रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

सान्नित्रिवेणीका दुई सामुदायिक विद्यालय डाफे र शंकर माविमा आवासीय कक्षा सञ्चालन

कालिकोट / सान्नित्रिवेणी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र एसईई नतिजा सुधारका लागि माध्यमिक विद्यालयहरूमा कक्षा १० का विद्यार्थीलाई लक्षित गरी आवासीय सुविधासहित अतिरिक्त कक्षा सञ्चालन गरेको छ।

एसईई नतिजा सुधार गर्ने उद्देश्यले यसअघि नै गाउँपालिकाभित्रका सबै  माध्यमिक विद्यालयले बिहान ६ बजेदेखि ९ बजेसम्म अतिरिक्त कक्षा सञ्चालन गर्दै आएका छन । यस्तै, मुम्रामा रहेको डाफे माध्यमिक विद्यालय र शंकर माध्यामिक विद्यालय सेरिज्युलाले अतिरिक्त कक्षासहित आवासीय कक्षा सन्चालन गरेको छ। विद्यालयका दुई वटा कोठा प्रयोग गरी विद्यार्थीको बसोबासको व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक दुर्ग बहादुर बुढाले जानकारी दिए ।

बिद्यार्थीलाइ खाने ,बस्ने र छात्र ,छात्राहरूलाई छुट्टाछुट्टै भवनमा  आवास तयार गरी छात्रहरूका लागी पुरूष शिक्षक र छात्राहरूका लागी महिला  शिक्षकहरूलाई जिम्मेवारी तोकिएको छ । कक्षा १० मा अध्यापन गर्न सबै शिक्षकहरूले आलोपालो रूटिन अनुसार  बेलुका ५ बजे देखी १० बजेसम्म प्रत्यक्ष शिक्षकहरूको निगरानिमा कक्षा सन्चालन रहने गरेको छ । बिहान ६ बजे देखी ९ बजेसम्म कक्षा सन्चालन हुने गरेको शंकर माविका सूचना  अधिकारी खेमराज गिरीले बताए ।

गत वर्ष कक्षा ८ को पालिकास्तरीय परीक्षा तथा एसईईमा अपेक्षाकृत न्यून नतिजा आएपछि गाउँपालिकाले पालिकाभित्रका माध्यमिक विद्यालयलाई शैक्षिक सुधारका लागि  सबै माध्यामिक बिद्यालयलाइ ४५ हजार रुपैयाँ आर्थिक अनुदान रकम  उपलब्ध गराएको छ। पालिका, वडा,विद्यालय र अभिभावकको सहकार्यमा आवासीय कक्षा सञ्चालन  गरेको शंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक मिना कार्कीले बताइन् ।

शंकर माध्यमिक विद्यालयकी प्रधानाध्यापक मीना कार्कीका अनुसार कक्षा ८ का लागि अतिरिक्त कक्षा र कक्षा १० का लागि विद्यालयमै अतिरिक्त तथा आवासीय कक्षा सञ्चालन गरेर आगामी एसईईसम्म सिकाइ उपलब्धि सुधार गर्ने प्रयास भइरहेको बताईन्। यस व्यवस्थाले विद्यार्थीलाई महँगो ट्युसन शुल्क तिरेर सदरमुकाम वा शहर जानुपर्ने बाध्यता हटेको उनले  बताईन् ।

विद्यालयमा अंग्रेजी, गणित र विज्ञान विषयको अतिरिक्त कक्षा अनिवार्य गरिएको प्रधानाध्यापक कार्कीले जानकारी दिएकी छन् ।केही विद्यालयले प्राप्त गरको  पालिकाको सहयोगमा तथा केही  आफ्नै पहलमा छात्रावाससहितको अतिरिक्त कक्षा सञ्चालन गरिरहेको भन्दै गाउँपालिका र वडा नं १ का अध्यक्ष बैकुण्ठ गिरी, बिद्यालय प्रशासन प्रति अभिभावक  तर्फवाट बिद्यालय ब्यवस्थापन समिति र अभिभावक संघले धन्यवाद दिएका छन्। यस कार्यप्रति विद्यालय तथा प्रशासनलाइ  धन्यवाद दिदै  पालिका अध्यक्ष मोहन केसीले पालिकाभित्रका सबै विद्यालयलाई शैक्षिक सुधारका लागि सहयोग गरिएको र अन्य माबिले पनि चाडै शैक्षिक बतावरण तयार पार्न  अनुरोध गरेका छन ।

यसअघि सम्पन्न प्रधानाध्यापक गोष्ठी, विद्यालय व्यवस्थापन समिति तथा शैक्षिक गोष्ठीहरूमा भएको छलफलअनुसार सबै माध्यमिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका कार्यक्रम अघि बढाइएको गाउँ शिक्षा शाखा प्रमुख तथा शिक्षा अधिकृत मदन बहादुर शाहीले जानकारी दिए । उनका  अनुसार सान्नित्रिवेणीको पञ्चदेवल माध्यमिक विद्यालय (मेहेलमुडी) र कालिका माध्यमिक विद्यालयमा र मष्टो सरस्वति माबि बुठिकेमा  सरस्वती मावि बुढगाउँ ,जनज्योति मावि तिकुवा , विद्याज्योती मावि लुइयाटा अतिरिक्त कक्षा सञ्चालनको लागी बजेट पठाइएको  गापा अध्यक्ष केसीले बताए ।

आवासीय अतिरिक्त कक्षा सञ्चालनपछि सामुदायिक विद्यालयको नतिजा विगतको भन्दा सन्तोषजनक हुने विश्वास पालिकाकाको रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बढुवालले व्यक्त गरे।

रास्कोट नगरपालिका भित्रका माध्यामिक बियालयहरूमा बिगत वर्षदेखि आवासिय कक्षा र अतिरिक्त कक्षा सन्चालन गरे पछी नतिजामा सुधार आएकोभन्दै त्यहा निरन्तरता दिएको पालिका शिक्षा अधिकृत खेमराज शाहीले बताए।

यसरी सामुदायिक बिद्यालयको शैक्षिक सुधार गर्न ब्यस्थापन चुनौतिरहे पनि सामुदायिक बिद्यालयमा बिद्यार्थि आकर्षण बढ्ने दखिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !