कालिकोट ~ सुर्खेतमा ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रम अन्तर्गत वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ मा सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढीकरण सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। टेवाको समन्वय र महिला सशक्तिकरण मञ्च नेपालको सहजीकरणमा भएको यस कार्यक्रममा ५१ जनाको सहभागिता थियो।
प्रमुख प्रतिवद्धताहरू:
• टोल बस्ती स्तरका योजना तर्जुमा प्रक्रियामा सुरक्षा जालोका सदस्यहरूलाई समावेश गर्ने।
• महिला लक्षित सीपमूलक तालिमहरू सञ्चालन गरी सुरक्षा जालोका सदस्यहरूलाई सहभागी गराउने।
• लैंगिक हिंसा निवारण कोष र एकद्वार संकट व्यवस्थापन प्रणालीको सेवाबारे जनचेतना फैलाउने।
• लागुऔषध दुर्व्यसनी न्यूनीकरणका लागि युवा लक्षित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने।
कार्यक्रममा वडाध्यक्ष चुडामणि चपाई, कार्यपालिका सदस्य यामुना नेपाली, नेपाल बार एशोसिएसनका सचिव खगेन्द्र खनाल लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो।
कार्यक्रममा संयुक्त राष्ट्रसंघीय महिला (UN Women) र टेवाका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो भने सहजीकरण सिपि शर्माले गर्नुभएको छ। महिला सशक्तीरण मंञ्च नेपाल दैलेखकि कार्यकारि निर्देशक लक्ष्मि जिशि ले बताउनु भएको छ। समचार लेखनमा टिकाराज उपाध्याय कालिकोट










