कालिकोट / कर्णाली करिडोरबाट रास्कोट नगरपालिका जोड्ने १२.५ किलोमिटर सडक कालोपत्रे आयोजनाको कामले त्रिब्रता पाएको छ । ठेक्का सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि कामको गि अघि नबढ्दा लामो समयसम्म अलपत्र परेको थियो रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीको समन्वयमा स्थानीय निर्माण व्यवसायीलाई जिम्मेवारी दिइएपछि एक सातामै सडकमा तीव्र गतिमा काम सुरु भएको छ।
यसअघि उक्त सडक कालोपत्रे गर्ने ठेक्का बाहिरी जिल्लाका निर्माण व्यवसायीले लिएर लामो समयसम्म काम नगरेपछि कालिकोट पूर्वाधार विकास कार्यालयले निर्माण कम्पनीविरुद्ध कारबाही प्रक्रिया सुरु गरेको थियो। नगरप्रमुख धर्मराज शाहीको समन्वयमा ठेक्काको काम स्थानीय निर्माण व्यवसायी मानव बमको बसना निर्माण कम्पनीलाई हस्तान्तरण गरिएको हो।
स्थानीय निर्माण व्यवसायीले जिम्मेवारी पाएको एक सातामै सडकमा ग्राभिल हाल्ने काम सुरु गरेपछि स्थानीय युवासहित सर्वसाधारण खुशी भएका छन्।
यही बिषयलाइ लिएर केही दिनअघि कञ्चनपुरका निर्माण व्यवसायी देबिदत्त भट्टलाई नगरप्रमुख शाहीले फोनमार्फत कडा चेतावनी दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
रास्कोट नगरपालिका भित्रको कुल १८ किलोमिटर सडक नगरको मूल सडक मानिन्छ। त्यसमध्ये शान्तिघाटदेखि नगरमुख्यालय आरसिपी बजारसम्मको करिब १२ किलोमिटर सडक यसअघि नै कालोपत्रे भइसक्नुपर्ने भए पनि हालसम्म ग्राभिलसमेत हुन सकेको थिएन।
उक्त सडक कालोपत्रेका लागि २०७८ साल असार ३ गते कालिकोट पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरिएको थियो। तर कार्यालय र निर्माण कम्पनीको मिलेमतोमा पटक–पटक म्याद थप गर्दै आयोजना लम्ब्याइएको स्थानीयको आरोप छ।
कर्णाली प्रदेश सरकारको लगानीमा सञ्चालन भएको यस आयोजनाको ठेक्का केएस शनिदेव जे.भी. कञ्चनपुरले पाएको थियो। नियमविपरीत सुरु मै ४० प्रतिशत पेश्की रकम भुक्तानी लिएर लामो समयसम्म काम नगरेको कम्पनिले अन्तत सबै कामको आर्थिक अख्तियारीसहित बसना निर्माण सेवालाइ हस्तान्त्रण गरे पछि निर्माण ब्यवशाही बमले धमाधम काम सरू गरेका छन ।
उक्त आयोजनाको लागत अनुमान ३८ करोड ४९ लाख ५७ हजार रुपैयाँ रहेकोमा निर्माण कम्पनीले २५ करोड ५५ लाख रुपैयाँमा सम्झौता गरेको थियो ।
सम्झौताअनुसार २०८२ साल असारमै काम सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म फिल्डमा ३५ प्रतिशतभन्दा कम प्रगति नभएको अवस्थामा समेत म्याद थप गरिएको भन्दै आलोचना भएको थियो थपिएको म्याद भित्र पनि आयोजना सम्पन्न हुनेमा शंका देखिए पछी मेयर शाही जंगिएर ठेकेदार भट्टलाइ प्रहरी लगाएर थुन्ने धम्कि दिएका थिय ।










