रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

कालिकोटको रास्कोट सहित ९ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले देशका विभिन्न जिल्लाका ९ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले जनताको सेवा–सुविधा सहज बनाउने उद्देश्यले उक्त निर्णय गरेको हो।

बैठकपछि निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले ताप्लेजुङको सिरिजंघा, डोल्पाको धो, मुगुको खत्याड, कालिकोटको रास्कोट, बाजुराको कोल्टी, डोटीको बीपी नगर, दार्चुलाको गोकुलेश्वर, बैतडीको मेलौली र सङ्खुवासभाको हेदाङ्नागढीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय भएको जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !