रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

कर्णाली राजमार्गको मान्म ,सेरिघाट स्टिल ट्रस पुलको फलाम चोरी

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका स्थित कर्णाली राजमार्गअन्तर्गत पर्ने सेरिघाट स्ट्रिट ट्रस पुलमा प्रयोग गरिएको फलाम पार्ट चोरी हुन थालेका छन  छन ।

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार पुलमा रहेका सपोर्ट एङगल चोरी भएको बताएको छ । गए राति अज्ञातसमुहले फलामका दर्जनौ पट्टा चोरी भएको बताएको छ  सार्वजनिक संरचनामा क्षति पुर्‍याउने यस्ता अनाधिकृत गतिविधि अत्यन्तै गम्भीर अपराध  भएको सडक डिभिजन कार्यालयले जनाएको छ । पुलको संरचनात्मक सुरक्षामा प्रत्यक्ष असर पार्ने गरी गरिएको यो कार्यले यात्रुहरूको ज्यानसमेत जोखिममा पार्न सक्ने भन्दै कार्यालयले गम्भीर चिन्ता व्यक्त गरेको छ।

महंगोमा बिक्रिहुने फलामको पट्टा नट खोलेर लगेको भेटिएको छ । कार्यालयले यस्तो किसिमका गैरकानुनी गतिविधि नगर्न तथा नगराउन सम्पूर्ण नागरिक, स्थानीय बासिन्दा र सरोकारवालाहरूलाई आग्रह गरेको छ। साथै, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु प्रत्येक नागरिकको कर्तव्य भएको स्मरण गराइएको छ।

सडक डिभिजन जुम्लाले चोरीमा संलग्न व्यक्तिहरूको तीव्र खोजी कार्य भइरहेको र छिट्टै कानुनी दायरामा ल्याइने जानकारी समेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !