दिक आभार सहीत धन्यवाद  व्यक्त गर्नु भएकोछ। विद्यालयले आगामी दिनमा पनि यस्ता सहयोगी हातहरूको निरन्तर माया र साथ रहने भन्दै बिद्यालयले धार्मीक सस्था श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल र श्री कृष्ण प्रणामी वाइजुराज महिला समूहलाई बिद्यालयका प्रधानाध्यापक मिना कार्कीले  स्वागत गर्दै धन्यवाद दिनु भएको छ ।   काठमाण्डौबाट कर्णाली भ्रमणमा रहेको उक्त टोलिमा श्री कृष्ण प्रणामी युवा परिषद् नेपालका अध्यक्ष  र श्री कृष्ण प्रणामी वाइजुराज महिला समूहका झण्डै ६० जनाको सहभागिता रहेको थियो ।

गाउँपालिका अध्यक्ष मोहन केसी र उपाध्यक्ष पार्वति सिह, वडा अध्यक्ष बैकुणठराज गिरीले सामाजिक सन्जाल मार्फत शैक्षिक अवस्था सुधार गर्न पालिकाको शंकर माबिमा ठुलो योगदान पुर्याएको भन्द शहयोग गर्न शमन्वय गर्ने लक्ष्मी भट्टराइलाइ धन्यवाद दिनु भएको छ ।

काठमाण्डौ बाट बसमा सान्नित्रिवेणी पुगेका समाजका ६० जना भन्दा बढीको टोली कर्णाली करिडोरको रेगिलबाट ग्रामिण बस्तिमा बस  नजाने भए पछी २ किलोमिटर उकालो हिडेर बिद्यालय पुगेको थियो 

बिद्यालयमा पुगेर टोलिले ओपचारीक कार्यक्रम गरी सरसामान हस्तान्त्रण गरेको छ । कार्यक्रमको सञ्चालश्रीकृष्ण प्रणामीयुवा परिषद नेपाल जिल्ला समिति काठमाण्डौ सचिव भेषराज भट्टराई प्रकाशले गर्नु भएको थियो ।प्रमुख अतिथि रहनु भएका श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल केन्द्रीय अध्यक्ष कौशल फुयालले धार्मीकरूपमा आफुले सानो सानो बचत गरेर संकलन गरेर बिकट क्षेत्रमा सहयोग जुटाएको  बतानु भयो ।

कार्यक्रमका अध्यक्ष विकास सन्जेलले परोपकारी मनभएकाहरू यसकार्यमा क्रियाशिल हुदै गएको र आगामी दिनमा पनि शंकर माबिलाई सम्झिने बताउनु भयो ।कार्यक्रममा सवागत मन्तब्य  दिने सान्नित्रिवेणी  ६ का समाजसेबी लक्ष्मी भट्टराईले   श्रीकृष्ण प्रणामी युवा परिषदले आगामि दिनहरूमा अज सहयोग जुटाएर दुरदराजका बस्तिमा रहेका बालबालिकाको शैक्षिक सुधारमा टेवा पुर्याउने बताउनु भयो ।

  कार्यक्रममा शुभकामना मन्तव्य दिने श्रीकृष्ण प्रणामी बाइजुरा समिति नेपाल केन्द्रीय अध्यक्षमिरा खतिवडा ( सन्जेल) ले  मानिसलाइ सु आराम र सुबिधा भन्दा दुख र कष्टले स्पात बनाउने बताउनु भयो ।विद्यालयले टोलिलाई भब्य स्वागत समेत गरेको थियो । छात्राहरूद्वारा स्वागत गीत गाएर स्वागत टोलिलाई स्वात गरिएको बताइएको छ । टोलि आजै राराका लागी प्रस्थान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !