रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा मानव वम निर्वाचित

सुर्खेत । कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको सातौँ साधारणसभा तथा तेस्रो अधिवेशनबाट मानव वम अध्यक्षमा निर्वाचित भएका छन्। अधिवेशनले वमको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रदीप खड्का, उपाध्यक्षमा तुलाराज शाही (राज), महासचिवमा भरतबहादुर डाँगी, सचिवमा नविन कुमार थापा, कोषाध्यक्षमा मनोज कुमार सिंह तथा सहकोषाध्यक्षमा सिमिला खड्का निर्वाचित भएका छन्।

त्यसैगरी, कार्यसमिति सदस्यहरूमा मनबहादुर चँदरा, ठानबहादुर भण्डारी, रतनबहादुर शाही र खड्कबहादुर शाही चयन भएका छन्। पछाडि परेको क्षेत्रको प्रतिनिधित्व गर्दै ध्वजबहादुर शाही सदस्यमा निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष वमले निर्माण व्यवसायीहरूको पेशागत हकहितको संरक्षण, निर्माण क्षेत्रमा देखिएका समस्या समाधान तथा कर्णाली प्रदेशको पूर्वाधार विकासलाई गति दिने विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै निर्माण व्यवसायीहरूबीच सहकार्य, समन्वय र एकताको भावना अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ। साथै, प्रदेशको विकास निर्माणका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न महासंघले रचनात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !