रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

कालिकोटमा रास्कोट र सान्नीत्रिवेणीले सार्वजनिक गरे आगामी आर्थिक वर्षका नीति र बजेट

     कालिकोट /कालिकोट जिल्लाका अधिकांश स्थानीय तहहरूले आर्थिक वर्ष २०८३/८४ का लागि गाउँसभा तथा नगरसभा सम्पन्न गर्ने र निति , कार्यक्रम र बजेट सार्वजनिक गर्ने तर्फ जुटेका छन्। स्थानीय सरकारहरूले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, रोजगार तथा सुशासनलाई प्राथमिकतामा राखेर आगामी वर्षका निति कार्यक्रम सार्वजनिक गरेका छन ।

रास्कोट नगरपालिकाले पनि नगरसभा मार्फत आगामि बर्षको निति कार्यक्रम र प्रस्तावित  बजेट सार्वजनिक गरेको छ । नगर सभामा सभाका अध्यक्ष एवं  नगर प्रमुख धर्मराज शाहिले निति कार्यक्रम पेस गरेका हुन । नगरसभामा नगर उपप्रमुख मनिराज बरालले आगामी  बर्षको  प्रस्तावित  बजेट पेश गरेका छन । भने सभाले बिभिन्न ऐन नियम समेत पास गरेको छ ।

विशेषगरी सान्नी त्रिवेणी गाउँपालिका को १८औँ गाउँसभाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ। गाउँसभाको अवसरमा शैक्षिक सत्र २०८२ को कक्षा ८ र कक्षा १० को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक तथा शिक्षकहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ।

गाउँसभामा गाउँपालिका अध्यक्ष मोहन बहादुर केसी ले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि उत्पादन वृद्धि, सडक पूर्वाधार तथा सामाजिक विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिएका छन । गाउँसभामा  उपाध्यक्ष  प्रावतीसिहले आगामी  वर्षको  निति कार्यक्रम सार्वजनिक गरेका छन । गाउँसभामा उपाध्यक्ष प्रावतीसिहले आगामी वर्षको निति कार्यक्रम माथि टेकेरबिनियोजित बजेट सार्वजनिक गरेको  जानकारी गराएकी छन ।

गाउँसभामा पालिकाका केहि कर्तव्य निष्ठ शिक्षक तथा कर्मचारी लाई सम्पन्न समेत गरिएको  थियो ।

सम्मानित हुने शिक्षकहरू मध्ये हिरामणि सिम्खाडाले सम्मानले शिक्षण पेशाप्रतिको समर्पण अझ बढाएको बताएका छन । त्यस्तै उत्कृष्ट आधारभूत तह शिक्षकका रूपमा सम्मानित सरशंकर माबिका शिक्षक  खगिसरा बोहराले आगामी दिनमा शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि अझ इमान्दारी, लगनशीलता र समर्पणका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

यता जिल्लाका अन्य स्थानीय तहहरू पचालझरना गाउँपालिका,रास्कोट नगरपालिका लगायतले पनि सभा सम्पन्न गरी आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्।

स्थानीय तहहरूले संघीय सरकारबाट प्राप्त हुने अनुदानको प्रभावकारी उपयोग, कृषि उत्पादनमा वृद्धि, खानेपानी, शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच विस्तार, सडक स्तरोन्नति र युवा स्वरोजगारलाई केन्द्रमा राखेर योजना ल्याएका छन्।

गाउँसभा तथा नगरसभाले स्थानीय विकासका प्राथमिकता तय गर्दै आगामी आर्थिक वर्षका कार्यक्रम कार्यान्वयनतर्फ अग्रसर भएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्।

असार  दश गते भित्र स्थानिय  सरकारले  सभामा आगामी  बर्षको बजेट  पेस गर्ने कानुनि प्रावधान अनुसार स्थानिय सरकार निति योजना र बजेट सभामा स्वीकृत गर्न लागेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !